- ADVERTISEMENT -

कोटा र कोठा नि’तान्त फरक विषय

July 9, 2021
888
Shares
- ADVERTISEMENT -

नवराज सिंखडा/गोरखा

कोटा र कोठालाई एउटै ड्याङमा राखेर रातो मुला फलाउन खोज्नु नि’न्दनीय छ, कोटा र कोठा नि’तान्त फरक विषय हुन् ।

- ADVERTISEMENT -

Advertisement

केही समय पहिले जनयुद्ध का कमान्डर बाबुराम भट्टराई ले भन्नु भयो, दलित र गैर दलित बीचको वि’भेद नि’राकरण गर्नका लागी गैर द’लितले आफ्नो थर बदलेर दलित को थर लेख्ने गरौं ।

के गैर द’लितले थर कामी परियार बि. क.लेखदैम जातीय समानता हुन्छ त ? भट्टराई ज्यु, तपाई केहि आस गरिएको ब्यक्ति भने पक्कै हुनुहुन्थ्यो । हिजो तपाईहरुले गरेको तेत्रो मामंशाहारी आन्दोलन यई थर फेर्नलाई थियो ? सत्य कुरा भन्नु पर्छ हो ।

- ADVERTISEMENT -

Advertisement

द’लित बर्ग सबै कुरामा पछाडी परेको छ् । यसरी शिक्षामा पछाडि छ भन्दैमा उनीहरुलाई सतहमा हिडाएर भ्र्ममा पारेर अझै पनि जुन दुस्साहस भैरहेको छ जून नितान्त गलत छ । हामीले बिभेद्लाई निमिटेन्न बनाउनका लागी कागजी ऐन नियम बनायर होईन नियम त राजा महाराज कै पालामा बनेका थिय व्यबहारमा परिबर्तन गर्नु पर्छ भन्नी आधुनिक सोचको बिकास गर्नु पर्दछ ।

जबसम्म गैर दलितमा ठुलो र सानो जात भन्नी भावना बिकाश भैइरहन्छ तबसम्म यो जातीय विभेद हट्नेवला छैन । गैर दलित र दलितमा मात्र होईन दलित दलित बिचमा ,छेत्री बाहुन बिचमा, अझ बाहुन बाहुनमा पनि उपाध्याय बाहुन र जैसी बाहुनमा समेत एकले अर्कालाई स्वीकार्य नगरेको कुरा समाजमा प्रष्ट देख्न सकिन्छ ।

तसर्थ ,मलाई अचम्म लाग्छ जब दलितले आफू अन्याय मा परेको भनेर आवज उठाउछ् तब मात्र भेदभावको मुद्दा बिकराल बनेर आउछ आखिर अन्य समुदायमा समेत बिभेद्ले जरो गाडेको पाएन्छ के दलित र गैर दलितमा मात्र होत भेदभाव ?

बास्तबमा समाज परिवर्तन गर्नी हो भने सम्पुर्ण जाति बाट नै भेदभाव सदाका लागी निर्मुल पार्नुको दुबिधा छैन । प्राकृतिकरुपमा मानिस सबै बराबर हुन यो जात त मानव निर्मित हो कुनै कालखण्डमा शाशकहरुले समसामयिक परिवेशलाई ध्यानमा राखेर आफ्नो निमित स्वार्थको लागी सिर्जना गरिएको हो भन्नी कुरा तपाईं हामी शिक्षित बर्गले जनस्तर सम्म पुरान जरुरी छ तबमात्र जातीय विभेद अन्त्य गर्न सकिन्छ ।

घरमा बा आमाले अथवा ठुलो ब्यक्तिले गरेका क्रियाकलाप हरु देखेर तेसैलाई हामिले अनुकरण गर्दै सिक्दै आयका छौँ तसर्थ जातीय बिभेद्ले गहिरो जरो गाडेर बसेको पाइन्छ यसलाई आजको भोलि नै हटाईहाल्न असम्भव जस्तै देखिन्छ ।

इतिहासमा फर्किनी हो भने जति पनि परिवर्तनहरु आएका छन् ठुलो आधिबेरी आएर भएका छन त्यसैले भेदभाबले पनि आधिबेरिलाई नै पर्खियको कुरामा दुईमत छैन ।

“समाजमा सम्पुर्ण ब्यक्तिहरुले रास्ट्रबाट पाउने अधिकारहरु प्रयोग गर्न पाउनु पर्छ बिडम्बनाको कुरा हामीले जातीय समानताको लागी जहिले भन्ने गरेको सुनिन्छ सबै मानिसमा समान व्यबहार हुनु पर्द्छ यो नितान्त गलत छ हामिले समानतालाई होइन समता लाई मुल मुद्दा बनाउनु पर्छ ,को कति भोकाएको छ तेतिनै खानेकुरा दिनु पर्छ अनि मात्र अघाउंछ ।”

केहि समय पहिले सुदूरपश्चिममा नबराज बि.क. हत्या कान्डमा पुर्ब गृहमन्त्री समेत भएका ब्यक्ति जनार्दन शर्माले आरोपित दोषी लाई राम्रोसग समंक्षेण गरेका समाचार आएका थिए यस्ता त केही उदाहरण मात्र हुन समाज परिवर्तन गर्छु भनेर हिड्ने ब्यक्ति नै आफै झाँकि् आफै धामी हुने गरेको पाइन्छ केबल पिछडिएका बर्गको बुई चडेर सत्तामा पुग्ने र सत्तामा पुगिसकेपछि फर्केर नहेर्ने प्रबृत्ति छ् ।एक युवा नेता विश्वप्रकाश् शर्माले ऐना टेलिभिजन कार्यक्रममार्फत समाज परिवर्तन गर्ने जमर्को गरेका छन् जून अनुकरणीय छ् ।

अहिले सामाजिक संजालमा रुपा सुनारलाई लिएर विभिन्न टीका टिप्पणी हरु भएका छन् ।सत्य यो हो रुपा सुनार एक प्रतिनिधि पात्र मात्र हुन उनले उठान गरेका मुद्दा सत्य छ्न चाए उनी कोईबाट परिचालित हुन । चाय डलरको खेती होस ती गौन कुरा हुन, सामाजिक संजालमा तिमिले कोठा पाएनौं । हामीले कोटा पाएनौं भन्नेहरु प्रशस्त भेटिन्छन अझ दलित र नेवार समुदायलाई जोडर लेख्नेहरु समेत छन् । युवा बर्ग नै समस्या समाधान तिर भन्दा नि भेदभावलाई बढवा दिने तर्फ अग्रसर भएको देखिन्छ ।

“तसर्थ कोटा र कोठालाई एउटै ड्याङमा राखेर रातो मुला फलाउन खोज्नु निन्दनीय छ् कोटा र कोठा नितान्त फरक विषय हुन् ।हिजो देखि प्रताडित दलित बर्गले पाउँदै आएको काेटालाई कोठा सँग तुलना गर्नु यसैमा विभेद छ”।

म बाहुन साथीहरूलाई भन्न चहान्छु तपाईंहरु किन जब विभेदको आवज उठ्छ अनि मात्र कोटाको कुरा गरेर बिभेद्लाई दबाउन खोज्नु हुन्छ ,शोच्छ मनले समाज परिबर्तन गर्न चाएकोहो भने अरु समयमा हातेमालो गर्न किन खुट्टा कमाउनु हुन्छ ? हो, काेटा निर्धारण गर्दा केहि कमजोरी भने भयकै हुन् स्वस्थ्य लगायतका संबेदनसिल क्षेत्रमा भने कोटा दिनु हुन्थेन तर यसो भन्दैमा केही झुन्डहरु तिमिले कोठा पाएनौँ ।

हामीले कोटा पाएनौँ भनेर माथी माथी उफ्रनु आफैंमा अशिक्षित साबित गर्नु सिबाए केही होईन । कोताको मतलब दलदलमा फसेका द’लित समुदायलाई अन्य समुदाय जसरी खुल्ला मैदानमा लेराएरसगै दौडाउनका लागि एउटा माध्यम भर्र्याङ् बनाउन लागी गरिएको थियो ।

तर, अफ्सोच जब बिभेद्को कुरा आउछ तब दलितले मात्र कोता लिएको जसरी प्रचार गरिन्छ । आखिर कोटा त जनजाति, मुस्लिम पिछडिएका वर्गले समेत प्राप्त गरेका छन नि । मेरो एक असल मित्रले सामाजिक संजालमा जसरी सबारी साधनमा कालो र रातो नम्बर प्लेटको सिस्टम छ त्यसरी नै घर भाडामा लगाउनको लागि पनि घरको बिभाजन गर्नु पर्छ भन्नू भएको छ ।

जुन उपयुुक्त तरिका हुन सक्छ ।तपाईं हामी सबै मिलेर समानतालाई पाखा लगाएर समतालाई मुख्य मुद्दा बनाएर समाज परिबर्तन गर्न अघि बढाैं अबश्य सफल भइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -