Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
९:४४:०४ राति
- ADVERTISEMENT -

एउटै व्यवस्थापन प्रणालीमार्फत सरकारी कार्यालयलाई जोड्ने तयारी

प्रकाशित मिति: २०७७ मंसिर १२, शुक्रबार

896
Shares

काठमाडौं, शुक्रबार, १२ मङ्सिर २०७७ । देशभरका सरकारी कार्यालहरुलाई एउटै व्यवस्थापन प्रणालीमार्फत जोड्ने उद्देश्यले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम) को तयारी अघि बढेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि विभागले याे परियाेजना अघि बढेकाे जानकारी दिएको छ ।

सूचना प्रविधि विभागका निर्देशक लोकराज शर्मा भन्नुहुन्छ, ‘सबै कार्यालयलाई एउटै सिस्टममार्फत व्यवस्थित गर्ने उद्देश्यले यसलाई अघि बढाइएको हो । टेण्डरको कार्य सम्पन्न भई हाल कम्पनी सर्टलिस्ट गरेर उहाँहरुबाट आएको डकुमेन्ट अध्ययन तथा मूल्याङ्कनको क्रममा रहेको छ ।’

यही आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी काम अघि बढाइएकाले अबको केही समयमै यसको अन्त्तिम नतिजा सार्वजनिक हुने शर्माले बताउनु भयो । उहाँका अनुसार सिस्टम निमार्णको कार्य सम्झौता भएको मितिले ६ महिनाभित्र सम्पन्न भइसक्नेछ ।

सिस्टममा सरकारी कार्यलयमा आउने डकुमुन्ट म्यानेजमेन्ट, चिठी पत्र, दर्ता चलानी, स्टोर म्यानेजमेन्ट, मिटिङ म्यानेजमेन्टका साथै कार्यलयको लागि छुट्टै मोबाइल एप पनि उपलब्ध हुनेछ । हाल कार्यलय अनुसार छुट्टै सिस्टम, छुट्टै एप्लिकेसन हुँदा खर्च बढ्नुका साथै व्यवस्थापनमा पनि समस्या भइरहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै सबै सरकारी कार्यलयलाई एउटै सिस्टममार्फत जोड्ने योजनाका साथ यो सिस्टमको निमार्णका कार्य अघि बढाइएको शर्माले बताउनु भयो । यो सिस्टममार्फत एक कार्यलयबाट अर्को कार्यालयमा डकुमेन्ट पठाउन, कार्यलयको बैठकको जानकारी दिन, बैठकको माइन्युट तयार पार्न सकिन्छ । त्यसका लागि यसमा डिजिटल सिग्नेचर समेत प्रयोग हुनेछ, उहाँले भन्नुभयो ।

यसका साथै उक्त सिस्टममा सम्पूर्ण कार्यालयका कर्मचारीको विवरण, सम्पत्ति विवरण समेत त्यसैमा हुनेछ । यो हुँदा कर्मचारीलाई आफ्नो सम्पत्ति विवरण भर्न पनि सजिलो हुनेछ भने अख्तियारले कुनै व्यक्तिको विवरण हेर्न चाहेमा सजिलै प्राप्त गर्न सक्छ ।

तर, त्यसका लागि अख्तियारले निजामती किताब खानामार्फत निवेदन दिएर पासवर्ड लिनु पर्ने हुन्छ । उक्त पासवर्ड पनि केही घण्टाको लागि मात्र उपयोगी हुने खालको सिस्टम हुनेछ । सिस्टममा कर्मचारीको बिदा, हाजिर, कर्मचारीको सुरुवाको रेकर्ड समेत रहनेछ । हाल निजामती किताब खानामा कागजमा रेकर्ड राख्ने भएकाले यस्ता सम्पूर्ण जानकारी नहुने खालको समस्या छन् । त्यसैले पनि विभागले पहिलो चरणमा निजामती किताब खानासँग यो सिस्टम प्रयोगका लागि कुरा अघि बढाएको छ, ‘निजामती किताब खानाबाट राम्रो प्रतिकृया आएसँगै हामीले यसलाई अघि बढाएका हौं ।’ उहाँले भन्नुभयो ।

साथै, यस सिस्टममा लेखा प्रणाली भने हुने छैन । लेखा प्रणालीको काम यसअघि नै महालेखाले अघि बढाइसकेकाले उक्त भाग हटाइएको हो । तर, यो सिस्टम महालेखाको उक्त सिस्टममा जोड्न सकिने गरी तयार हुने भएकाले भोलिका दिनमा सबै कुरा एउटै सिस्टम र एउटै एपमा निर्भर हुनेछ ।

सुरुमा यसका लागि आवश्यक प्रविधि र उपकणको निमार्ण कार्य सम्पन्न भएसँगै यसको पाइलट परीक्षण गरिनेछ । परीक्षण पश्चात कार्याविधि तयार पारेर यसलाई सम्पूर्ण सरकारी कार्यलयमा लागू गर्न सकिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -