Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:०६ बिहान
- ADVERTISEMENT -

इतिहासमा आजः गुगल स्थापनादेखि मदर टेरेसा सन्त घोषित

प्रकाशित मिति: २०७८ भदौ १९, शनिबार

403
Shares

काठमाडौँ, शनिबार, १९ भाद्र २०७८ । आज ४ सेप्टेम्बर । विश्व इतिहासमा आज बिभिन्न राजनीतिक तथा सामाजिक घटना भएका थिए । आज बिश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापनादेखि अमेरिकी अश्वेत लेखक रिचार्ड राइटको जन्म भएको थियो ।

गुगलको स्थापना
सन् १९९८ मा विश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापना भएको थियो । नयाँ सूचना खोजीको पर्याय बनेको इन्टरनेट कम्पनी गुगललाइ ल्यारी पेज र सर्जी व्रिनले विश्वव्यापी वेबको रुपमा पहिलो पटक बिकसित गरेका थिए । पेज र ब्रिन स्टानफोर्ड युनिर्भसिटीमा विद्यार्थी हँुदा गुगललालाई अनुसन्धान परियोजनाको रुपमा प्रयोग गरिएको थियो ।

नेपोलियन तृतीयको सत्ताबाट पलायन
सन् १८७० मा नेपोलियन तृतीय फ्रान्सको सत्ताबाट हटेका थिए । फ्रान्सका पहिलो निर्वाचित राष्ट्रपति नेपोलियनले सन् १८५२ मा सम्राटको पदवी लिएका थिए । फ्रान्स र पर्सियाको युद्धमा फ्रान्सको हारपछि नेपोलियनको सत्ता पलायन यात्रा सुरु भएको थियो । सत्ताच्युत भएपछि बेलायत निर्वासनमा रहेका उनको १८७३ को ९ जनवरीमा मृत्यु भएको थियो ।

मदर टेरेसा सन्त घोषित
गरिबका लागि जीवन अर्पण गरेकी मदर टेरेसालाई सन् २०१६ को सेप्टेम्बर ४ मा भ्याटिकन सिटीमा आयोजित एक समारोहमा ‘सन्त’ घोषणा गरिएको थियो । सेन्ट पिटर स्क्वायरमा दशौं हजार श्रद्धालुका अगाडि पोप फ्रान्सिसले उनलाई सन्त घोषणा गरेका थिए । सन् १९७९ शान्तितर्फको नोबेल शान्ति पुरस्कार विजेता टेरेसाको जन्म सन् १९१० को २६ अगस्टमा म्यासेडोनियामा भएको थियो ।

रिचार्ड राइटको जन्म
आजकै दिन अर्थात १९०८ को ४ सेप्टेम्बरमा अफ्रिकी मुलका अमेरिकी लेखक रिचार्ड राइटको मिसिसिपीमा जन्म भएको थियो । उपन्यासकार तथा कथाकार राइटले अमेरिकामा अश्वेतमाथि गोराले गर्ने व्यावहारको लेखनमार्फत चर्को बिरोध गर्थे । नटिभ सन र ब्ल्याक ब्वाई उनका महत्वपूर्ण कृति हुन् ।

कोडाकको स्थापना
सन् १८८८ मा छापा तथा तस्बिरसम्बन्धी कम्पनी कोडाक स्थापना भएको थियो । आजकै दिन इस्टम्यानले रोल फिल्म क्यामेराको कपिराइट पाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -