काठमाडौँ, बुधबार, ८ बैशाख २०७८ । नेपाल तरुण दल केन्द्रिय समितिद्वारा गण्डकी प्रदेशको पोखरा (२०७८ बैशाख १२ र १३), प्रदेश नं. २ को बारा (२०७८ जेठ १ र २) लगायत देशका सम्पूर्ण प्रदेशहरुमा गर्न लागिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु हाललाई घोषित मितिमा नहुने गरी स्थगित गरिएको छ । आज एक बिज्ञप्ति जारी गर्दै बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रम स्थगित गरिएको जनाएका हुन् ।
मिति : २०७८/०१/०८
श्री अध्यक्ष जी,
नेपाल तरुण दल,
सबै जिल्ला समितिहरु ।
विषय : परिपत्र
प्रस्तुत विषयमा तिव्र गतिमा फैलिरहेको कोभिड–१९ कोरोना भाईरसको महामारीका कारण मानव समुदाय दिनानु दिन आक्रान्त हुँदै गईरहेको वर्तमान अवस्थालाई मध्य नजर गरी नेपाल तरुण दल केन्द्रिय समितिद्वारा गण्डकी प्रदेशको पोखरा (२०७८ बैशाख १२ र १३), प्रदेश नं. २ को बारा (२०७८ जेठ १ र २) लगायत देशका सम्पूर्ण प्रदेशहरुमा गर्न लागिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु हाललाई घोषित मितिमा नहुने गरी स्थगित गरिएका छन । कोरोना भाईरसको प्रकोप नियन्त्रणमा आई सामाजिक वातावरण सहज भएपछि दलको केन्द्रिय समितिले पुनः नयाँ मिति तोकी कार्यक्रम सार्वजनिक गरिने व्यहोरा यसै सूचना मार्फत दलका सम्पूर्ण जिल्ला समिति एवं सम्बन्धित सम्पूर्ण तरुण साथीहरुलाई जानकारी गराईन्छ ।
जय नेपाल ।
नोट : अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ, सामाजिक दुरी कायम गरी कोभिड–१९ बाट आफु पनि बाचौँ र अरुलाई पनि बचाऔँ ।
जित जङ्ग बस्नेत
अध्यक्ष







































