- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना भाईरसले रुप फेर्दै, मानव जगतका लागि अत्यन्तै खतरनाक हुन सक्ने

May 7, 2020
787
Shares
- ADVERTISEMENT -

एजेन्सी, २५ बैशाख २०७७ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै पनि कायमै छ । यसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ । प्रयोगात्मक रुपमै भएपनि रोकथाम र उपचारका उपायहरु अपनाउने क्रमसमेत जारी छ । कोरोना भाईरस संक्रमित विरामीको उपचारका लागि औषधि पत्ता लगाउन विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरु प्रयासरत छन । यद्यपी अचुक औषधि हात लागिसकेको छैन । अध्ययन र अनुशन्धानको क्रम जारी छ ।

वैज्ञानिक अनुशन्धान बारे दिनहुँ जसो नयाँ नयाँ विषयहरु पनि प्रकाशमा आईरहेका छन । खासगरि कोरोना भाईरसले स्वरुप परिवर्तन गर्दा एक थरिको औषधीले काम नगर्ने र मानव जगतका लागि अत्याधिक घातक हुने तर्क वैज्ञानिकहरुले गर्दै आईरहेका छन । यसै सन्दर्भमा अमेरिकाको लस अलामोस नेशनल लेब्रोटेरीका वैज्ञानिकहरुले कोरोना भाईरस रहेको स्पाईक प्रोटिनमा १४ प्रकारका स्वरुप परिवर्तन देखिएको बताएका छन ।

- ADVERTISEMENT -

Advertisement

यो अवस्था कोरोनाको प्रकोप सुरु भएको र फैलिएको अवस्था भन्दा पनि अझै खतरनाक सावित हुने वैज्ञानिकहरुले बताएका छन । त्यसैले सिंगो विश्व समुदाय अझै बढी सतर्क र सजग हुन जरुरी रहेको वैज्ञानिकहरुले चेतावनी दिएका छन । डा। बेट्टे कोर्बरको ३३ पृष्ठ लामो रिपोर्टमा कोरोना भाईरसको यस खाले स्वरुप परिवर्तनलाई अत्यन्तै हानिकारक अवस्था भनिएको छ । रिपोर्टका अनुसार महामारी फैलिएको सुरुवाती समय भन्दा यो अवस्था धेरै फरक र संगिन छ ।

मार्च महिनामा देखिएको कोरोना भाईरसको जिनेटिक स्वरुप (स्ट्रेन) भन्दा अहिलेको अवस्था अधिक खतरनाक बनेको छ । कोरोना भाईरसको स्वरुपमा आएको यो परिवर्तनले यसको संक्रमणमा तिब्रता आउने रिपोर्टमा जनाईएको छ । यसबाट मृत्युदर पहिलेकै जस्तो रहने वा अझै बढ्ने भन्ने विषय रिपोर्टमा उल्लेख नभए पनि भाईरसको पुरानो रुप हराएर नयाँ रुपका भाईरसको संक्रमण फैलने बताईएको छ ।

- ADVERTISEMENT -

Advertisement

विश्वभरबाट लिईएका कोरोना भाईरसका ६ हजार बढी नमुनाहरुको जिनेटिक अध्ययन पश्चात वैज्ञानिकहरुले निराशापूर्ण जवाफ दिएका छन । उनिहरुका अनुसार कोरोना भाइरसले यसरी नै जिनेटिक रुवरुप बदल्दै जाने हो भने, यसको औषधि पत्ता लगाउने क्रममा अन्तिम चरणमा पुगेका वैज्ञानिकहरु निराश बन्नु पर्ने अवस्था आउने छ । किनकी परिवर्तित स्वरुपको भाईरसलाई मार्न एकै खालको औषधि उपयुक्त हुँदैन । फरक फरक खालका औषधिको आवश्यकता पर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com