Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१०:२२ बिहान
- ADVERTISEMENT -

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन चन्द्रग्रहण

प्रकाशित मिति: २०७६ असार ३१, मंगलबार

999
Shares

काठमाडौँ , ३१ असार २०७६ । आज राति खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लाग्ने भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण पूर्व र दक्षिणको बीचबाट स्पर्श गर्नेछ । भने बिहान ३ः१५ मा ग्रहणको  मध्यकाल हुने र बिहान ४ः४५ मा मोक्षकाल अर्थात ग्रहण सकिने उनले बताए ।

पूरा तीन घण्टासम्म लाग्ने यो ग्रहण १४९ वर्ष पहिले यस्तै दुर्लभ योगमा लागेको थियो । सन् १८७० जुलाई १२ मा आजकै दिन गुरु पूर्णिमामा नै ग्रहण लागेको थियो । उक्त समयमा पनि शनि, केतु र चन्द्रमा सँगै धनु राशि अवस्थित थियो । भने सूर्य, राहुसँगै मिथुन राशि थियो ।

सबै राशिलाई हुनेछ असर

मेष राशि

यो राशिको लािग यो ग्रहणको योग शुभ हुनेछ । यी राशि भएकाहरुलाई सफलता हात लाग्नेछ भने मान सम्मान पनि प्राप्त हुनेछ । साथै, धनलाभ हुने पनि योग रहेको छ ।

वृष राशि

यो राशि हुनेहरुका लागि यो समय कष्टदायी हुनेछ । सावधानी अपनाउनुहोला । धनमाल नोक्सान हुनसक्छ ।

मिथुन राशि

यो राशिका लागि दुखद हुनेछ । काम समयमा पूरा नहुँदा समस्या आइपर्छ । बाधा व्याबधान आउने सम्भावना छ । धर्य गर्नुहोला ।

कर्कट राशि

यी राशि हुनेहरुका लागि यो समय सुखद हुनसक्छ । आटेका कामहरु समयमै सकिनेछन् । आशा गरेअनुसारकै फल प्राप्त हुन्छ ।

सिंह राशि

तनाव बढ्न सक्छ । बाधाका कारण काममा मन जानेछैन । मनलाई शान्त राख्नुहोस् । केहि दिनपछि समय विस्तारै तपाईंको पक्षमा हुँदै जानेछ ।

कन्या राशि

चिन्ता बढ्न सक्छ । नोकरीमा असहयोग हुनेछ । मन उदास हुनेछ । बनिसकेको काम विग्रिन सक्छ ।

तुला राशि

लाभदायी समय रहेको छ । सोचेको काम पूरा गर्न सकिनेछ । अविवाहितहरुलाई विवाहको प्रस्ताव आउनसक्छ ।

वृश्चिक राशि

तपाईंको लागि यो समय सावधान रहनुपर्ने समय रहेको छ । थोरै लापरबाहीले पनि ठूलो हानि गर्न सक्छ ।

धनु राशि

सतर्कता अपनाउनुहोला । नजिकको मान्छेबाट धोका हुनसक्छ । नोकरीमा नोक्सान हुने योग रहेको छ ।

मकर राशि

समय संघर्षमय रहेको छ । पुराना योजनाहरु विफल हुनसक्छन् । अपरिचित व्यक्तिहरुमाथि भरोसा नगर्नु नै वेश हुनेछ ।

कुम्भ राशि

यो समय हुनेहरुका लागि यो समय शुभ रहेको छ । उन्नति, प्रगति हुने योग रहेको छ । काम समयमा नै पूरा हुनेछ र बर्चस्व बढ्नेछ ।

मीन राशि

लामो दूरीको यात्रामा जाने योग रहेको छ । यो यात्राले लाभ दिलाउँनेछ । भविष्यलाई लिएर प्रसन्न रहनुहुनेछ ।

सुतक समय

चन्द्र ग्रहणको सुतक समय ग्रहण सुरु हुनुभन्दा ९ घण्टा पहिले नै सुरु हुन्छ । सूर्य ग्रहणको सुतक १२ घण्टा पहिल सुरु हुन्छ । चन्द्र ग्रहणको सुतक दिउँसो १ः३० मा सुरु हुनेछ जुन भोलि बिहान ४ः३१ सम्म रहनेछ ।

सुतक पहिले नै पुजा–पाठ

आज गुरु पुर्णिमा पनि परेको हुनाले यस दिन विशेष पुजा गर्ने परम्परा रहेको छ । यो दिन आफ्ना गुरुहरुको पुजा गरिन्छ । दिउँसोबाट सुतक सुरु हुने भएकाले १ः३० भन्दा पहिले नै पुरा आरम्भ गरिसक्नुपर्नेछ । त्यसपछि सुतक काल सुरु हुने भएकाले पुजा गर्न अशुभ मानिन्छ ।

ग्रहण

शनि र केतु ग्रहण अवधिभर चन्द्रको साथमा धनु राशिमा रहनेछ । जसले गर्दा ग्रहणको प्रभाव बढी हुनेछ । सूर्यको साथमा राहु र शुक्र हुनेछन् । सूर्य र चन्द्र चारवटा विपरित ग्रहहरु शुक्र, शनि, राहु र केतुमा रहनेछन् । मंगल ग्रहको मुनि रहनेछ । यी ग्रहहरुका कारण तनाव बढ्न सक्छ । भूकम्प, बाढी, तुफान र अन्य प्राकृतिक प्रकोपका कारण नोक्सान हुनसक्छ । रातोपाटी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -