Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५५:३६ बिहान
- ADVERTISEMENT -

सामान्य सो’चिएको को’रोना भा’इरस भ’यावहको बाटोमा उ’न्मुख

प्रकाशित मिति: २०७८ जेठ १, शनिबार

1364
Shares

गीता लम्साल भट्ट

काठमाडौँ, १ जेठ २०७८ । चीनको वुहान नै को’भिड १९ स’ङ्क्रमणको मुहान मानिन्छ । त्यहाँबाट आएका एक नेपालीमा वि सं २०७६ माघ ९ मा को’भिड– १९ पु’ष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते उक्त भा’इरस रहेको पु’ष्टि गरिएको थियो । पु’ष्टि गर्न विश्व स्वास्थ्य सङ्गठनको हङ्कङस्थित प्रयोगशालामा परीक्षण गराउनु परेको थियो ।

त्यसपछि फ्रान्सबाट कतारको दोहो हुँदै नेपाल आएकी युवतीमा चैत १० मा दोस्रो कोभिड–१९ पु’ष्टि भएको थियो । उहाँ चैत ४ गते नेपाल आउनुभएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको थियो ।

पहिलोपटक चीनको वुहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि भने नेपालमा फैलिएको हो । स’ङ्क्रमणको जोखिम बढेपछि मुलुकमा २०७६ चैत १० बाट हवाई उडान बन्द र ११ गतेबाट बन्दा’बन्दी जारी गरी नियन्त्रणको प्रयास भएको थियो ।

वि सं २०७७ साउन सात गतेबाट बन्दाबन्दी हटाइएको थियो । त्यसपछि सम्बन्धित जिल्लाबाट निषे’धको आदेश जारी गरी नियन्त्रणको प्रयास गरिएको थियो । सोही प्रक्रियाद्धारा अहिले पनि नियन्त्रण प्रयास जारी छ ।

सन् २००२ मा चीनमा सार्स को’रोना देखिएको थियो । त्यसको पुष्टि २००३ मा डब्लुएचओले ग¥यो । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकामा ७७४ को मृत्यु भएको थियो । सन् २०१२ मा साउदी अरबमा मर्स को’रोनाको स’ङ्क्रमण हुँदा मृ’त्युदर ३५ प्रतिशत थियो । सार्सको मृ’त्युदर १० प्रतिशत थियो । सन् २०१५ मा दक्षिण कोरियामा पनि देखिएको थियो । अहिलेको मृत्युदर भने तीन प्रतिशत रहेको यसअघि नै विश्वस्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको थियो ।

 हाल नेपालमा दोस्रो चरणको कोरोना संक्रमणदर बढ्दै गइरहेको छ । समय कहाँ बाट कहॉं पुक्छ हिजो मानिस मानिस भेटदा खुसी र साहास, सहारा मिल्ने गर्दथ्यो । अहिले समस्या पर्दा पनि पर -पर भाग्ने दिन आएको छ ।

समय परिस्थिति बदलिएको छ । जैबिक हतियार जस्तो देखिने महामारी फैलिरहेको र दिन दिनै अकल्पनीय खबर कानमा गुन्जिन थालेका छन्  । को’रोना भा’इरसका कारण हजारौको संख्यामा संक्रमण बढीरहेको छ भने सयौ संख्यामा ज्या’न गुमाईरहेका छन । को’भिड १९  अब नियन्त्रणभन्दा बाहिर नजाला भन्न सकिदैन । अहिले विश्वभरि को’रोना भा’इरस स’ङ्क्रमण र त्यसबाट हुने रोग को’भिड-१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।

उक्त भा’इरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपाय स्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन् ।

को’रोना भा’इरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई स’ङ्क्रमणको बढी जोखिम छ, को’भिड-१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ ।

हामी यहाँ यिनै प्रश्नको उत्तर खोज्दैछौँ । दक्षिण एसियामा अहिले हामीले देखिरहेका दृश्य यस अघि कहिल्यै देखेका थिएनौं । मेडिकल अ’क्सिजनको चरम अभाव देखिएको यस क्षेत्रमा बिरामीका आफन्तजनले सहयोगको लागि याचना गरिरहेका छन् ।

अस्पताल पुरै कोरनाको बिरामीले भरिएका छन् । अ’क्सिजन नपाएर बिरामीहरू छटपटाईं छटपटाई मोरिरहेका छन् । बिरामीहरूले अस्पतालको सिट नपाएर ४/५ वटा अस्पताल चार्दा चार्दै गाडीमै ज्यान गुमाउन बाध्य भएका छन् ।

थकित स्वास्थ्यकर्मीहरू आफै नै  बिरामी हुने अवस्थामा पुगिसकेका छन भने कति जीवन र मरणसंग अस्पतालको शैय्यामा लडिरह्का छन् । हाम्रा स्वास्थ्य प्रणालीहरू अधिकतम क्षमतामा सन्चालन हुनुपर्ने अवस्था आई अझै धेरै मानिसहरूको ज्यान जान सक्ने सम्भावना बढेको छ ।

“देशमा यस्तो कोलाहल मचीरहदा सरकारी निकाय भने कानमा तेल हालेर मुख दर्शक बनिरहेको छ । सरकारी तवरमा रहेका सरकार र मन्त्रीहरू कुर्सीको होडबाजीमा व्यस्त छन् ।

ए ! सरकार यस संकटलाई रोक्नको लागि सशक्त नेतृत्वका साथ  तत्काल कदम चाल्नु अत्यन्तै आवश्यक छ । थप क्षति हुनबाट जोगाउन सरकारहरूले आफ्नो सम्पूर्ण शक्ति लगाएर काम गर्नु, सहायता प्रदान गर्न सक्ने विकास साझेदारहरूले तुरून्तै सहायता पठाउनु र अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नु अत्यन्तै महत्वपूर्ण छ । जुन एउटा नैतिक वाध्यता मात्रै पक्कै पनि होइन ।

दक्षिण एसियामा पछिल्लो पटक देखिएको घातक वृद्विदरले हामी सबैलाई झस्काएको छ । यसलाई तत्काल रोक्न नसकिए विश्वले महामारी नियन्त्रणमा प्राप्त गरेका उपलब्धिहरू लाई पुन: गुम्ने सम्भावना रहेको छ । तर, हामीले आफ्नो व्यक्तिगत जिम्मेवारीलाई पनि नभुलौं ।

हामीले लिने प्रत्येक निर्णयले संक्रमण वृद्विको यस क्रमलाई उल्ट्याउने वा  हाम्रो वरिपरिका मानिसहरूको जीवनलाई खतरामा पार्ने सम्भावना रहन्छ । हामी थाक्यौ होला, तर भा’ईरस अझै थाकेको छैन। मास्क लगाउने, सके सम्म धेरै पटक साबुन पानीले हात धुने, सामाजिक दुरी कायम राख्ने तथा आफ्नो पालो आएपछि खोप लगाईहाल्नको लागि हामी अझै बढी प्रतिबद्व हुनु जरूरी छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -