२०८३ जेठ ३, आइतबार
५:५२:०७ बेलुका
- ADVERTISEMENT -

मिथेन ग्यास मंगल ग्रहमा

प्रकाशित मिति: २०७६ असार ९, सोमबार

1008
Shares

काठमाडौं, ९ असार २०७६ । नासाले मंगल ग्रहमा मिथेन ग्यास रहेको पत्ता लगाएको छ । नासाको मंगल ग्रहमा पठाइएको विमानले उक्त ग्रहमा मिथेन ग्यास रहेको पत्ता लगाएको छ । उक्त विमानले सात वर्षमा पहिलोपटक मिथेन ग्यास भेटिएको पुष्टि गरेको हो ।

मिथेन ग्यास पाइएसँगै मंगल ग्रहमा जैविक सम्भाव्यता हुनसक्ने आशंका उत्पन्न भएको छ ।

न्युयोर्क टाइम्समा प्रकाशित एक प्रतिवेदनअनुसार वैज्ञानिकले यो मिसनअन्तर्गत पाएको आन्तरिक इमेलको आधारमा मंगल ग्रहमा मिथेन ग्यास भएको हुनसक्ने बताएका हुन् ।

मिथेन पत्ता लाग्नुको अर्थ मंगल ग्रहमा जैविक अस्तित्व हुनैपर्छ भन्ने केही छैन । मंगल ग्रहमा गरिएको अनुसन्धानमा नियमित रुपमा मिथेन आइरहेको पाइएको छ । तर, उक्त ग्यास कहाँबाट आउँछ भन्ने कुरा भने अझै अन्योलमा छ ।

आइतवार नासाले उक्त इमेलको आधारमा नासले मंगल ग्रहमा मिथेन ग्यास रहेको पुष्टि गरेको हो । नासाको उपकरणले मंगल ग्रहमा एक अर्बमा २१ भाग मिथेन ग्यास रहेको बताएका हुन् । यो परिमाण यसअघिको अनुमानको तुलनामा धेरै हो ।

मिथेन पृथ्वीको जैविक अस्तित्वको लागि निकै महत्वपूर्ण तत्व हो । यसअघि पनि मंगल ग्रहमा मिथेन हुनसक्ने अनुमान वैज्ञानिकले बताउँदै आएका छन् । सन् १९७० को दशकमा पनि मंगल ग्रहमा मिथेन ग्यास रहेको हुनसक्ने एक प्रतिवेदनले देखाएको थियो ।

अझै यस विषयमा धेरै अनुसन्धान बाँकी रहेको नासाले बताएको छ । नासाले अहिलेसम्म मिथेन कहाँबाट आउँछ भन्ने कुरा पत्ता लगाउनसक्ने कुनै उपकरण नभएको बताएको छ ।

अहिलेको उपकरणले मिथेलको स्रोत मिथेन जीवजन्तुहरुबाट नै उत्पन्न भएको हो वा होइन भन्ने कुराको निक्र्योल गर्न नसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

पछिल्लो समय नासाले नयाँ प्रविधिको प्रयोग गरेर अन्तरिक्षको अध्ययन व्यापक बनाइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -