- ADVERTISEMENT -

प्रबिधिमा प्रतिस्पर्धा

December 12, 2019
549
Shares
- ADVERTISEMENT -

काठमाडौं, २६ मंसिर २०७६ । पछिल्लो समय अमेरिका र चीन व्यापारयुद्धमा छन्।

झण्डै दुई वर्षदेखि जारी रहेको व्यापारयुद्ध समाधानका लागि दुई मुलुक वार्ताको क्रममा छन्। तर, उनीहरुको बीचमा व्यापार सम्झौता भने आगामी वर्षसम्म नहुने आशंका बढेको छ। उनीहरुको व्यापारयुद्धको केन्द्रमा प्रविधिलाई हेरिएको छ। व्यापारयुद्धभन्दा पनि बढी उनीहरु प्रविधिको युद्धमा छन्।

- ADVERTISEMENT -

Advertisement

अमेरिकाले चीनलाई आफ्नो प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको छ। तर, चीन भने आफैं अमेरिकालाई प्रविधिमा पछि पार्नसक्ने भन्दै अघि बढिरहेको छ। त्यसैले अहिले फाइभजीलाई उनीहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।

अहिलेको अवस्था चीन र अमेरिका एकले अर्कोलाई स्वीकार नगर्ने अवस्थामा पुगेका छन्। फाइभजीको पूर्वाधार विस्तारमा पनि अमेरिकाले चनियाँ कम्पनी हुवावेईमाथि प्रतिबन्धको निर्णय गरेको छ। त्यस्तै उसले अन्य मुलुकलाई पनि चिनियाँ प्रविधिको प्रयोग नगर्न निर्देशन दिइसकेको छ। त्यसैले अमेरिका–चीनको तनाव झनै बढेको छ। अमेरिकाको निर्देशनको कारण हुवावेईसँग विश्वका सबै मुलुकले खुलेर सम्झौता गर्न सकेका छैनन्। अष्ट्रेलिया र न्युजिल्याण्डले हुवावेईमाथिको प्रतिबन्ध लगाइसकेका छन् भने यूरोपेली मुलुक पनि प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयमा छलफलको क्रममा छन्।

- ADVERTISEMENT -

Advertisement

त्यसो त चीन पनि अमेरिकाप्रति उदार भने पक्कै छैन। उसले पनि अमेरिकी प्रविधिलाई आफ्नो मुलुकमा रोक्नका लागि विभिन्न किसिमको मापदण्ड तयार गरेको छ। धेरैजसो प्रविधिमा अहिले चीनको प्रतिबन्ध कायमै छ। यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीले मुलुकका सबै कार्यालयलाई विदेशी सफ्टवेयर तथा हार्डवेयर हटाउन निर्देशन दिएको छ। फाइनान्सियल टाइम्सका अनुसार चीनले अबको ३ वर्ष्भित्र उक्त प्रविधि हटाउन निर्देशन दिएको हो। चिनियाँ कम्युनिष्ट पार्टीको यो निर्देशनले माइक्रोसफ्ट, एचपी र डेलजस्ता अमेरिकी प्रविधि कम्पनी प्रभावित बन्नेछन्।

चीनले सन् २०२० मा ३० प्रतिशत, २०२१ मा ५० र २०२२ मा बाँकी २० प्रतिशत विदेशी प्रविधि विस्थापित गरिने योजना अघि सारेको हो। विश्लेषकहरूका अनुसार चीनलाई विदेशी प्रविधि विस्थापित गर्न २ देखि ३ करोडसम्मको विदेशी उपकरण आवश्यक पर्छ। समाचारमा उल्लेख गरिए अनुसार यस वर्षको शुरुआतमै कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले यस्तो निर्देशन दिएको थियो। तर, अहिलेसम्म यो निर्देशन सार्वजनिक भने भएको थिएन।

यसबारे अमेरिकी प्रविधि कम्पनीले र आधिकारिकरुपमा पनि कुनै जानकारी दिइएको छैन। तर, यसले आगामी दिनमा चीनमा अमेरिकी प्रविधिले प्रवेश पाउन निकै कठिन हुने पक्का छ। चीनको यो निर्णय अमेरिकासँगको व्यापार युद्धबाट बच्ने एक महत्वपूर्ण उपायको रूपमा अघि सारिएको हो। अमेरिकासँगको तनावको कारण सरकारी काममा कुनै किसिमको अवरोध सृजना नहोस् भन्ने चीनको चाहना छ। साथै राष्ट्रिय सुरक्षाको लागि पनि यो निर्णय फलदायी साबित हुने चीनको भनाइ छ।

चिनियाँ प्रविधि कम्पनी हुवावेईले अहिले अमेरिकाको प्रतिबन्धको सामना गरिरहेको छ। साथै गत अक्टोबरमा अमेरिकाले चिनियाँ सीसीटीभी कम्पनीहरूलाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यस्तोमा चीनले ल्याएको निर्णय धेरै हदसम्म अमेरिकालाई लक्षित रहेको देखिन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -