Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:१० बिहान
- ADVERTISEMENT -

भारतको उत्तराखण्डको पिथौरागढस्थित गोर्खाली किल्ला

प्रकाशित मिति: २०७७ फागुन २२, शनिबार

531
Shares

काठमाडौं, शनिबार, २२ फागुन २०७७ । भारतको उत्तराखण्डको पिथौरागढस्थित गोर्खाली किल्लाबारे धेरै नेपाली परिचित छैनन् ।

अङ्ग्रेजसँग सन् १८१४ मा नालापानीको लडाइँ लड्नुअघि नै पिथौरागढमा सन् १७९१ मा गोर्खाली सेनाले यो किल्ला निर्माण गरेका थिए ।

नालापानी किल्ला र पिथौरागढको गोर्खाली किल्ला दुवै उत्तराखण्डमा पर्छन् ।

नेपाल–भारत सीमा झुलाघाटस्थित महाकाली नदीमा इस्ट इन्डिया कम्पनीले बनाएको झोलुङ्गेपुल छ । यो पुल तरेपछि ३६ किलोमिटर गाडीको यात्रा गरेर गोर्खाली किल्ला पुग्न सकिन्छ । गोर्खाली किल्लाको लम्बाइ ८८ दशमलव ५ मिटर, चौडाइ ४० मिटर रहेको छ । किल्लालाई चारैतिरबाट नौ फिट अग्लो पर्खालले घेरिएको छ । पर्खालको चौडाइ पाँच फिट चार इन्च रहेको छ । पर्खालमा बन्दुक चलाउन मिल्ने १५२ वटा प्वाल छन् । किल्लाभित्र गहिरो कुवा थियो । तर, अहिले भने त्यहाँ पीपल रोपिएको छ ।

सन् २००० मा भारतको उत्तरप्रदेशबाट छुट्टिएर १३ जिल्लाको अलग प्रदेशका रूपमा उत्तराखण्ड बनेको हो । यो प्रदेश वीरहरूले शासन गरेको ठाउँका रूपमा परिचित छ । यस प्रदेशमा पिथौरागढ, चम्पावत, बागेश्वर, अल्मोडा, पहुरीगढवाल, टेहरी गढवाल, उधमसिंहनगर, चमौली, नैनीताल, रुद्रप्रयाग, उत्तरकाशी, हरिद्वार र देहरादुन जिल्ला छन् । यसको राजधानी देहरादुन हो । यहीँ नालापानी किल्ला रहेको छ । नालापानी किल्ला जस्तै पिथौरागढको गोर्खाली किल्ला पनि गोर्खालीको बहादुरीको इतिहास जोडिएको ऐतिहासिक ठाउँ हो ।

पुरानो नाम ‘सोर’
पिथौरागढको पुरानो नाम ‘सोर’ हो । अहिले पनि ज्याला–मजदुरी गर्न पिथौरागढ जाने अधिकांश नेपालीले ‘सोर’ गएर पैसा कमाउने भन्ने गर्छन् । कर्णालीमा पुल बन्नुअघि (२०४९ साल) सम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिस नुन लिन ‘सोर’ जाने गरेका थिए । किनमेलका लागि पिथौरागढ जाने मध्यम वर्गले पिथौरागढलाई ‘बजार’ भन्ने गर्छन् । उपचार गराउन अहिले पनि बैतडी, दार्चुला र बझाङबाट हजारौँ नेपाली पिथौरागढ पुग्ने गरेका छन् ।

‘सोर’ बजार र पिथौरागढको इतिहासबारे पिथौरागढवासी ८७ वर्षीय लेखक पदमदत्त पन्तले ‘सोर’ र पिथौगाढबारे रोचक इतिहास रहेको बताउनुभयो । लेखक पन्तले ‘सोर की लोककथा’ र ‘यादका सोर पिथौरागढ’ पुस्तक लेख्नेक्रममा गरिएको खोजअनुसार ‘सोर’मा मानव बस्ती बस्नुअघि तलाउ थियो । स–साना तलाउलाई ‘सोर’ भन्ने गरिन्थो । किरिया बसेकाहरू तलाउमा नुहाउन र पितृलाई १० दिनसम्म पिण्ड दान दिन जान्थे । पिण्ड दान गर्ने ठाउँलाई स्थानीय कुमाउनी भाषामा ‘पितरौडा’ भनिन्छ ।

स्थानीय कुमाउनी भाषामा धान फल्ने खेतलाई ‘धनाड’ मकै फल्ने खेतलाई ‘घोगाड’ भनिन्छ । त्यसैगरी, पितृलाई पिण्ड दान गर्ने स्थान र ठाउँलाई ‘पितराडा÷पितरौडा’ भनियो । अङ्ग्रेजसँग लडाइँ गर्न जब सोर बजार अर्थात् पितरौडामा गोर्खाली सेनाले गढ (किल्ला) निर्माण गरे, त्यसपछि पिथौरागढ नामकरण भएको देखिन्छ । नेपालको बैतडी जिल्लाको स्वराड र तल्लो स्वराड क्षेत्र भारतको ‘सोर’ अर्थात् आजको पिथौरागढसँग जोडिएको हुनाले स्वराड नाम रहन गएको पनि भनिन्छ ।

गोर्खाली किल्लामा रहेको शिलालेखमा सोर घाँटी (उपत्यका) विभिन्न वंशले राज्य गर्नेक्रममा सैनिक स्थलका रूपमा उपयोग गरेको उल्लेख छ । पिथौरागढमा मल्ल, बम, चन्द, गोर्खाली र अङ्ग्रेजले शासन गरेको पनि उल्लेख छ ।

नाम फेरेर ‘लन्डन पोर्ट’
भारतमा अङ्गे्रजले शासन सुरु गरेपछि पिथौरागढस्थित गोर्खाली किल्लाको नाम फेरेर अङ्ग्रेजले ‘लन्डन पोर्ट’ राखेका थिए । भारत स्वतन्त्र भएपछि गोर्खाली किल्लाको नाम ‘सोरगढ’ रह्यो । जनजिब्रोमा भने अहिले पनि ‘गोर्खाली किल्ला’ नै उच्चारण हुने गरेको नेपालीमूलका स्थानीय महेश बरालको भनाइ छ । किल्लासँग गोर्खालीको गहिरो साइनो रहेको पनि लेखक पदमदत्त पन्तले जानकारी दिनुभयो । किल्लाको संरक्षण भारत सरकारले गर्दै आइरहेको छ । गोर्खाली किल्लाको नाम परिवर्तन गरेर जब अङ्ग्रेजले ‘लन्डन पोर्ट’ राखे, त्यसपछि यो किल्लाको नाम फेरिँदै आयो । पिथौरागढको पुरानो नाम ‘सोर’ नै भएकाले गोर्खाली किल्लाको नाम पनि ‘सोरगढ’ पनि रह्यो ।

बैतडी र पिथौरागढको सम्बन्ध
बैतडी र पिथौरागढबीच धार्मिक, साँस्कृतिक र भाषिक एकरूपता पाइन्छ । सुदूरपश्चिममा बोलिने सबै भाषालाई डोटेली भाषाका रूपमा चिनिए पनि बैतडी र दार्चुलामा बोलिने भाषा र कुमाउनी भाषाका शब्दमा एकरूपता पाइन्छ ।
बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा हजारौँ भारतीय तीर्थयात्री आउने गरेका छन् । यस्तै त्रिपुरा सुन्दरीप्रति मनोकामना पूरा गर्न माताका रूपमा पिथौरागढवासी गहिरो विश्वास र आस्था राख्छन्

महाकाली नदीले दुई देशका बैतडी र पिथौरागढ जिल्लालाई छुट्याएको छ । दुई जिल्लाबीच ‘रोटीबेटी’को सम्बन्ध निकै गहिरो रहेको बैतडीका गोविन्दराज जोशीले बताउनुभयो । खानपिनमा पनि एकरूपता पाइन्छ । बटुक, माणा, पल्यौँ, घोगाको रोटी, छाँच आदि खानाका परिकार वारि र पारि दुवै ठाउँमा खाइन्छ ।

विवाहमा नाचिने छलिया नाच पनि एकैकिसिमकोे छ । सुख, दुःख, मायाप्रीति र विरहका धेरै गीत पनि एउटै भाषा र लयमा गाइन्छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -