बिबिसी, मंगलबार, ६ साउन २०७७ । संयुक्त अरब एमिरेट्स (यूएई) ले मंगल ग्रहको ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यूएईले जापानबाट मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण गरेको हो ।

जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेट मार्फत प्रक्षेपण भएको होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ ।

यसअघि प्रक्षेपण गरिएका दुईवटा प्रयास गत साता मौसमको प्रतिकूलताका कारण स्थगित गरिएको थियो । सन् २०२१ को फेब्रुअरीमा होप मङ्गलग्रह पुग्नेछ । त्यो त्यही मिति हो जतिबेला युएई स्थापनाको ५० औ वार्षिकोत्सब हुन्छ ।

बीबीसी हिन्दीका अनुसार यही महिना मङ्गल ग्रहमा जान लागेका तीन वटा मिशनमध्ये यूएईको होप मिशन एक हो । अमेरिका र चीन दुवै मंगल ग्रहमा आफ्नो मिसन पठाउन अन्तिम चरणको तयारी गरिरहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्