Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:०३ बिहान
- ADVERTISEMENT -

विचार विज्ञानको वास्तविकता र जीवन दर्पण

प्रकाशित मिति: २०७७ भदौ १०, बुधबार

890
Shares

डा. उत्तम खनाल
(विश्लेषक)

जीवन एउटा दर्पण हो । जसरी हामीले आफ्नो अनुहार हेर्नै ऐना सफा हुँदा आफ्नो आकृति स्पष्ट देखिन्छ त्यसरी नै हाम्रो जीवनलाई विचारको माध्यमबाट सफा बनाउनु पर्छ । सफा विचारको अर्थ यो हो कि जसले स्वयमको भलो मात्र होईन अरुको खुसी पनि पैदा गराओस् ।

मानव चोला केवल जीउनका लागि मात्र होईन परीक्षणका लागि पनि अनिवार्य भएकाले उसले आफ्नो विचारद्धारा आफैलाई हरेक समय परीक्षा दिने गरेको हुन्छ । त्यहि विचार जो अरुका लागि हानी एवं कष्टप्रद भैदियो भने उ स्वयमलाई क्षणिक लाभ मिले तापनि परीणाम हितकर हुँदैन । त्यसो हो भने विचार के हो कसरी पैदा हुन्छ भन्ने वारेमा थोरै जानकारी लिने प्यास गरौं ।

हामीमा चिन्तनहरु निरन्तर रुपमा उत्पन्न हुने गर्छन् । हरेक क्षण हरेक पल एक पछि अर्को प्रति प्रश्नहरु गर्दछौ कि विचार भनेको के हे ? कहाँबाट उत्पन्न हुन्छ ? विचारहरुको के प्रभाव पर्दछ जीवनमा ? विचारहरुमा कति शक्ति छन् ? विचारको स्वरुप कस्तो हुन्छ ? विचारहरुलाई बदल्ने उपाय के छन् ? विचारबाट के लाभ हुन्छ ? यिनै प्रश्नहरुको तथ्यगत स्वरुपको चित्रण गर्ने हो भने वस्तुगत रुपमा विचारहरुको विशेषरुप हुन्छ र रङ्ग पनि हुन्छ । यसै प्रकारले तिनमा जीवनशक्ति रहेको हुन्छ ।

विचारको उत्पत्ति र स्वरुप :

विचार तत्व अदृश्य छ र चर्मचक्षुद्वारा त्यसलाई देख्न सकिँदैन । विचारहरुको उत्पत्ति परमाणुमय स्वरुपमा हुन्छ । ती परमाणु यति सूक्ष्म हुन्छन् भने तिनीहरु भन्दा सुक्ष्म र बेगवान अन्य कुनै पनि वस्तु संसारमा नै छैन । जुन वस्तु जति सूक्ष्म हुन्छ, त्यसको बल पनि उत्ति नै बढी हुन्छ । सबै भन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुहरु भन्दा पनि विचारको बल नै बढी मानिएको छ । जब वस्तु भन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव नै अधिक तेजोबल हुन्छ । जस्तो ढुङ्ग, माटो सूक्ष्म छ र माटोमा ढुङ्गा भन्दा पनि अधिक बल छ । ढुङ्गा भन्दा माटोमा जडता कम छ । त्यसैले ढुङ्गको अपेक्षा माटोमा जीवन शक्ति धेरै छ । माटो भन्दा पानी अधिक सूक्ष्म छ र पातलो पनि छ । त्यसैले गर्दा यो भन्दा पानी ज्यादा उपयोगी र बलवान छ ।

पानीभन्दा बाफ सूक्ष्म छ र बाफ भन्दा वायु आफैमा सूक्ष्म छ । अनि पानीको भन्दा वायु अधिक बलवान पनि छ । वायु भन्दा आकाश अर्थात शब्द सूक्ष्म छ र शब्दको गति भन्दा प्रकाशको गति बल धेरै छ । प्रकाशको भन्दा बिजुलीको बल बढी तर सूक्ष्म छ । बिजुलीको भन्दा पनि विचारहरुको बल र गति अति सूक्ष्म छ । यसकारण विचार भन्दा पनि सूक्ष्म तर अधि तेजोमय वस्तुहरु जगतमा छन् तर तिनको ज्ञान हामीहरुलाई भएको छैन । त्यसैले जगतका सबै वस्तुहरुभन्दा विचार र बुद्धि अति सूक्ष्म र बलवान भएको वर्णन उपनिषद्हरुमा गरिएको छ ।

“इन्द्रियेभ्यः परं मनो मनसः सत्वमुक्तमम् ।
सत्वादपि महानात्मा महतो व्यक्तमुक्तम् ।।
अव्यक्तस्तु परः पुरुषो व्यापको लिङ्ग एव च ।”

अर्थात इन्द्रियहरु भन्दा पर मन छ । मन भन्दा पर बुद्धि छ । बुद्धि भन्दा पर महत्व छ र महत्व भन्दा अव्यक्त नाम प्रकृति पर छ । प्रकृति भन्दा पर पुरुष छ । यसरी एक भन्दा अर्को बढी सूक्ष्म र बलवान् छन् ।

एक अमेरिकी विद्वानले लेखेका छन् कि प्रकाशको गति १,८६,००० माइल प्रति सेकेण्ड भए झैं विचारको गतिको प्रवाह ४०,००० नील देखि ७०,००० नील माइल प्रति सेकेण्डसम्म रहेको हुन्छ । विचार शक्तिका लहरहरुलाई दिनमा सूर्यका किरणहरुले खण्ड–खण्ड गरिदिन्छन् । जसबाट तिनको गति केही अवरोध (रोकावट) हुन जान्छ । रात्रिको समय या अन्धकारमा विचार शक्तिको वेग तीव्र हुन जान्छ । यस समयमा वेगलाई कोही रोक्न पनि सक्दैनन्, कारण यसले आफ्नो गति प्रवाह विना अवरोध तीव्र हुने गर्दछ ।

पाश्चात्य देशहरुमा यस विद्याको दिन दिनै उन्नति भइरहेको छ । यसैको सहायताले ठूला–ठूला डाक्डरहरुले अनेक कठिन रोगहरुको उपचार पनि सजिलै गरिरहेका छन् । हर्षको कुरा त केछ भने हाम्रा ऋषि-मुनिहरुको विद्याको अनुसरण पश्चिमी मानिसहरुद्वारा अति तीव्रताका साथ भइरहेको छ । अतः हामीहरुले पनि घोर निद्राबाट बिउँझेर आफ्ना पूर्वजहरुद्वारा सम्पादित विद्यालाई पुनः विकसित गर्नु पर्दछ, जसबाट हाम्रो सर्वाङ्गीण उन्नति हुन सकोस् ।

विचारको वेग :

विचार बिजुली भन्दा पनि अधिक वेगवान हुन्छ । बिजुलीले एक सेकेण्डमा सात पटक पृथ्वीको परिक्रमा गर्न सक्छ तर विचारहरुको गति त्यो भन्दा पनि तीव्र छ । प्रत्येक वस्तुका चार अवस्थाहरु हुन्छन्– दृढ , तरल, वाष्पमय र तेजोमय । दृढ वस्तुमा कम्पनका गति मन्द तथा तरल र वाष्पमयमा तीव्र र तीव्रतर हुन्छ । यसैलाई सृष्टिक्रम भनिन्छ साथै चतुर्थ अवस्था प्रकाशमय छ । तिनै कम्पनको साधारण प्रभावबाट शब्द उत्पन्न हुन्छ । उनै कम्पनहरुको तीब्र प्रभावले विभिन्न रङ्गहरुको रुप धारण गर्दछ र कम्पनहरुको भेदबाट रङ्ग प्रकाशमा पल्टन्छ । यी चार अवस्थाहरु बाहेक अरु पनि स्थूल र सूक्ष्म अवस्थाहरु छन् जसलाई देख्ने शक्ति हाम्रा स्थूल ईन्द्रियहरुमा छैन तर विज्ञानले तिनीहरुको पत्ता लगाउन थालेकोे छ ।

क्लार्क माक्सवेलले आफ्नो विद्युत चुम्बक सिद्धान्त 4fGt (Electro-Magnetic Theopry) मा भनेका छन् ति ताप, प्रकाश, विद्युत आदि जुन सबै शक्तिहरुको विकास हामी चारै तिर देख्दछौं । ती सबै विद्युत चुम्बक तरङ्गहरु (Electro-Magnetic Waves) हुन । तरङ्गकारमा नै ति वस्तुहरु एक स्थानबाट दोस्रो स्थानमा जान्छन् । यी तरङ्गहरु कसमा चल्छन् वा कसका तरङ्गहरु हुन ? यस प्रश्नको उत्तर दिनका लागि वैज्ञानिकहरुले इथर (आकाश तत्व) नामक एक काल्पनिक पदार्थको अस्तित्व स्वीकार गरेर सबै पार्थिक शक्तिहरुलाई आकाश तत्वकै तरङ्ग मानिलिएका छन् । इथरका शक्तिहरुको लम्बाइको अनुसार नै विभिन्न शक्तिहरु बन्दछन् ।

जसको लम्बाइ अधिक छ त्यसको तापका तरङ्गहरु हुन्छन् । त्यस भन्दा छोटो प्रकाश र त्यसभन्दा पनि छोटो अति बैजनी रश्मिहरु ? (Ultra Violet Rays) हुन्छन् । जुन अति–बैजनी रश्मिहरु भन्दा पनि छोटा छन् ती रज्जन रश्मि ? (X-rays)(Ultra Violet Rays) हुन् । अर्को जुन अझ पनि साना छन् ति गामा रश्मि (Gama rays) हुन् | जुन सबै भन्दा सानो छ त्यसको नाम ह्यान्ड रश्मि (Cosmic Rays) हो । यी ब्रह्माण्ड रश्मिहरु विश्वमा सर्वत्र विद्यमान छन् । जहाँ सूर्यको प्रकाश पुगन सक्दैन त्यस ठाउँमा पनि यी रश्मिहरुको अस्तित्व रहेको हुन्छ ।

विचारको वल र परिणाम

जब हाम्रा विचारहरु बाहिर तिर जान्छन् तब तिनिहरु खाली हावामा उड्दैनन् । तिनिहरु त हाम्रो दिशालाई स्थिर परिवर्तित गर्नमा एवं धनवान वा दरिद्रवान बनाउने कार्यहरुलाई सिद्ध वा नाश गर्नमा मुख्य कारण हुन्छन् । हामीले आफ्ना विचारहरुलाई उचित मार्गमा चलाउन जान्यौं र चलाउन सक्यौं भने समस्त दुःखहरुबाट छुटकारा पाई हामी परमानन्दमय जीवन व्यतीत गर्न सक्दछौं । यदि ति विचारहरुको मार्गलाई चलाउन जानिएन भने हाम्रो जीवनको गति ओरालो लाग्न सुरु गर्दछ ।

परमात्माले मानिसलाई विचारको अद्भुत बल दिएकोछ । सयौं मानिसहरुले यस बलद्वारा कठिन भन्दा पनि कठिन कार्य गरिसकेका छन् । विचार एक पछि दोस्रो, दोस्रो पछि तेस्रो, त्यसपछि चौथो यसप्रकारले उठ्ने गर्दछ । तिनहरु मध्ये कुनै तय हुन जान्छ तर जो दृढ हुन्छ त्यो सफलता प्राप्त नगरुन्जेल विलय हुँदैन । यसै प्रकार केही दृढ विचार नराम्रा पनि हुन्छन् । चोरले जब चोरी गर्दछ तब त्यो निन्दित कार्य पनि उसको विचारको नै फल हो किन कि त्यो उसलाई राम्रो लागेको हुन्छ । व्यभिचारी र घातकहरुका विचारहरुमा पनि दृढता हुन्छ तर त्यसलाई विचारको संज्ञा दिइँदैन । स्वार्थहीन विचारहरुलाई सत्य मय वा उत्तम विचार भन्नु अनुचित नहोला । दृढ विचार ती हुन ्जो मन, वाणी र कर्मका साथै सात्विकता, निःस्वार्थपन तथा सत्यताले पनि युक्त हुन्छन् ।

विचारको दोष

सुखका बाहेक अन्य विचारहरुलाई मनमा आउन नदिनु किन भने मनमा सदैव जस्तो सोचियो उस्तै दशा प्राप्त हुन्छ । यदि कोही धेरै नै दीन दशामा पुगेको छ भने उसको हीनताको कारण उसका विचार नै हुन्छन् । दुःख र दरिद्रताका विचारले दुःख र दरिद्रतालाई नै बढाउँछन् । हाम्रो मन खेत समान हो त्यसमा केही न केही विचार उत्पन्न भैरहन्छ । दोष तिमी भित्रै छ । तिम्रा मनमा दुःखदायक र अपवित्र विचार पसेका छन् । यसलाई हटाउ र यसबाट तिम्रो उन्नति हुँदैन ।

विचारमा एकाग्रता र त्यसको शक्ति :

मानवशास्त्रका वेत्ताहरुले के सिद्ध गरेका छन् भने मानिस जो श्वास लिन्छ उसले प्रत्येक श्वासमा तीन–तीन नयाँ विचार उत्पन्न गर्दछ । अर्थात एक मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उत्पन्न हुन्छ हरेक मानिसमा । वायु, जलवाष्प, विद्युत, अग्नि आदिका परमाणु जबसम्म भिन्न भिन्न भएर फैलिन्छ तबसम्म तिनमा केही पनि शक्ति देखा पर्दैन । तर, तिनलाई एकत्र गर्नाले तिनमा अद्भुत शक्ति उत्पन्न भई तिनबाट ठूला ठूला काम लिन सकिन्छ ।

त्यसरीै, नै विचारहरुको शक्ति पनि अपरिमित, अप्रतिहत र अप्रतक्र्य छ । यदि ध्यानद्वारा तिनको विरोध गरियो वा त्यसको प्रवाहलाई रोकेर एउटै वस्तुमा स्थिर गरिन्छ भने तिनमा अद्भूत शक्ति उत्पन्न भएर साधकले जुन वस्तुको कल्पना गर्दछ त्यो उसको संकल्पबाट मात्र प्राप्त हुन सक्छ । उपनिषद भन्दछ एकाग्र चिन्तनले मानिस जुन वस्तुको कामना गर्दछ त्यो वस्तु संकल्पबाट मात्र पनि उसलाई प्राप्त हुन्छ ।

विचार विज्ञानको वास्तविकता पनि यहि हो । यसलाई व्यवहारीक बनाउन सकियो भने मानविय जीवन उत्कृष्ट बन्दछ । जीवनमा खासै तनाव पैदा हुँदैन र चिन्ताबाट मुक्त भई दुखको अनुभूति पनि गर्नु पर्दैन । छुद्र एवं निच भावको विचारले जीवनमा यति धेरै घात गरिदिन्छ कि जसको परिणाम मानिसले जीवनभर पछुताउनु पर्ने हुन्छ । त्यतिखेर जीवनको सफलता सुन्यमा रुपान्तरण भैदिनाले समाज तथा व्यक्ति स्वयमको हितमा समेत देखिदैन ।

अतः अरुलाई प्रहार गर्ने विचार कतै आफै माथि प्रहार गर्ने मनसायबाट त्यसलाई उत्पत्ति कदाचित गराउनु स्वागत तथा मनन् योग्य देखिदैन । विचारले आफ्नै जीवनको अस्तित्वबोध गराउने हुँदा विचार विज्ञानका मान्यतामा रहेर सद्भाव प्रवाह गर्दा स्वयम सफल जीवनको अनुभूति मिल्दछ ।

सल्लाह सुझाब एब प्रतिक्रिया [email protected]

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -