काठमाडौँ, २ पौष २०७६ । कतारले राष्ट्रिय दिवसलाई एकता, वफादारी र गौरवको प्रतिकका रूपमा मनाउँदै आएको छ । कतारले सन् २००८ देखि राष्ट्रिय दिवस मनाउन सुरु गरेको हो । १८ डिसेम्बर २०१९, कतारले आफ्नो बाह्रौं  राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । हरेक वर्ष कतारले मनाउने राष्ट्रिय दिवसमा दोहा शहरको छेउमा रहेको अल कर्नेश स्थित राष्ट्रिय दिवसको अवसर पारेर आर्मी फोर्स, आन्तरिक मन्त्रालय, लखविइया, अल फजअ नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड देखाउनेछन् । त्यसैगरी, सैन्य तथा युद्ध सामाग्री तथा सैन्य विमानहरूको प्रदर्शन पनि हुने गर्दछ ।

कतारले आफनो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आइरहेको छ । त्यतिखेरका अमीर शेख जसिम बिन मोहम्मद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए । कतार प्रायद्वीपमा मानव बसोबास आज भन्दा साढे सात हजार बर्ष अगाडि लगभग ४ सय बि सी तिर सुरु भएको मानिन्छ । आधुनिक कतारका संस्थापक शेख जसिम बिन मोहम्मद अल थानी तमीम समूहका थिए ।

उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गति अगाडि बढाएका थिए । स्थानीय स्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाएका थिए । उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो । शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाउन सफल भएका थिए ।

उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए । सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो । सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो । कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ । उनको शासनकाल कतारको इतिहासमा सुरक्षा, न्याय र सेवाको कालका रूपमा लिइन्छ ।

कतारमा शासन गरिरहेको टर्किस साम्राज्य पहिलो विश्वयुद्धसँगै समाप्त भयो । सन् १९१६ मा कतारी भूमि र जनताको संरक्षणका लागि सन्धि भयो । बेलायती शासनले कडा रूपमा प्रशासकीय मामिलालाई अनुगमन गर्दै गयो ।

कतारले राष्ट्रिय दिवसलाई एकता, वफादारी र गौरवको प्रतीकका रूपमा मनाउँदै आएको छन् । कतारले सन् २००८ देखि राष्ट्रिय दिवस मनाउन सुरु गरेको हो ।

कतार अहिले विश्वको सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश हो । आफनै स्रोत र साधनको प्रयोग गरी छोटो समयमा नै उल्लेख्य सफलता हासिल गरेको मुलुकको रूपमा कतारलाई लिइन्छ । विश्वका धेरै मुलुकहरू प्राकृतिक स्रोत साधन सम्पन्न हुन्छन् तर तीमध्ये आफ्नो सम्पत्तिको सहि सदुपयोग गर्दै विश्वको धनाट्य राष्ट्र बन्न सफल भएको छ, कतार ।

तेल, ग्याँस र बाह्य लगानीको आधारमा कतारमा विकासले गति लिएको हो । सन् १९५१ मा कतारले प्रतिदिन ४६ हजार ५ सय ब्यारेल तेल निकाल्न थाल्यो, जसको कारण उसले राजस्वको रूपमा ४२ लाख अमेरिकी डलर पाउने गथ्र्यो । अन्य स्थानहरूमा पनि तेल उत्पादन हुने र उक्त क्षेत्रहरूको पनि विकास हुनेक्रम जारी रहेको कारण कतारले आफ्नो तेल उत्पादन २ लाख ३३ हजार ब्यारेल प्रतिदिन पुर्याउन सफल भयो । स्मरण रहोस, कतारको बिकासमा ग्यास र कच्चा तेलको मात्र भुमिका छैन, यसमा  ठूलो भुमिका यहाँको नेतृत्वको इच्छाशक्ति तथा नागरिकको राष्ट्र प्रेम एवं बलियो रास्ट्रियताको पनि त्यत्ति दखल रहेको छ । यहाँका नागरिकले आफ्नो नेतृत्व र आफ्नो देशलाइ माया गरेको देख्दा हर कसैलाइ लोभ लाग्न सक्दछ ।

पुर्व महाराज शैख खलिफा बिन हमद अल थानी ज्युको कालखण्डमा कतारले जुन पुर्वाधार बिकास गर्यो र जसरी आफ्नो जगलाई मजबुत बनायो, आज त्यसैको बलमा टेकेर कतार आफ्नो बिकास र प्रगतिको पथमा निरन्तर अगाडि बढी रहेको छ ।

त्यसपछि, पुर्व राजा शेख हमदको शासन र कतारको पुनर्जागरणले त कतारलाइ जहाँ आधुनिकता तर्फ अग्रसर गर्यो त्यहीँ अन्तर्राष्ट्रिय समुदाय बिच बिश्वका हरेक समस्या सङ्ग जुध्ने र पिडामा परेका राष्ट्र र मुलुकहरुका निम्ति कतारको दोहा एउटा शान्तिको केन्द्रको रुपमा विकसित भएको थियो ।

यहाँ विभिन्न देशका विभिन्न समूह र गुट उपगुटका बिवाद समाधान गर्ने स्थलको रुपमा कतारले नेतृत्वदायी भुमिका निर्वाह गरेको इतिहासमा पाइन्छ । चाहे त्यो पेलेस्टाइन्को शान्ति वार्ता होस वा अमेरिका र  तालिवान बिचको समझदारी किन नहोस ।

त्यसैगरी, सुडान डारफोरको मुद्दा किन नहोस यसै कालखण्डमा समाधानको बाटोमा अग्रसर भएको पाइन्छ । लेबनानको गृहयुद्ध र जिबोटीको समस्या पनि त यहीँ समाधान भएको थियोे । कतारको यस प्रकारको मध्यस्थता निकै प्रेरणादायी रहेको छ । कतार इन्भेस्टमेन्ट अथोरोटी लाई जिवन्त तुल्याएर बिश्व भर लगानीको वातावरण मिलाउने कार्यको श्रेय पनि शैख हमद बिन खलीफा अल थानी ज्युलाई जान्छ ।

कतारले उहाँकै कार्यकालमा फिफा बिश्व कप २०२२ का निम्ति आफुलाई सक्षम साबित गरेको थियोे । जहाँबाट कतारले फरक दिशा तर्फ आफुलाइ अग्रसरता दिलाउन सफल भयो र आज हामी जुन कतारमा छौँ, त्यो कतार अब बिश्वका हरेक खेलप्रेमीको मन मस्तिष्कमा बस्न सफल भएको छ । बिश्व कपका निम्ति जुन पुर्वाधार बिकास भएका छन । त्यो हेर्दा जो कोहि सोच्न बाध्य हुन्छ कि कतार कतिबेला सुत्छ र कति बेला उठ्छ होला???चमत्कार नै चमत्कार भएको छ यो १० वर्ष भित्र कतार भित्र ।

सन् १९९५ मा शैख हमद बिन खलीफा अल थानीले आफ्ना बुवा अमिर खलिफा बिन हमदबाट सत्ता ग्रहण गर्दै शासन आफनो हातमा लिएपछि कतारमा विकासको गति बढ्यो । शैख हमदले कतारलाई नयाँ दिशामा अघि बढाए । उनले आफनो पहिलो कामको रूपमा उत्तर क्षेत्रको ग्याँस उत्पादनलाई तीव्रता दिए र पहिलोपटक ग्याँस निर्यातको काम सुरु गरे । शैख हमदकी पत्नी एवं आधुनिक कतारकी निर्माता भनेर चिनिने पुर्व बडामहारानी डाक्टर शैखा मैजा बिन्त ए नासर अल मिस्नारको भुमिका त झनै उदाहरणीय रहेको छ ।

कतार फाउन्डेसन कि कार्यकारी समेत रहेकी शैखाले फाउन्डेसनको माध्यमबाट बिश्व भर कतारको नामलाई उचाइमा पुर्याइन । संसारका अशक्त बौद्धिक अपाङ्गता भएकालाई संसार देखाउने र चिनाउने कामका निम्ति शैखाले कुनै कसर बाकी राख्नु भएन । शफल्लाह सेन्टरको भुमिका बिश्व माझ उदाहरणीय रहेको छ । आफ्नो देशका हरेक नागरिकले शिक्षा हासिल गर्नु पर्दछ, पढ्नु पर्दछ ।

आज बुधबार  १८ डिसेम्बर, कतारले आफ्नो बाह्रौं  राष्ट्रिय दिवस मनाउँदै छ । हरेक वर्ष कतारले मनाउने राष्ट्रिय दिवसमा दोहा शहरको छेउमा रहेको अल कर्नेश स्थित राष्ट्रिय दिवसको अवसर पारेर आर्मी फोर्स, आन्तरिक मन्त्रालय, लखविइया,अल फजअ नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड देखाउनेछन् । त्यस्तै, सैन्य तथा युद्ध सामाग्री तथा सैन्य विमानहरूको प्रदर्शन पनि हुने गर्दछ ।

उनले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाए । स्थानीयस्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाए । उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो । शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए ।

उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए । सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थालेको थियो । सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो । कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ । उनको शासनकाल कतारको इतिहासमा सुरक्षा, न्याय र सेवाको कालका रूपमा लिइन्छ ।

कतारमा शासन गरिरहेको टर्किस साम्राज्य पहिलो विश्वयुद्धसँगै समाप्त भयो । सन् १९१६ मा कतारी भूमि र जनताको संरक्षणका लागि सन्धि भयो । बेलायती शासनले कडा रूपमा प्रशासकीय मामिलालाई अनुगमन गर्दै गयो ।

कतार अहिले विश्वको सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश हो । आफनै स्रोत र साधनको प्रयोग गरी छोटो समयमा नै उल्लेख्य सफलता हासिल गरेको मुलुकको रूपमा कतारलाई लिइन्छ । विश्वका धेरै मुलुकहरू प्राकृतिक स्रोतसाधन सम्पन्न हुन्छन् तर तीमध्ये आफ्नो सम्पत्तिको सहि सदुपयोग गर्दै विश्वको धनाट्य राष्ट्र बन्न सफल भएको छ, कतार ।

तेल, ग्याँस र बाह्य लगानीको आधारमा कतारमा विकासले गति लिएको हो । सन् १९५१ मा कतारले प्रतिदिन ४६ हजार ५ सय ब्यारेल तेल निकाल्न थाल्यो, जसको कारण उसले राजस्वको रूपमा ४२ लाख अमेरिकी डलर पाउने गथ्र्यो । अन्य स्थानहरूमा पनि तेल उत्पादन हुने र उक्त क्षेत्रहरूको पनि विकास हुनेक्रम जारी रहेको कारण कतारले आफ्नो तेल उत्पादन २ लाख ३३ हजार ब्यारेल प्रतिदिन पुर्यायो ।स्मरण रहोस कतारको बिकासमा ग्यास र कच्चा तेलको मात्र भुमिका छैन यस्मा ठूलो भुमिका यहाँको नेतृत्वको इच्छाशक्ति तथा नागरिकको राष्ट्र प्रेम एवं बलियो रास्टीयताको पनि त्यत्ति दखल रहेको छ।यहाँका नागरिकले आफ्नो नेतृत्व र आफ्नो देशलाइ माया गरेको देख्दा हर कसैलाइ लोभ लाग्न सक्दछ।

पुर्व महाराज शैख खलिफा बिन हमद अल थानी ज्युको कालखण्डमा कतारले जुन पुर्वाधार बिकास गर्यो र जसरी आफ्नो जगलाई मजबुत बनायो आज त्यसैको बलमा टेकेर कतार आफ्नो बिकास र प्रगतिको पथमा निरन्तर अगाडि बढी रहेको छ ।

आफ्नो देशका हरेक नागरिकले शिक्षा हासिल गर्नु पर्दछ, पढ्नु पर्दछ आधुनिक सन्सारमा बिश्व समुदायको हातमा हात काधमा काध मिलाइ मानव बिकासमा अगाडि आउनु पर्दछ भन्ने उदेश्यका साथ उनी निरन्तर कृयाशिल रहिन । आजको आधुनिक कतारको बिकासमा उनको अनुसरणिय र अनुकरणीय  योगदान सदा सदैव स्मरणीय रहने छ । आज कतार फाउन्डेसन एउटा संस्था मात्र नभइ बृहत् अभियानको रुपमा अगाडि बढिरहेको छ ।

आर्थिक सेवा प्रदायकहरूको उद्योगमा विस्तारका लागि सन् २००५ मा कतार आर्थिक केन्द्रको स्थापनासँगै कतारमा विकासले थप गति लियो । विश्वको सानो मुलुक कतारको प्रतिव्यक्ति आय १ लाख अमेरिकी डलर भन्दा माथी रहेको छ । कतारको कुल  जनसंख्या पनि करिब २५ लाख केही  हजार मात्र रहेको छ । जसमा कतारी स्थानीय त मात्र केही प्रतिशत छन । बिश्वका १८० जति मुलुकहरु बाट मानिसहरु कतारमा आइ आबाद भएका छन ।

बिश्वको अर्थतन्त्रमा प्रत्यक्ष असर र सरोकार राख्ने कतार विभिन्न कालखण्डमा क्यौ प्रकारका आरोह अवरोह र समस्या बाट गुजृदै यहाँ सम्म आइ पुगेको हो । कतारको अहिलेको बिकास बिश्व जगतका निम्ति नै उदाहरण बनेको छ।छोटो समयमै लोभलाग्दो र आश्चर्यजनक पुर्वाधार निर्माण सम्पन्न गरेको कतारसंग प्रतिस्पर्धा नै गर्ने हो भने पनि अन्यका लागि त्यत्ति सहज पक्कै हुने छैन भने बिगत १० वर्षमा गरेको बिकास सम्म पुग्न अन्यलाइ दशकौं लाग्ने छ।बर्तमान अमीर शैख तमीम बिन हमद अल थानिको नेतृत्वदायी भुमिकाले त कतार लाई बिश्व माझ रोलमोडलको रुपमा बिश्व  सामु कतारलाइ पेश गर्न सफल हुनु भएको छ ।

कतारसँग यति सम्पत्ति रहेको छ कि ऊ अहिले मरुभूमिमा एक प्रमुख सहर निर्माण गर्न गइरहेको छ । कतारको क्षेत्रफल केवल ११ हजार ५ सय ७१ वर्ग किलोमिटर रहेको छ ।

नेपालको क्षेत्रफल भने १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । कतारको जनसंख्या पनि नेपालको भन्दा थोरै नै छ तर कुल गार्हस्थ्य उत्पादनको हिसाबमा भने कतार विश्वको ४९ औं स्थानमा पर्छ । प्रतिव्यक्ति आयको हिसाबमा भने कतार सबैभन्दा अगाडि रहेको छ र कतारको राजधानी दोहा विश्वको सबैभन्दा धनी सहर हो ।

जहाँ प्रगति र बिकास सङ्गै चारलाखको हाराहारीमा नेपाली समुदायको बास छ । नेपाली समुदाय भित्र उच्चस्तरका नेपाली देखि आम श्रमिक सम्मका नेपाली बसोबास गर्दछन।कतारको निर्माणमा अत्यन्तै मिहिनेती कडा परिश्रमी इमानदार नेपालीहरुको योगदान रहेको छ । कतारमा निर्माण भएका हरेक भवन र पुर्वाधारमा नेपालीको रगत र पसिनाको ठुलै भुमिका रहेको छ । नेपालीको प्रसंशा कतारी नेतृत्व देखि लिएर राजदुत सम्मले गर्ने गर्दछन।वास्तवमै यी कर्मठ हातहरु अब आफ्नो देश बनाउन आत्तुर रहेका छन।हामीले कतार बनाए झै अब कतारले पनि नेपाल बनाउन सहयोगको हात अगाडि बढाउने समय आइसकेको छ ।

कतारले बिश्व भरी गरेको लगानीको एक चौथाइ मात्र नेपालमा लगानी गर्ने हो भने हामी पनि बिश्वको नक्शामा फरक र समृद्ध शाली मुलुकको सुचिमा पर्न धेरै कुर्नु नपर्ला ।

अब भ्रमण वर्ष २०२० नजिकिदै गर्दा राज्यको दायित्वमा वृद्धि भएको आभास हुन्छ । निकै सुबिधा सम्पन्न र आरामदायी पिडामुक्त जीवन यापन गर्न सोखिन अनि खर्चालु स्वभावका कतारी हरुलाइ नेपालमा स्वागत गर्न पाउनु हाम्रो लागि ठुलै अवसरको रुपमा यो पङ्गतिकारले लिएको छ ।

अघिल्लो वर्ष २०१८ को कतारको राष्ट्रिय दिवसका अवसरमा कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका ९ नेपाली कैदी बन्दीहरुलाई कतार सरकारद्वारा आममाफी सहित रिहाइ गरेका थिए ।

लेखक प्रोफेसर मोहम्मद रमजान अलि  मियाँ  कतारको रास्ट्रिय मानव अधिकार समिति दोहाको नेपाली संयोजक हुनु हुन्छ ।

 

 

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्