काठमाडौं, २८ जेठ २०७६ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गएको वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गरेको थियो । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ ।

सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । मंगलबारदेखि विज्ञान सडक मेला हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पहिलो पटक नेपालमा संयुक्त रूपमा दुई दिने ‘विज्ञान सडक मेला-२०१९’ आयोजना गर्ने भएका छन् ।

डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आइ परिक्रमा गर्न लागेको हो ।

नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठसम्ममा सकिने र नेपाली समयानुसार असार २ गतेकै दिन भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले सीआइएनलाइ जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसको तयारी पुरा भइसकेको छ । सरकारले नेपालमा सन् २०१७ देखि नेपाली स्याट–१ भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभास मास्केका अनुसार नेपालीस्याट-१ न्यानो स्याटलाइट हो। अर्थात् यो निकै सानो आकारको भू-उपग्रह हो र यसको तौलको झन्डै एक किलो छ ।

भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ। यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्