- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

दुल्लभ मा.वि.घ्याम्पेसालद्वारा अनलाइन कक्षा संचालन

June 18, 2020
1708
Shares
- ADVERTISEMENT -

गोरखा, बिहिबार, ४ असार २०७७ । दुल्लभ मा.वि मा अनलाइन कक्षा संचालन सुरु गरिएको छ ।

गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं १ घ्याम्पेसालमा अवस्थित श्री दुल्लभ माध्यमिक विद्यालयले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण अबरुद्द सिकाई प्रणालिलाई सुचारु गर्न नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयबाट जारी बैकल्पिक प्रणालिबाट विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ मा आधारित भई असार ३ गतेदेखि अनलाइन कक्षा संचालन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

दुल्लभ मा. वि. नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा छनौट भएको विद्यालय हो । अहिले कक्षा ८ र १० कक्षा संचालन भईरहेको छ र असारको दोस्रो साताबाट अन्य कक्षाहरु पनि संचालन गर्ने तयारी रहेको विद्यालय स्रोतले जनाएको छ । यसले विद्यार्थीहरुको सिकाईमा थप उर्जा मिल्ने आशा विद्यालयले लिएको छ ।

यस अघि नै विद्यालयले Hello Parents, Book in Home लगायत थुप्रै कार्यक्रम संचालन गरिसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

छिट्टै “टोलटोलमा शिक्षक” कार्यक्रम जसमा विद्यार्थीको घरघरमा पुगि सिकाई सहजिकरण गर्ने कार्यक्रम रहेको जानकारी विद्यालयका सहायक प्रधानाध्यापक कमल प्रसाद भट्टले जानकारी दिनुभयो । साथै, भिमसेन थापा गाउँपालिकामा अनलाइनबाट कक्षा संचालन गर्ने पहिलो विद्यालयको रुपमा आफुलाई स्थापित गर्न दुल्लभ मा.वि. सफल भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com