Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
२:२८:०० राति
- ADVERTISEMENT -

नारितादेखि काठमाडौँसम्म मेरो अनुभव

प्रकाशित मिति: २०७८ असोज १८, सोमबार

574
Shares

नेपाल एयरलाईन्स खत्तम छ भन्नेहरु
नेपाल आमालाई हेला गर्दै त छैनन् ?

नारिता देखि काठमान्डौं सम्म मेरो अनुभव
नारायण पोखरेल टोकियो
जैसिथोक गुल्मी

पुदिनाको चटनीसॅंग र खुदोसंग कोदाको रोटि खाएको सपना देखिरहेको थिए । म भन्दा पहिले जागेकि रहेछिन। मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाईरहेकि रहिछन् । कोट्याउदै बोलाउदै गर्दा झल्यास्स जागें । छोरीको मामु चाजोपाजोमिलाउदा मिलाउदै सुतेको २ घण्टा पनि भएको थिएन त्यसैले, होला अझै मस्त निन्द्रामै थिईन् ।

आलाराम लगाउन बिर्सेको म मेरी ज्ञानी लक्ष्मी छोरीले उठाउदा ४:५५ भएको थियो । लामो समयका लागि कर्म देश छोड्न लागेकोले कोठालाई चिरिच्याट्ट पार्दै फ्रेस भए । संयोग बस जापान आजै ठुलो हावा हुरि चल्ने कारण ट्रेन बस लगायत यातायातमा अबरुद्ध हुन सक्ने खबर जापान समाचारका गोकोर्ण अधिकारिको पोष्टमा देखे पछि मन आत्तियो ।

साथीहरु रोहित आचार्य सपना घिमिरे र टोपलाल गिरिले ७ बजे तिर स्टेसनसम्म पुर्याउन जाने बाचा सहित बेलुकै टुट्टियका थियौ । ताईफुका कारण छिट्टो आफ्नोयात्रा तय गर्नु पर्ने भए सॅंगै तिन जना लाई नै फोन गरे २ जना साथिको फोन रिसिफ भो । ६ बजे आईपुग्नु भो । छिटो हिड्नु पर्ने कारणबताय पछि उहाहरुको सहयोगमा आलो पालो गर्दै सुड्केस लतार्दै टोकियो स्टेसन पुगियो । ट्रेन बन्द हुने हल्ला संगै बसमा नारिता बाट्टिनेनिधो गरे । त्यहा नेर १५/२० मिनट जति बस स्टेसन भेट्टाउन अल्लि गाह्रो भएको थियो । त्यतिबेला ७:१० भैसकेको थियो । ७:२० कोलागि १३०० यनको टिकट काटि बस चढियो । बसमा क्यास पैसाले काम नगर्दो रहेछ । कि सुईका कि टिकट नै चाहिदो रहेछ ।

८:२५ मा नारिता टर्मिनल २ पुगियो । कुन गेट बाट छिरियो कुन्नि बस रोकेको सिधै अगाडि बाट छिर्दै गर्दा नेपाल यएरलाईन्स लेखेको, राष्ट्रिय झण्डा लगायत अरि परि सबै प्यारा नेपाली दाजु भाई दिदि बहिनि देख्दा बिहानी पखको सपनीमा आमाले पकाएको कोदोकोरोटि र पुदिनाको चटनी फेरि याद आयो ।

प्रदेश प्रदेश नै हो । केहि दृष्यले मन भक्कानियो । त्यहा ४०/४२ बर्षको एक जना हात फ्याक्चर भएको दिदि , ३०,३५ बर्षको हातफ्याक्चर भएको दाई र अर्को एक जना नेपाल मै गएर मुखको अपरेसन गर्ने भन्दै लाईनमा उभिनु भएका दाजुलाई देखे । मनमनै दशैकोबेला दशा लागेछ भने । म पनि सामान चेक जाचको लागि लाईनमै बसे ।

बिजनेस कलासका यात्रुको लागि लाईन बस्नु नपर्ने छुट्टै ब्यबस्था रहेछ । नेपाल यएर लाईन्सको लागि बिजनेस कलासको अनुभव रआराम दायि यात्राको लागि बिजनेस कलास मेरो पहिलो च्वास रोजाई बनेको थियो । सर्विस र यात्रा कस्तो भयो भन्ने बारे अन्तिम सम्मपढ्नु होला ।

८ :३५ मै हाम्रो सामान चेक जाच भैहाल्यो । बच्चासंग हेन्ड क्यारि बोकिरहन को झन्झटले सबै सामान बाल्कुनिको लागि पठायौ । पछिडिपाचर्समा ह्यान्ड क्यारि काण्ड मच्चियो । त्यो के थियो बिस्तार उल्लेख गर्दै जाने छु ।

चेकिंगको क्रममा नेपाल एयरलाईन्सको तर्फबाट जापानका लागि आजु लामा सॅंग भेट भयो । एउटा फोटा लिन्छु भनेको हतार हतारमा त्यतिबेला बिर्सिए। पछि भेट हुन पाएन । आजु लामा जि पनि भ्याक्सिन पासपोर्ट र पिसि आर रिपोर्ट चेक गर्न अति नै ब्यस्त हुनुहुन्थ्यो । त्यो लगत्तै हामि बोडि चेकिंगका लागितैयार भयौ ।

अघिल्लो बर्ष नेपाल जाने क्रममा नारिताको फ्लाईट क्यान्सिल भएको खबर गर्दै ट्राभल कम्पनिले हानेदा सरेको खबर गरेको थियो । हानेदा जादा फ्लाईट छुटेको थियो । त्यतिबेला नारिताको लागि नेपाल यएरलाईन्स अझै सुरु भएको थिएन । अरु कुनै एयर लाएन्स थियो । त्यो घटना नदोहोरियोस भनेर चेकिंकका लागि जिबन संगिनि पुनमले ट्वालेट जानसम्म दियकी थिईनन् ।

र, बोडि चेकिंगका लागि भित्र ठ्याक्क छिर्ने आजु जिको फोन आउने भयो । डिपाचर्स पछि प्लेनमा नजादा सम्म कुनै खानेकुरा हरु किन्नेखाने ठाउ नभएको जानकारी गराउनु भएको थियो ।अझै हतारिनु समय छ भन्दा भन्दै पनि पुरानो घटनाले हामिलाई तर्सायकै थियो । भित्रछिर्यौ ।

बोडि चेकिंगपछि ईमिग्रेसनमा रि इन्ट्रिका केहि टकुमेन्ट्रि पेस गर्नु पर्ने रहेछ । त्यो काम पछि गेट नं ९३ मा बोर्डिगको लागि पर्खाईमा थियौ । १०:३० भैसकेको थियो । पोखरेल नारायणको सुडकेसमा एरोप्लेनमा बोक्न नमिल्ने सामान भएकोले ९३ गेटमा तुरुन्तसंपर्क हर्नु हुन अनुरोध छ भन्दै एनाउन्स गरियो । आफुले त्यस्तो कुनै सामान नबोकेको भएपनि साथिहरुले के के पो राखिदिए भन्ने डर लेभुतुक्कै भए । गेटमा पुगे । खाबान आउदा सम्म कुर्न भनियो । कुरे । डर झन झन बढि रहेको छ ।

एकै छिनमा झोला डिपाचर्समै आयो । सुडकेस नै होला भन्ठानेको थिए हैन रहेछ । माथिबाट संगै लाने झन्झटले बाल्कुनि मै पठाएकोत्यहि हेन्ड क्यारिमा मोबाईल बेट्रि परेछ । खोलेर झिके । र आफुले आफै यस्तो गर्न हुन्न भन्ने कुरा खुब जानेको जस्तो लाग्थ्यो । एकैछिन लज्जित भए । सिर न्युरायरै सुमिमासेन गोमेन्नासाई जापानिज भाषामा भन्दै मज्जाले माफि मागें । मेरै कारण कति झन्झट भयो होला भने जस्तो लाग्यो । करण थियो बच्चा संगै हेन्डक्यारि बोक्ने झन्झटले बाल्कुनिमा पठाउनु ?

२०७८ साल असोज १८ गते

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -