गोरखा, ३ असार २०७६ । पालुङटारको च्याङलिङ विरूवाटारमा नेपाली कांग्रेस पालुङ्गटार नगर सम्मेलन हुने भएको छ ।
असार ७ गते शनिवारका दिन नेपाली कांग्रेस केन्द्रीय समितिका सह-महामन्त्री प्रकाश शरण महतको प्रमुख आथित्यतामा, सदस्य प्रभाबशाली यूबा नेता तथा सभासद गगन कुमार थापा, राष्ट्रिय सभाका सासंद सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, कमला पन्त लगायतका कॉंग्रेस नेताको बाक्लो उपस्थित रहने नगर सभापति दिपक बाबु कडेंलले जानकारी दिनुभयो ।
पालुङटारको च्याङलिङ विरूवाटारमा हुने नेपाली कांग्रेस पालुङ्गटार नगर सम्मेलनमा नेपाली कॉंग्रेस यूवा नेता गगन थापाको उपस्थितिले सम्मेलन झन आकर्षक बन्ने अनुमान गरिएको छ ।
उक्त सम्मेलनलाई भव्य सफल बनाउनको लागी सम्पूर्ण लोकतन्त्रप्रेमी गोरखाली कॉंग्रेसजनलाई उपस्थित भइ कार्यक्रम भब्य रुपमा सफल बनाउन सबै महानुभाबहरुमा हार्दिक अनुरोध गरिएको छ ।