Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:२१ बिहान
- ADVERTISEMENT -

डरले मर्ने भए म मरेको २ महिना पुग्ने थियो ? (गाॅंउपालिका अध्यक्षलाई प्रदेशिको चिठ्ठी)

प्रकाशित मिति: २०७७ जेठ २५, आइतबार

1101
Shares

अध्यक्ष ज्यू नमस्कार,

संक्रमण मुक्त हुनुभएको खबरले खुसि भएँ, बधाई छ । संक्रमण जितेर फर्कनु भएको पालिका अध्यक्ष हजुर मार्फत गाउँवासी सबैमा अनुरोध गर्दै यो पत्र लेख्दै छु ।

कोरोना बिगबिगिको बीच सबैभन्दा बढि चिन्ता गाउँघर र देशकै हुँदो रहेछ । यो चिठी लेख्दै गर्दा जापानको टोकियोमा संक्रमितको संख्या ५३ सय नाघिसकेको छ । म आफै बसेको रुमबाट प्रत्यक्ष देखिने अस्पतालमा दिनका दिन कोरोनाका बिरामी भर्ना गरिरहेको समाचार सुन्छु । त्यहाँ ओल्लोपल्लो वडा सिल गर्दै गरेको समाचार सुन्दा म कोरोनाले रुमलिएका अमेरिका, चीन, जर्मन, फ्रान्सजस्ता देशबाट आउने ओल्लोपल्लो प्लेनमा काम गरिरहेको हुन्थेँ ।

भन्दा गफ लगाए जस्तै होला, त्यति नै बेला कोरोनाको सबै लक्षण म र मेरी श्रीमतिमा पाउथेँ । थाहा छैन्, जाँचेको भए पोजेटिभ नै थियो कि वा अहिले पनि पोजेटिभ नै छौ कि ? समय जटिल बन्दै थियो । अस्पताल उल्टै रोग सार्ने माध्यममा गनिन थाले । जापानीज दयालु हुने हुँदा तिनै जापनीजले हौसला दिईरहन्थे । डरले मरिने भए म मरेका आज दुई महिना पुग्थे । यति डरको भुमरिबाट समय गुज्रियो कि यहाँ लेखेर अटाउँदैन् ।

काम गरौँ त् कोरोना ! काम नगरम के खाने कसरी बाँच्ने ? तनाव थियो । बाध्यता थियो । न दिदिकोमा जाम्ला न मामाघर न कुनै आफन्त । खास गरी यो बिचमा आत्मबल बढाउँदै हौसला दिने टोकियो विश्वविद्यालयका दिपेश खरेल सरलाई बिर्सन्न । डरको चरमचुलीमा मलाई खर्चेको घण्टाको कुराकानी जीवनको अविस्मरणिय नै क्षणमा गन्छु । आफु बसेको ठाउँमा जतिसुकै पुगोस जन्मेको ठाउँको समाचारले आफै बिरामी भएको महसुस गराउँदो रहेछ । त्यसैले अबको उपाय के त ? प्रश्न खडा भएको छ ।

अध्यक्ष ज्यू,

कोरोना संक्रमण फैलिन सक्ने चेतावनीसंगै सरकारले देशव्यापी लकडाउन सुरु ग¥यो । तपाई पनि दिनरात जनताको लागि खटिरहनुभएको कुरा सर्वविदितै छ । कसैलाई संक्रमण हुन दिन्न भन्दै खट्दा खड्दै हजुर आफै संक्रमित हुन पुग्नु भो । सबैले यो कुरा गोप्य राख्दा राख्दै हजुरले सार्वजनिक गर्नुभो । यसैमा सबैले स्वल्युट गरेका थिए । संक्रमणपछि अहिले सम्मको अनुभव राख्नु भन्दा अबका दिनमा के गर्ने त भन्ने कुराले भयांकर महत्व राख्ने हुँदा यो अनुरोध पेस गर्दछु । त्यसैले, पालिकाका शुभचिन्तक तथा पत्रकारले संक्रमणको अनुभव कस्तो रह्यो भनि अध्यक्षलाई सोध्न आउलान् । यसको जवाफमा समय नखर्चिनुस् ।

अब जनतालाई कसरी जोगिने भन्नेतर्फ जोड दिनुस् । यो भाईरस हामीसँग निरन्तर रहिरहन्छ भन्ने अनुमान गरेर यो पत्र लेख्दै छु । हजुर कोरोना संक्रमित भएको समाचार सुनेपछि सारा गाउँ नै कोरोना संक्रमित भएको आभास भएको थियो । अनि म पनि फेरि एक पटक कोरोना संक्रमित भएको अनुभव गरेँ । त्यसैले, गाउँवासीलाई यो भन्दिनुस कि लकडाउन अन्तिम उपाय होइन। जीवनशैली परिवर्तन गरौँ । गाउँका बुबाआमा, दाजुभाई, दिदि बहिनिलाई भन्दिनुस् शारीरिक दूरी कायम गर्नुस्, मास्क लगाउनुस्, नियमित रुपमा हात धुनुस् । सकारात्मक सोच लिएर अधि बढौ ।

विशेषगरी सम्भव भएसम्म आफू र अन्य व्यक्तिहरुबीच कम्तिमा १० हातको दुरी कायम गर्ने गरौँ । सम्भव भएन भने पनि ५ हातको दूरी चाँही जसरी नै राख्नुस् । कुराकानी गर्दा, सम्भव भएसम्म आफूले कुरा गरिरहेको मानिसको ठीक सामुन्ने नबस्नुस् । बाहिर जाँदा पनि कोठाभित्र बस्नुप¥यो वा कुराकानी भइरहेको छ भने आफूलाई संक्रमणको लक्षण नै नभएपनि मास्क लगाउनुस् । घरमा आउने बित्तिकै हात धुन, सकेसम्म छिटै लुगा फेर्न नुहाउन भन्दिनुस् । हात साबुन र पानीले राम्रोसँग कम्तिमा ३० सेकेण्डसम्म धुन भन्नुस् । बिरामी भेट्न जाँदा वा संक्रमणको उच्च जोखिममा रहेको मानिसहरुसँग भेटघाट गर्दा विशेष सावधानी अनपाउनुपर्छ ।

सकेसम्म बाहिर नजानुहोस्, पर्याप्त हावा आवतजावत नभएको बन्द ठाउँमा नजानुहोस्, भिडभाड धेरै भएको ठाउँमा नजानुहोस । मनिसहरुको नजिक बस्नु पर्ने परिस्थितिबाट जोगिनुहोस् । कोठामा पर्याप्त हावा छिर्न दिनुहोस् । खोक्दा वा हाच्छिँउ गर्दा रुमाल वा कुहिनाले मुख छोप्नुहोस् । नियमति रुपमा हात धुनुहोस् । ज्वरो वा रुघा खोकी लक्षण देखिएको छ भने घरमै बस्नुहोस् । बिसन्चो महसुस भएको छ भने आराम गर्नुहोस् ।

पसलमा कम मानिस भएको बेलामा जानुहोस भन्नुस् । रकम बुझाउँदा वा फिर्ता लिदाँ सिधा हातमा लिनुको साटो टेबुटको प्रयोग गर्नुस । किन्न जानुभन्दा पहिला नै योजना बनाउनुहोस् । मतलब छोटो समयमा धेरै पटक धाउनु नपरोस् । पसलमा नमूनाका रुपमा राखिएका वस्तुहरु हातले समाउने छोड्ने बानीलाई त्याग्ने र प्रदर्शनमा राखिएका वस्तुहरु नछुनुहोस । खेलकुद मैदानमा जाँदा कम मानिसहरु भएको बेलामा जाने र गएपनि जुन ठाउँमा थोरै मानिसहरु छन्, त्यही बस्नुहोस् । घरमै बसेर गर्न सकिने व्यायामसम्बन्धी फेसबुक, युट्युब टिकटकमार्फत भिडियोहरु हेरेर व्यायाम गर्नुहोस । ठूलो समूहमा मेलापात नगर्नुहोस् ।

सम्भव भएसम्म सरकारी कामको लागि अगाडि नै समय छुट्याउने र सन्बन्धित कार्यालयमा आफु उपस्थित हुने समयको जानकारी गराउनुहोस् । सानो कोठामा आवश्यकता भन्दा लामो समय नबस्नुहोस् । भजन कृतन, विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा निम्ता मान्दा दूरी कायम गर्ने वा छुट्टा छुट्टै समयमा खानपिन गर्नुहोस् भन्नुस् । बन्द कोठाभित्र भन्दा बाहिर बसेर खानुहोस् साथमा खाना खाँदा सामुन्ने नबस्नुहोस् । खाना खाने बेलामा कुराकानी नगर्नुहोस् । एउटै गिलासबाट नपिउनुहोस् । जुठो नखानुहोस् । गाडि चढ्नै परे सकेसम्म कुरा नगर्नुहोस् ।

आफूलाई ज्वरो वा रुघाखोकीको लक्षण देखिएको छ भने कुनै समारोहमा नजानुहोस् । निम्ता गर्नेले उपस्थित नहुनुलाई अपमान नसम्झनुहोस् । आमुन्ने सामुन्ने बसेर भेटवार्ता गर्नुपर्ने भयो भने कोठामा पर्याप्त हावा पस्ने स्थानमा बस्ने र मास्क लगाउनुहोस् । पालैपालो काम गर्नुहोस् । यात्रा गर्ने समय फरक पार्नुहोस् । कार्यालयमा काम गर्ने स्थान खुला राख्नुका साथै आलोपालो बैठक राख्ने, थोरै समुहमा बैठक बसेर निर्णयहरु सबैलाई फेसबुकबाट जानकारी गराउने र प्रतिक्रिया लिने गर्नुहोस भनेर स्पष्ट भन्दिनुस न है । यति गर्न सक्यो भने संक्रमण फैलन पाउने छैन् । लकडाउन नै अन्तिम विकल्प हुँदै होईन् । जीवनशैली परिवर्तन गरी अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो ।

र अन्त्यमा,
आल्मबल बलियो बनाउनु भयो जित्नु भो पालिकावासी सबै खुसी भएका छन् । यो रोग सामान्य भएर जानेछ । मेरो पालामा यस्तो भएको थियो भन्ने इतिहास बन्ने छ । परिस्थितिले धेरै कुरा सिकाएको छ । गाउँ सबै थोकमा आत्मनिर्भर बनाएर अहिले अर्डर टिपेर बस्नेलाई अर्डर माग्ने बनाउँन प्रदेशदेखि घर देशसम्म हामी प्रदेशिको साथ रहिरहने छ । परिस्थिति जस्तो सुकै किन नहोस् मनस्थिति नडगमगायकै कारण जनयुद्धदेखि रोग युद्ध जित्नु भएको छ । पालिका हाक्ने तपाईलाई प्रदेश हाँक्ने आत्मबल र क्षमता अभिवृद्धि होस् ।

शुभकामना ।

नारायण पोखरेल
धुर्कोट गाउॅंपालीका, गुल्मी
हाल, टोकियो जापान

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -