Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:४३:०६ बिहान
- ADVERTISEMENT -

अल्काटेल स्मार्टफोनहरु र फीचर फोनहरु नेपाली बजारमा प्रवेश, यस्ता छन् मुल्यहरु

प्रकाशित मिति: २०७६ साउन १०, शुक्रबार

1060
Shares

काठमाडौं, १० साउन २०७६ । विश्वव्यापी नेटवर्क भएको अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोनहरु र फीचर फोनहरुका साथ नेपाली बजारमा प्रवेश गरेको छ । अल्काटेल, विश्वको सबैभन्दा ठूलो मोबाइल फोन ब्राण्ड टिसिएल कम्यूनिकेसनस अन्तर्गतको ब्राण्ड हो ।

कम्पनीले अल्काटेल वान, अल्काटेल १एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ (३जीबी र्याम प्लस ३२जीबी स्टोरेज), र अल्काटेल ३ (४जीबी र्याम र ६४जीबी स्टोरेज) स्मार्टफोनहरु तथा अल्काटेल २०५३डी, अल्काटेल २००३डी, अल्काटेल १०६६डी फीचर फोन सेगमेन्टमा उपलब्ध गराएको छ । यसका अतिरिक्त कम्पनीले डिभाइसमा १ वर्षको वारेन्टी तथा एसेसरिजमा ६ महिनाको वारेन्टी दिएको छ ।

नेपालमा सूचना प्रविधि क्षेत्रका उत्पादनहरु तथा इलेक्ट्रोनिक्सका प्रमुख बितरकमध्ये एक एसएचटिसी इन्टरनेशनल प्रा।लि यस ब्राण्डको आधिकारीक बितरकको रुपमा कार्यरत रहेको छ ।

अल्काटेल ब्राण्ड लन्च भएको अवसर पारेर एसएचटिसी इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक श्री अमित अग्रवालले भन्नुभयो, ‘घरेलु मोबाइल बजारमा हामी नयाँ उत्पादनहरु ल्याउन पाउँदा निकै हर्षित भएका छौं । हामी निश्चित छौं कि, अल्काटेल स्मार्टफोनहरुमा रहेको उच्चतम यूजर एक्सपेरियन्स, यसको नविनतम डिजाइनहरुका साथमा उच्चस्तरको गुणस्तर तथा विशिष्टीकृत सेवाहरुका साथमा ग्राहकहरुले मन पराउने छन् ।’ सम्पूर्ण स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री, हाई पिक्सेल क्यामरा र विशिष्ट गुणस्तर रहेको बताउनुभयो ।

अल्काटेल, टिसिएल कम्यूनिकेसन्स मोबाइल उद्योगमा नेतृत्वदायी कम्पनी हो र यसले विश्वका १६० भन्दा बढि देशहरुमा आफ्नो बिक्री संचालन गरिरहेको छ ।

ब्राण्ड लन्चको बारेमा बोल्दै टिसिटी कम्यूनिकेसन टेक्नोलोजी होल्डिंग लिमिटेडका इण्डिया क्षेत्रका क्षेत्रिय निर्देशक श्री भारद्धाज पुडिप्पेडीले भन्नुभयो, नेपाल हाम्रो प्रमुख गन्तव्य हो र बृहत श्रेणीका नयाँ स्मार्टफोनहरु र फीचर फोनहरुका साथमा हामी बढिरहेको बजारमा स्थापित हुने योजनाका साथ आएका छौं ।

अल्काटेल ब्राण्डका फोनहरुको मूल्यबारे कुरा गर्दै पुडिप्पेडीले भन्नुभयो, हाम्रा सबै उत्पादनहरु प्रतिस्पर्धी मूल्यमा छन जसले उत्कृष्ट गुणस्तर र विश्वव्यापी नविनतम प्रविधिको सुनिश्चितता दिनेहुँदा यी उत्पादनहरु सूपथ मूल्यमा उपलब्ध छन् ।

स्मार्टफोन सेगमेन्ट

अल्काटेल वानः इमर्सिभ फूल भ्यू १८ः९ रेसियो डिस्प्ले र सोसियल रेडी क्यामरा

बजार मूल्य रु ८,२४९/-

अल्काटेल १ एसः ३जीबी र्याम र ३२ जीबी स्टोरेज, सूपथ मूल्यमा अक्टाकोर डिभाइस

बजार मूल्य रु१४,७९९/-

अल्काटेल ३एक्सः ३जीबी र्याम र ३२ जीबी स्टोरेज, एक्स्प्याण्ड योर होराइजन्स

बजार मूल्य रु १४,७९९/-

अल्काटेल ३ः (४जीबी र्याम र ६४जीबी स्टोरज) एआर इमोजीको साथ ड्यूल १६ एमपी र ५ एमपी क्यामरा

बजार मूल्य रु २१,४९०/- (यो स्मार्टफोन दराज डटकममा उपलब्ध छ ।)

फीचर फोन सेगमेन्टः

अल्काटेल १०६६ डीः युवा वर्ग लक्षित डिजाइन र थुपै्र आर्कषक फिचरका साथ

बजार मूल्य रु १,९१०/-

अल्काटेल २००३डीः ९७० एम।ए।एच ब्याट्री जसले दिन्छ ७ घण्टा सम्मको टक टाइम

बजार मूल्य रु २,४७५/-

अल्काटेल २०५३डीः फोल्डेबल डिजाइन र थुपै्र आधुनिक फिचरस्

बजार मूल्य रु ३,५९९/-

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -