भन्ने गरिन्छ, नितिहरु मध्येको सर्वोकृष्ट निती नै राजनीती हो । राजनीतिबाट नै सामाजिक रुपान्तरणको सम्भव र बिकासको विश्वासको आधारशिलाको जग निर्माण हुन्छ, कयौ राजनितिशात्री र दर्शनशात्रीहरुले प्रतिपादन गरेका छन, यस कुराको । आधुनिक युगको शुरुवातसगै विश्व समाजले अनेकौ राजनीति परिवर्तनको नयाँ नयाँ आभाष गरिरहयो । कहिले वर्ग शत्रु ,कहिले भुगोल र सिमा, कहिले लैगिड्ग अधिकार को नाम मा त कहिले जातजाती र रड्ग बिभेदको नाम त,कहिले समानता, असमानता बिभेदको नाममा भएका क्रान्ति र आन्दोलनले समाजको संमरचना को रुप रड्ग ,प्रकृति फेरिरहयो ।
यो समय सापेक्ष परिवर्तनसगै समाजको तत्कालिन आवश्कता, त्यही सामाजिक बनोटमा भएको सोचको ढाॅचा अनुरुपको बनोटमा रुपान्तारित राजनीतिक र सामाजिक बिचारमा समाज परिमार्जित हुदै गए, यही विश्व आन्दोलनको प्रभाब र आयतनमा नेपाल र हाम्रो नेपाली समाज पनि अछुतो रहेन पक्कै पनि ।
बिगतलाई अध्ययन गर्दा नेपालले पनि सामाजिक परिवर्तनमा ,राज्य र जनता बिचको बिभेदको असहमताको लडाई, शिक्षा र स्वास्थ्यमा आम जनताको पहुचको आवश्कताको लडाई, भुमि माथीको एकाधिकारको लडाईमा विर्ता उन्मुलन र जोत्ने अधिकारको लडाई, जातजाति छुवाछुतको र लैगिड्ग बिभेदको लडाईमा कानुनी अधिकारको लडाई, वाक स्वातन्त्रता र नागरिक अधिकारको लागी पटक पटक प्रजातन्त्र प्राप्तिको लडाईबाट आजको मौलिक लोकतान्त्रिक ब्यबस्था उपलब्धीको रुपमा स्थापित भएको छ ।
तर, पनि नेपालमा २००७ सालको राजनितिक परिर्वतनपछि स्थापित भएको बिकास र समाजको अबधारणा प्रतिपादन गर्दै , वि पी कोईरालाको नेतृत्वकालमा नेपाली काग्रेसले २०१२ सालमा प्रजातान्त्रिक समाजबादको अबधारणा एजेन्डाको रुपमा स्थापित गराएको थियो,साथै २०१५ साल को निर्वाचित सरकारले समाजबादी कार्यक्रमको रुपमा केही आशालाग्दा र जनमासले अनुभुति गर्ने काम पनि गरेको थियो । तत्कालिन सरकारको छोटो समययुगका बाबजुत गरिएको प्रयासले नेपाली समाजको आजको चारित्रीक अबस्थामा अझै पनि समाजबादलाई आवश्कता महशुस गराउदै नेपालका राजनितिक पार्टीले सपना बाडिरहेका छन । त्यसैले, हरेक पार्टी अनेक उपसर्ग जोडी आफुलाई समाजबादी साबित गर्न लालहित छन ।
नेपाली काग्रेस पार्टीको बिधानमा पनि राष्टियता, लोकतन्त्र र समाजबादको आदर्श र सिद्धान्तमा अडिएर न्यायपुर्ण र गतिशिल समाजको निर्माण को लक्ष्य निर्धारण गरेको छ, तर पनि लोकतन्त्र र राष्टियतामा जति काग्रेस स्पष्ट देखिन्छ तेति नै समाजबाद को ब्यख्या गर्न सकिरहेको छैन की ? अहिले आएर नेपाली राजनीतिको समिक्षा गर्दै गर्दा लोकतन्त्र र समाजबादमा सबैको लक्ष्य र गन्तब्य कोरिएको छ । सबैले आफ्ना आफ्ना शब्दावली र उपसर्ग लगाएर परिभाषित गरेर नेपाली राजनीतिलाई आफ्नो बागडोर डोराउन लालहित छन । अहिले आएर समाजबाद यस्तो बस्त्र बनिरहेको छ, जुन शक्तिले पहिरिए पनि हुने जस्तो कालो भाद गाॅउले टोपी जस्तै बिचमा चिरेर लगाए काग्रेस ,नचिरी लगाए ने क पा ,निधार छोप्ने गरि लगाए शाही शक्ति, टोपी जस्तै समाजबाद को रुप पनि तेस्तै बनिरहेको छ ।
जब नागरिक स्वतन्त्र, सिर्जनशिल बनेर आफ्नो बिवेक पुर्ण रुपमा प्रयोग गर्न सक्छ तब मात्र समाजबादको महत्व बुझ्दै लोकतान्त्रीक ब्यबस्थाको हिमायातीको रुपमा आफुले आफैलाई ग्रहण गर्दै अनुभुति गर्न पाउछ तब राज्यले पनि मौलिक समाजबादी बिकासको खाका कोर्दै परिकृत बैज्ञानिक शिक्षा प्रणालीसगै नागरिक उच्चताको बिकास गरी, जनतामा कर्माचारी तन्त्र र न्यायपालिकको भरोषा बिकास गर्न सक्छ ।त्यही दिन मात्र नेपाली जनताले लोकतान्त्रिक समाजबादी देशको नागरिकको अनुभुत र पहिचान प्राप्त गर्नेछन ।
२०१७ सालको प्रतिगामी कदमपछिको नेपाली काग्रेस पुर्णत प्रजातन्त्रको पुर्नस्थापनामा केन्द्रित रहन गयो । यस बिचमा समाजबादी बिकासको अबधारणामा बहस र समय पाउन सकेन, २०४६ सालको परिवर्तनपछि बिश्व अर्थराजनीति ब्यबस्थाको प्रभाबले होला समाजबादी बिकासको अबधारणाबाट नजिकन सकेन ।
खुला अर्थतन्त्र र छिमेकी उदाउदा दुई मुलकको आर्थिक बृद्धि दरको प्रभाबले होला ? अर्थतन्त्रमा खुलानिती अपनाउदै बजारमाथी सरकारी नियन्त्रण र स्वामित्व बजारमै छोडदै आर्थिक बृद्धिदर ८ % पुराएको थियो । बिकासमा आर्थिक सुचाड्कको उकालो लाग्दै गर्दा शिक्षा ,संचार खानेपानी ,स्वास्थ्य र सडकमार्ग सन्जालमा ठुलै आशालाग्दा परिवर्तन देखिएका थिए ।
तर, २०५२ सालपछि जंगलमा लागेको डडेलो जस्तै गरि फैलिएको माओबादी क्रान्तिको उदण्डताले बिकास निर्माणको संरचनामा डडेलो नै लागेजस्तो भयो । न नब निमार्ण हुन सके न निर्माण भएका संरचना जिबित रहन नै पाए । जनता बिकासमा राहतको महसुस गर्न नपाउदै बिधौषक तरिकाले गाउ बस्ती उजाडी, त्रास उत्पन्न गरी देश आताड्कको आहालमा डुब्न बिबस भयो ।
देशले आर्थिक प्रगतिको कालो बादल प्रचण्डपथ २०५२ साल देखी २०६२ सालसम्म नेपाली आकासमा मडारिरहयो । एकदसक पछाडी धकलिएको नेपालको बिकास अझै लोकतन्त्र उदयसगै तगरिन न सकिरहेको अबस्थामा ताते ताते गर्दै चलायामान हुदै थियो । हालको कोरोना जरजर प्रभाब विश्व नै थलिन पुग्यो । नेपालको आर्थिकतन्त्र पनि यसबाट नराम्रोसंग शिथिल बन्दै गईरहेको छ ।
नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको रेमिटेन्सले केही हदसम्म नागरिकको बिहान बेलुकी घरको चुलो बालिरहेको छ । जेनतेन छाकटारिरहेको पनि छ । विश्व बजारमा रोजगारीको अबस्था घटेपनि, बिकसित र समाजबादी र नागरिक उच्चता रहेका मुलकमा प्रदान गरिएको राहत र बैकिड सुबिधाले गर्दा नेपाली ब्यसायी र मजदुर, बिधार्थले पाएका राहतबाट रेमिटेन्सले राहत महशुस गर्न सकिरहेको छ ।
भने अर्को तर्फ बाझाॅ खेत बारीले पुर्नजन्म पाएका छन । करेसाबारी युग फेरी शुरु भएको छ ।बजार आश्रित सोचबाट बाध्यताले मानिस र समाजलाई उत्पादनमा लगलशिल बनाएको छ । यो कोरोना युगपछिको बाध्यतात्मक परिवर्तन हो । मुलत जिवन शैली र आचरणसगै समाजिक बनोट र समाजिक तौर तरिक मा परिवर्तन गर्न हामी र हाम्रो समाज बाध्य भएका छौ ।
सम्भवत राजनीतिले नै समाजको मार्गचित्र कोर्ने गर्छ तर अहिले राजनिती कोभिड को चालमा परिमार्जित हुदै चलायमान हुन परेको छ । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपाली काग्रेस पार्टी अधिबेशनको संघारमा पुगीसक्दा पनि बैकल्पिक बाटोको खोजी नगरी पुरानै सरचना र तौर तरिकालाई कुरी समय र साईत सार्न ललायित छ । कसरी यस युग र प्रभाबमा पार्टीलाई समायअनुकुल बनाउन सकिन्छ भनेर खोजी गर्न सकिरहेको छैन ।
झर्ला र खाउला भन्ने उखान कै बाटोमा छन । कोराना प्रभाब सकिएला र नयाँ नेतृत्व चुनौला भन्ने छ । नयाँ उपाए र प्रबिधीको खोजी जुटसकिरहेको छैन । दैनिक जसो बिभिन्न नाम र सरचना बनाई जुम मिटीड गरी उही अभिब्यक्ती सधै जसो दोराईरहेका छन । सबै आन्दोलनले खारिएका युबादेखी जेलकै कोठरीमा परिपक्क बनेका नेतृत्व पनि ।
यसको मतलब कोभिड ले सिकाएको अनुशासन, प्रयोगबादी दैनिकी,आचरण,समदुरी जस्ता सामजिक चेतना नेपालका राजनीतिक चरित्रले आफ्नो जिबन प्रणालीमा परिवर्तन गर्न इच्छा शक्ति देखाउन सकिरहेका छैनन । सगठनको ढाचाॅमा उही नबितनम खोजी र प्रबिधीको प्रयोग कतै चुकीरहेका त होईन ? सोच्न पर्ने बेला भएको छ।
समयलाई दोष दिएर भाग्न उचित पक्कै होईन । समयसंगै चल्न समयअनुकुल बन्न सिकौ र तेस्तै समाजको निर्माण गर्न प्रेरित गरौ ,सुधार राजनिती बाटै गरौ तबमात्र समाजबाद सम्भब होला ।
नेपाली काग्रेस पार्टी अब तेही पुरानो मनोबिज्ञानबाट रुपान्तरण हुन जरुरी छ। निती बिहिन नेतृत्व पनि अर्थहिन हुनसक्छ समयाअनुकुल परिमार्जन र आन्तरिक लोकतन्त्र को बिश्वासनिय आधार निर्माण नभए सगठनमा पालुवा लाग्दैन ।
कर्मकाण्डी ढंगबाट चल्दै जाने ब्यवस्थापन शुद्धता नखोज्ने हो भने आर्यघाट को रोजाई हुनसक्छ । जनताको समर्थनको नैतिकतालाई उपयोग गरि लोकको सेबा राजनीतिमा परिणत गर्न सकिन्न पार्टी पनि सामाजिक रुपान्तरण को बाहक बन्न सक्दैन ।
अबको नेपाली काग्रेस प्रगतिशिल जुझारु, सघर्षशिल इतिहास बोक्दै अघि बढनु पर्छ । काग्रेसको बिभिन्न आन्दोलनमा शाहदत प्राप्त गर्ने हुन या नेपाली काग्रेसको शासनकालमा जनमुखी बिकास बनाउने मिसनमा बाॅधिएर बलिदान गर्ने अदम्य साहस र समपर्ण गर्दै आफु मरेर पनि पार्टी को जग निर्माण गरिदिने तमाम सहिदहरुको तागतको सम्मान गर्न नेपाली काग्रेस चुक्नु हुदैन !
चुकिरहेको छ ! अहिले नेतृत्वको मानसिकता कतै साघुरो बन्दै गईरहेको त छैन । जसले गाउँको मन र केन्द्रको सोचमा साम्पियता देख्छ भोलीको नेतृत्व लायक पनि उही हुन्छ । निती र नेतृत्व ब्यक्तिको होईन बिचारको हुन्छ, तब मात्र समाजमा आशाका किरण देखिन थाल्छ र नेपाली काग्रेस जनता को भरोषा केन्द्र बन्न सक्छ ।
लेखक : जनसम्पर्क समिति जापानको जनप्रिय नेताको रुपमा चिनिनु हुन्छ । हुदै गरेको सभापति सर्वसम्मत उम्मेदारको रुपमा हेरिन्छ साथै, जनसम्पर्क समिति मा लामो योगदानसंगै शहिद पुत्र पनि उहॉको परिचय हो ।
लेखक
राजेन्द्र जमरकट्टेल
ने का १३ औ महाधिबेसन प्रतिनिधी
नेपाली जनसम्पर्क समिती जापान
उपाध्यक्ष









































