Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०९:०५ बिहान
- ADVERTISEMENT -

नेपाल टेलिकमद्वारा ई–सिम ल्याउँदै

प्रकाशित मिति: २०७८ असार ३०, बुधबार

420
Shares

काठमाडौं, बुधबार, ३० असार २०७८ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने भएको छ ।

हाल बजारमा उपलब्ध हुने प्लास्टिकबाट बनेको चिप जडित सानो कार्डको साटो कम्पनीले मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमा नै इम्बेड गर्न सकिने ई–सिम उपलब्ध गराउने भएको हो । यसका लागि नेपाल टेलिकमले आफ्नो आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रममा ‘ई–सिमको प्लेटफर्म’ राखेर योजना कार्यान्वयनमा ल्याउने तयारी गरेको हो । जसअनुरुप आगामी आर्थिक वर्षभित्र ई-सिम सहित कूल ८० लाख सिम भित्र्याउने कम्पनीको तयारी रहेको छ ।

जसमध्ये ७५ लाख सिम कार्डको लागि टेन्डर भइसकेको कम्पनीकी निर्देशक मिनु प्रधानले जानकारी दिनुभयो । ‘बाँकी ई-सिम ल्याउने विषय भने हाम्रो नयाँ योजना हो,’ उहाँले भन्नुभयो, ‘जसमा एक देखि डेढ लाखसम्म ई-सिम ल्याउने कुरा छ ।’

ई-सिमका लागि आफ्नै प्लेटफर्म बनाउने अथवा बाहिरबाट खरिद गर्ने भन्ने विषय छलफलका क्रममा रहेको टेलिकमले जनाएको छ ।टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भन्नुभयो, ‘अबको प्रविधि नै ई–सीमको हो । कम्पनीले आउँदो आर्थिक वर्षमा ई–सीम सुरु गर्ने तयारी गरेको हो ।’ उहाँले भन्नुभयो ।

हाल एप्पलको आईप्याड प्रो, एप्पल वाच सिरिज थ्री, वाच सिरिज फोर, सिरिज फाइभ, आईफोन एक्स र एक्स एस म्याक्स, आईफोन एक्स आरका साथै आईफोन इलाभेन र ट्वेल्भ सिरिजका डिभाइसले ई–सिम सपोर्ट गर्दछन् । त्यस्तै, गुगलको पिक्सेल टु, गुगल पिक्सेल थ्री, पिक्सेल थ्री एक्सएल तथा पिक्सेल फोर, पिक्सेल फोर एक्सएल, पिक्सेल फोर एमा पनि ई–सिम सपोर्ट रहेको छ ।

यसका साथै सामसङ ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस, एस ट्वान्टी अल्ट्राले पनि ई–सिम सपोर्ट गर्दछन् । त्यस्तै, सामसङकै फोल्डेबल फोन जेड सिरिज, माइक्रोसफ्ट विन्डोज १०, माइक्रोसफ्ट सर्फेस डुओ, ह्वावे पी ४० लगायतका डिभाइसमा समेत ई–सिम सपोर्ट छ ।

ई–सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई–सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । यसको अर्थ तपाईं सिमकार्ड नझिकेर नै अर्को मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिन सक्नुहुन्छ । यसको अर्को फाइदा भनेको सिम कार्ड राख्नका लागि मोबाइल डिभाइसमा छुट्टै स्थान नै आवश्यक पर्दैन ।

यस्तो अवस्थामा स्मार्ट वाच तथा फिटनेस डिभाइसलाई समेत मोबाइल नेटवर्कमा जोड्न सकिन्छ । यसरी डिभाइसमा इम्बेड भएर आउने ई–सिमले भविष्यमा फिजिकल (भौतिक) सिम कार्डलाई पूर्ण रुपमा प्रतिस्थापन गर्नसक्ने अनुमान समेत हुन थालेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -