राज कृष्ण महर्जन

काठमाडौँ, ३१ जेठ २०७६ ।

के सदनमा जनताको कुरा र विषय विशलेषण हुदैन हो ?

के सरकारले कति वटा गुठी छ भनेर गणना गरिएको छ नेपालमा ?

के यो लोकतन्त्रमा जनताको कुरा सुन्दैन हो ? र प्रहरी प्रशासनको हाबी जनताको मौलिक हक अधिकारमा निरंकुसता किन ?

के संविधानमा जनताको अधिकार, परम्परा रितिरिवाजको मुल्य मान्यता यो २÷३ सरकारको संविधानमा यस्तो नै हुन्छ हो ?

यो गुठी विधयेक २०७५ जनतालाई आफ्नो अस्तित्वको, मौलिक धर्म परम्परा, रितिरिवाज, संस्कृतिप्रति प्रहार गर्ने क्रममा जनताको ज्यान जोखिममा पारि यस्तो नाजायज विधेयक नै किन ?

सम्मानिय सरकार विधेयक पारित गर्न कमर कसेर लाग्नुभएका प्रतिनिधिहरुमा नमस्कार ।

विधयेक पारित गर्दा ललितपुर, भक्तपुर, काठमाण्डौका बासिन्दाहरुको यानि कि नेवार रितिरिवाज के को आधारमा सञ्चालन र तिकेको छ भन्ने बारेमा प्रतिनिधिहरुले बुझेका छन् त ?

गुठी भनेको एउटा यस्तो ठाँउ हो, जहाँ भोक प्यास, निन्द्रा, परिवारलाई त्यागी आफ्नो संस्कृति, परम्परा, रितिरिवाजलालई जिवित राख्नको निम्ती बनाइएको सामुदाएक संस्थान हो ।

नेपाल हाम्रो देश सुन्दर, शान्त, आफ्नो छुटै भेषभुषा, भाषा, परम्परा रितिरिवाजले, धर्म संस्कृतिले परिपूर्ण भएको राष्ट्र हो । यहि सबैको मध्यनजर गर्दा विधेयकले गुठी माथी लाट्टी हानेको छ । लिच्छबीकालदेखि चलाउँदै आएको गुठीलाई २०७५ सालको विधेयकले निस्तेज गर्न खोजिएको छ । गुठीलाई राम्रोसँग सञ्चालन र संरक्षण गर्नुपर्नेमा उल्टो गुठीलाई हटाई सरकारीकरण गर्ने विधेयक ल्याएकोमा सम्पूर्ण पारित गर्ने प्रतिनिधिहरुलाई धन्यवाद र खबरदार !

नेवार समुदायले मनाउने सम्पूर्ण चाडपर्व, जात्रा आदि गुठीबाट नै सञ्चालन गरिदै आएको र त्यही गुठी चलाउनको निम्ति गाउँबासीहरुले गुठीको जग्गा जमिन भोगचलन गर्दै त्यस बापत कुत, वाली, तिरोको रुपमा संङ्कलित खाद्य वस्तुु र पैसाले जात्रा चाडपर्व मनाउँदै आफ्नो संस्कृतिलाई लोप उन्मुख हुनबाट जोगाउदै आइरहेका छन् । आज आएर त्यही जात्रा चाडपर्व मास्ने विधेयक नै सरकाले पारित गरी संविधानमा जारी गरिएको छ ।

अझ मर्दापर्दा पनि धेरै जसो ठाउँमा गुठीको मान्छेहरुले लास उठाउने एउटा अत्यन्तै धार्मिक र साहनुभुति कार्य पनि गर्दै आइरहेका छन् । यो सबै गुठी भएरै सहज भएको हो । नेवार समुदायको पहिचान भनेको गुठीबाटै सुरु हुन्छ ।

कहिले सदक विस्तारको नाममा त कहिले गुठी विधेयकको नाममा किन उपत्यकाका नेवार समुदायलाइृ सरकारले पेल्न खोज्दै छ । जस्तै हामी सुन्छौ नी हात्ती आयोे हात्ती आयो फुस्सा भने झै सुन काण्ड, बालुवाटार जग्गा काण्ड, निर्मला बलात्कार काण्ड, यी सबै कता हराऐ प्रशासनले यसको बारेमा अनुसन्धानबााट किन अपराधीलाई सजाय दिन सक्षम भएन ।

के प्रशासनलाई सरकारले बाधेर राखेको छ हो ?

आज सरकारले नेवार समुदायएको गुठीलाई प्रहार गर्न खोज्यो शान्तिपूर्वक प्रदर्शन गरिरहेका जनतामाथी प्रहरी प्रशासन लगाई आफ्नो पहुँच र शासनको प्रयोग गर्नु भयो यो ज्यादै नै असोभाविक र निन्दनिय कार्यमा सरकारले कदम चालेकोमा निकै नै दुख महसुस भएको छ । सरकारको यो विधेयकलाई जनताले सम्मान गर्ने छैन ।

नेपालको संस्कृतिमाथि नै प्रहार गर्ने हिसाबले सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको भन्दै सरकारवालाहरुले चर्को विरोध गरिरहेको अवस्थामा गुठीको मामिला हेर्नुपर्ने निकाय गुठी संस्थान भने अहिले लगभग मौन रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्