Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४७:३१ बिहान
- ADVERTISEMENT -

भान्से साहः ‘करजन्हादेखि लण्डनसम्म’

प्रकाशित मिति: २०७७ फागुन २५, मंगलबार

486
Shares

काठमाडौँ, मंगलबार, २५ फागुन २०७७ । सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिनुभएका सेफ सन्तोष साहलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्छ भनेर । एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा ? उनी तिनै नेपाली भान्से हुन जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा प्रवद्र्धित ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का उपविजेता बने ।

आज विश्वभर सेफ साहको चर्चा चुलिएको छ । प्रतियोगितामा पाककलामा उत्कृष्ट प्रदर्शन गर्दैसाह चर्चित बनेका छन् । उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई उँचो बनाउन भूमिका खेले ।

संसारभरका १०१ प्रतिस्पर्धीले भाग लिएको प्रतियोगिताको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि थिए । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका साह दोस्रो बने । उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशंसा बटुलेका थिए । चार महिना चार दिन अवधिको सोमा साहले शुरुदेखि अन्तितसम्म निर्णायकको मन जित्न सफल भए। प्रतियोगिता अवधिभरका सबै खानाका परिकार आकर्षक भएकाले सफलता मिलेको साहको भनाइ छ ।

विश्वचर्चित सञ्चारमाध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । विश्व बजारमा नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाउनुभएका साहले खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउनका लागिपर्ने राससलाई बताए । उनले बेलायतमा छिट्टै रेष्टुरेण्ट सञ्चालन गर्ने र नेपालमा पनि खोल्ने योजना बनाएका छन् । साह भन्छन्, “जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म प्लाष्टिकको झोला र पाउरोटी बेच्थेँ, त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।” उनी आफ्नी आमा सुमारीदेवीलाई भेट्न छिट्टै जन्मघर करजन्हा जाँदै छन् । उनी नेपालका विभिन्न शहरमा प्रेरणास्पद प्रवचन दिन पनि जाने कार्यक्रम छ ।

उनले ‘फुड इन हाइजिन’ लाई ध्यान दिएर विदेशी पर्यटकका लागि गुणस्तरीय सेवा प्रदान गर्न सके नेपालको लागि फाइदा पुग्ने बताए । देशभित्र भान्से र खानाले महत्व नपाएका अवस्थामा यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ सङ्घर्षको यात्रा शुरु गरिएको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानका लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए ।

साहको सङ्घर्ष

करजन्हा–४ को सामान्य किसान परिवारका पाँच दाजुभाइ र दुई दिदीबहिनी गरी सातमध्ये सबैभन्दा कान्छा उनी करजन्हादेखि लण्डनसम्मको सङ्घर्ष र सफलताको जीवन यात्रामा अनेकन आयाम छन् । साहकै भाषामा, “म जस्तो भान्सेले यत्तिको सफलता पाउँछ भन्ने सोचेकै थिइन तर अदम्य साहस र निरन्तरताको लगावले मलाई सफलतातिर डो¥यायो ।” उनका केही दाजुभाइमध्ये भारत र अन्य देशमा व्यापारव्यवसायमा संलग्न छन् ।

पाँच वर्षको उमेरमै बुबा सीताराम सुडीको साथ गुमाएका साहले १० वर्षको उमेरदेखि काम गर्न थालेका थिए । सिरहा बजारमा प्लाष्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ । नेपालमा कक्षा १० सम्म अध्ययन गरेका ३५ वर्षीय साह एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुगे ।

उनले अहमदावादको एक रेष्टुरेण्टमा भाडा माझ्ने काम शुरु गरे । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव उनले सम्हाले। कामकै सिलसिलामा पकाउन सिके, अनि अङ्ग्रेजी भाषाको ज्ञान लिए । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उनी एक पाँचतारे होटलको सेफ बने ।

सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरे । महोत्सवले साहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीका सहयोगीले साहलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उनी सन् २०१० मा बेलायत गए र एक रेष्टुरेण्टमा काम गरे । बेलायतकै ललित होटल र भारतको बनारसमा समेत उनले काम गरे । दुःख, सङ्घर्ष र सफलताले साहको जीवन बदलिएको छ ।

गुजरातदेखि लण्डनसम्म

साहले भारतको लायन हिल्स रिसोर्टमा १६ महिना काम गरे । शुरुमा पाँच महिना भाँडा धुने काम गरे, त्यसपछि सेफ बन्ने अवसर पाए । सोही समयमा उनले तन्दुरीको काम सिके । अर्को रेष्टुरेण्टमा काम गर्ने अवसर उनलाई मिल्यो । कामका दौरानमै साहले भारतको चेन्नइबाट अङ्ग्रेजी भाषा र कम्प्युटर कोर्स गरे। भारतमा अनुभव बटुलेपछि बेलायतको राजधानी लण्डन पुग्ने अवसर उनलाई जुट्यो । लण्डनमा ‘दि स्पाइसी अफेयर्स’ रेष्टुरेण्टमा सेफका रुपमा उनले काम गरे । एक वर्षका अवधिमा अरु दुई रेष्टुरेण्ट परिवर्तन गरे । बनारस भन्ने रेस्टुरेन्टमा तीन वर्ष काम गरे । हाल उनी ‘सिनामन ग्रुप’ अन्तर्गतको रेष्टुरेण्टमा काम गरे । लण्डनमा साततारे होटलभन्दा रेष्टुरेण्टको सेफको ‘भ्यालु’ हुन्छ ।

साह पाँच भाषामा आफ्नो कामकोे अनुभव समेटी पुस्तक प्रकाशन गर्दै छन् । पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । उनले खानाको विश्वव्यापी मार्गचित्र बनाइएको जनाउँदै लण्डनबाटै प्रवचन शुरु गरिने जानकारी दिए । सरसफाइ र स्वच्छतालाई अभियानकै रूपमा नेपाल अघि बढे सफलतामा पुग्न सकिन्छ भन्ने उनको ठम्याइ छ ।

अन्तिम प्रतिस्पर्धामा भान्से साहले राँगाका मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए । खानासँगै उहाँले नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए ।

बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ साहको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशविदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् । “म सिम्पल खाना बनाउँछु, नेपालीहरु अति नै सिम्पल छौँ, नेपालीपन नेपाली मनका साथ मौलिक खानाको परिकारको प्रस्तुतिले मेरो सफलता मिलेको हो”, नेपाली भान्से साहले भने । उनको विचारमा नेपालीको विशेषता नै सरलीकृत जीवनशैली हो र आतिथ्यका क्षेत्रमा नेपालीले मात्रै विश्वलाई जित्न सक्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -