- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आठ घण्टापछि फेसबुकको समस्या समाधान

July 4, 2019
1005
Shares
- ADVERTISEMENT -

वाशिङटन, १९ असार २०७६ । सोसल मिडिया एप्स फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप लगभग आठ घण्टा गडबड भएर आज बिहानबाट सामान्य अवस्थामा फर्केका छन् ।

यो एप्स पुरै ठप्प नभएपनि यसका केही फिचरमा समस्या देखिएको थियो । अब फेसबुकले समस्या हटिसकेको जनाएको छ । यो एप्सका साथ मुख्य समस्या तस्बिर र भिडियोलाई लिएर भइरहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

फेसबुक वेबसाइट तथा एप्सको न्यूजफिडमा तस्बिर लोड भइरहेको थिएन भने इन्स्ट्राग्राममा पनि यस्तै समस्या भएको थियो ।

ह्वाट्सएपमा पनि तस्बिर र भिडियो पठाउन तथा डाउनलोड गर्न समस्या भएको थियो । कतिपय प्रयोगकर्ताले फेसबुकमा तस्बिर, भिडियो वा अन्य डेटाको एप्स वा वेबसाइट दुवै स्थानमा एक्सेस नपाएको बताएका थिए ।

- ADVERTISEMENT -

Advertisement

इन्स्ट्राग्राममा पनि स्टोरी देख्न गाह्रो हुनुको साथै केही तस्बिर लोड हुन पाएका थिएनन् । समस्या सिर्जना भएपछि फेसबुकले ट्विट गर्र्दै आफूलाई यो समस्याका बारेमा जानकारी रहेको र यसमा काम भइरहेको जनाएको थियो ।

नेपाली समयअनुसार बिहीबार बिहान ४ बजेर ५१ मिनेट जाँदा समस्या हटेको हो । फेसबुकले समस्या समाधान भएपछि ट्विट गर्दै भनेको छ,‘‘केही मानिस तथा बिजनेशबाट हाम्रो एप्स तथा प्लेटफर्ममा तस्बिर, भिडियो र अन्य फाइल पठाउन गाह्रो भएको थियो । यो समस्या समाधान भएको छ ।’’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com