अन्जना ढकाल, हाल जापान

जापान, १४ असोज २०७८ । राजनिती जतिसुन्दा सजिलो होला, सहजै होला, तर यसलाई रोप्नी र हुर्काउन सक्छु की ? जस्तो लाग्छ नी त्यो भन्दा कयौं गुणा गार्हो यसको नितीलाई बुझेर यसलाई उचाइसम्म टीकेर लाग्न कठीन छ ।

यहाँ केवल राजनिती मात्रै हुंदै हुंदैन ,राजनितीसंगै अनेक निती जोडीएको हुन्छ । यहाँ जति सजिलै एउटा सकरात्मक पाटोले मान्छेलाइ उचाइमां पुर्याएको हुन्छ । एउटा राम्रो कर्म, कामले त्यो भन्दा धेरै सजिलो हुन्छ । उसलाई जसको उचाइबाट ल्याएर सडमा नै पछार्न सदैव अगाडी हुने गर्दछन । त्यसैले, राजनिती गर्ने मान्छे हरकदम होसियारीका साथ हिंड्नु पर्छ ।

राजनीतिमा आफ्नै साथिलाई नचिने झै गर्न मात्रै हैन की नचिनेकालाई समेत चिनेको भनेर चिनाउनु पर्छ खुसीको बेला खुलेर हांस्न समेत पाइंदैन र रोएको बेला आंसु पुछेर कसेर परेछ भनेर हांस्दै उठेर हिंड्नुपर्छ ।

यहाँ आफ्नै कुरा सुन्ने सुनाउने समय नपाउंदा अरुका कुरा सुनेर बुझाइसक्नु पर्छ । उसलाई त्यतीमात्रै हैन रहर ले उचालिएको राजनिती रकमले अझैमाथी उस्काउंछ,भने कहींकतै एकपलको रमाइलो र रंगीन दुनियाले उसको अस्तित्व समेत खुस्काइदिन्छ ।

के सजिलो हो त राजनिती यति जटिल यति गार्हो छ नी सजिलो भनेको त गाली खान हो । यहाँ बाकी धेरै कुरा गार्हो छ । आफ्नो नजरमा आफु पर्नु अगाडी दुनियाको नजर आफुमा परीसकेको हुन्छ । कति जोगीनु र को को संग कहाँ कहाँ जोगिनु ? अनि कहिलेसम्म जोगी नु? यो सबैभन्दा जटील तत्व हो । राजनितीमा एउटा अन्य पात्र सफल हुनु र एउटा राजनितीज्ञ पात्र सफल हुनुमा आकास जमिनको फरक छ, किनकी उसले सयौंको चित्त बुझाउनलाई आफ्नो कयौंखुसी मार्नुपर्छ । त्यति गरेर पनि जस पाउन सक्दैन । उसले घरदेखी नहर, गाउँ हुंदै शहर सम्मैको मन राख्नुपर्छ ।

न समयमा खान बस्न र निदाउनुको ठेगान हुन्छ । भन्नु न उठ्नुको कति गार्हो छ । राजनिती र नेता बन्न अनी कति सजिलो छ । नेतालाई गाली गर्न हरेकले गाली गरेकै हुन्छ । चाहे उ लेख्नी होस चाहे देख्नी या नदेख्नी ?

सबैको आखाको तारोमा हुन्छ, एक राजनितीज्ञ र नेता यती हुदाँ हुदै पनि निरन्तर लागी नै रहन्छ । टीकीरहन्छ र साहसी छ भने त्यो पक्कै एकदीन सबैको आखाको तारो बन्छ ? नत्र आखामा तगारो ?

त्यसैले राजनितीमा होमीएका योद्धालाइ बुझेर गाली, बुझेर माया अनि बुझेरै साथ दिनुपर्छ । राजनिती सुन्दा र भोग्दा फरक छ । यसलाई अगाडी लैजान अझै फरक हो । यहाँ चिन्नु र बोल्नु सिवाय ब्यथा ओकल्न कम पाइन्छ ।

त्यसैले, यसै कसैको पछी नलाग्नुस अनि पछी लागेपछी यो यसै लागेको भनेर नठान्नुस राजनितीमां होमीन र राजनिती गरेर सफल हुन मुटु मक्कीएको भएर हुंदैन । हजुर मुटु कहीं नौनी त कहीं पत्थर बनाउन सक्ने हुनुपर्छ सजिलो कहां देख्नुभोत राजनिती? अनी के राजनिती आफ्नै लागि मात्रै रै छ त ? यहाँका अनेक, नितीहरु संगै जुध्दै अगाडी बढ्न खोजेका सिपाहीलाइ कस्ले बुझ्नेत ?

त्यति मात्रै कहाँ हो र ? आफ्नो पार्टी र फरक पार्टीको साथीहरु छिमेकीहरु संगको नमीठो दुस्मनी पनि राजनीतिको कारण ल्याएको हुन्छ । उनीहरुको नजरमांत झन उभी न अगी बढ्न गार्हो छ । यहाँ हात तान्नी भन्दा बढी खुट्टा तान्नीहरुको जमात ठुलो छ । त्यसैले, म भन्छु राजनिती सजिलो छैन र हैन ?

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्