काठमाडौं, ६ चैत २०७६ । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्ककताका लागि रिंगब्याक टोनका रुपमा सचेतना सन्देश दिन थालेको छ ।
कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसाग समाजिक दूरी कायम गर्न लगायतका सन्देश दिन थालिएको छ ।
टेलिकमले कोरोनाबाट बच्न अपाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो । सबै नम्बरहरुमा फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याकटोन बज्नेछ ।
यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलान सहयोग पुग्ने कम्पनीले बताएको छ ।









































