काठमाडौँ, मंगलबार, ४ जेठ २०७८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले को’भिड सं’कट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गर्नु भएको छ ।
‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको भ’र्चुअल बैठकमा उहाँले को’भिड सं’कट स’माधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
साथै, को’भिडबाट आफू सुरक्षित भएर दूरसञ्चार सेवा प्रवाहको काममा प्रतिबद्ध भइलाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थालाई उहाँले आह्वान गर्नुभयो ।









































