Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०५:३३ बिहान
- ADVERTISEMENT -

दुध र तरकारी पाईने भुषालको “भुषाल कृषि फर्म”

प्रकाशित मिति: २०७७ पुस ८, बुधबार

1317
Shares

प्रिया स्मृती गजमेर

लमही, बुधबार, ८ पौष २०७७ । लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी कमल प्रसाद भुषाल बिहान ५ बजे भैसीं गोठमा पुग्छन, भैसीको मलमुत्र सफा गरेर दानापानी दिने अनि दुध दुहुन बस्ने उनको दैनिक कार्य हो ।

उनीसंग तिन वटा भैसी छन् ति मध्ये दुई वटाले दुध दिन्छन । ति दुई वटाको दुध पन्ध्र देखि विस लिटर सम्म दुध हुन्छ । बिहान ५ बजे दुध दुहेर भुषाल आफै बजार सम्म पुर्याउने गर्दछन । उनले दैनिक एक हजार पांच सय सम्मको दुध बिक्रि गर्छन । दुध डेरीमा मुल्य अल्लि चित्त बुझ्दो नहुँदा घर-घरमा दिने र केहि होटलमा दिने गरेको उनको भनाई छ । अहिले भुषालले प्रति लिटर सहत्तरी रुपैयाँमा दुध बेच्दै आएका छन । दुधमा पानी नमिसाएर दिने गरेकोले मानिसहरु प्रति लिटरलाई सहत्तरी दिन गाह्रो नमान्ने उनले बताए ।

भुषाललाई यहि पेशामा आनन्द लाग्ने गर्छ । लामो समय भयो भैसी संगको संगत उनको, भैसीलाई दानापानी देखि लिएर मलमुत्र सोहोर्ने सम्मको काम उनि आफैले गर्छन । कहिलेकाँही श्रीमतीले सघाउने गरेको उनले बताए । “शुरु शुरुमा अलिक गाह्रो भएको थियो तर पछि बानि पर्दै गए अब यी भैसीकै कारण अन्यत्र गएर एक ÷दुई दिन बसौं भन्दा नि मन मान्दैन” उनले भने । यहि तरकारी र भैसीको दुध बाट आठ जनाको परिवार पालिएको उनको भनाई छ । 

परम्परागत तरिकाले भैसी पालन गर्दै आएका भुषाललाई केहि साथीहरुले अब आधुनिक किसिमबाट र ब्यबसायिक हिसाबले लाग्न सुझाए पछी केहि महिना अघि मात्र उनले भुषाल कृषि फर्म दर्ता गराएका छन । उमेरको उत्तरार्धमा पुगेका भुषालमा अझै जोश जाँगर छ, स्थानीय सरकारले व्यवसायिक रुपमा कृषि गर्नेलाई अनुदान दिन्छ भन्ने सुनेको छु त्यहि भएर अलि मेहनत गर्दै छु उनले भने । यदि स्थानीय सरकारबाट अनुदान पाए पछि भैसीका लागि एउटा राम्रो गोठ बनाउने योजनामा छन् उनी   । 

यति मात्र हैन कमल प्रसाद भुषाल एक मेहनेती कृषक पनि हुन । उनले झन्डै एक बिगाह क्षेत्रफल जमिनमा तरकारी लगाएका छन । तरकारी खेती गर्न लागेको करिब दश वर्ष भैसकेको छ । उनको बारीमा उब्जिएका सबै जातका तरकारी समयले साथ् दियो भने लमही बजारमै खपत हुने गर्छ । “तरकारी खेती संग संगै गर्दा मलाई भैसी बाट आएको मल बारीमा प्रयोग गर्न मिल्दा रासायनिक मल किन्न परेको छैन” सजिलो भएको छ भुषालले भने ।

सुरुमा उनले लमही बजारमा चिया नास्ता पसल गरे त्यताबाट खास्सै आम्दानी नभए पछी कृषि तिर लागेका हुन । केहि दिन अघि मात्र उनले करिब पन्ध्र हजारको मुला मात्र बिक्रि गरेका छन । अन्य तरकारी भन्दा लसुनमा राम्रो मूल्य पाउने गरेको बताउदै गत वर्ष साठी हजार बराबरको लसुन बिक्रि गर्न भ्याएका थिए तर त्यो वर्ष टमाटरबाट घाटा व्यहोर्न परेको थियो ।

अहिले उनले थोरै क्षेत्रफलमा टमाटर लगाएका छन । तेह्र कट्ठा जतिमा बन्दा गोभी लगाएका छन् भने यो सिजनको तरकारी निकाले पछि फेरी प्याज लगाउने तयारी थालेका छन । अबको केहि दिन पछि उनको बारीमा हरियो केराउ तयार हुँदैछ ।

अघिल्लो वर्ष उत्पादन भएका तरकारीले बजार भाउ नपाउदा त्यसै फाल्नु परेको भुषालको गुनासो छ ।  कोरोना लाग्ने डरले हामी बजार नजाने, उताका मानिस गाउँ तिर नआउने लकडाउनको बेला बारीमा फलाएका तरकारी राम्रो संग बेच्न पाईएन घाटैघाटा भएको उनको दुखेसो छ । पानी सिंचाईको भने केहि समस्या छ, बारी नजिकै कुलो छ तर उक्त कुलोमा पानी निरन्तर आउदैन । अहिले घर नजिक बाट बग्ने खोलाको पानी सदुपयोग गरेको भुषालको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -