Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१६:२० दिउँसो
- ADVERTISEMENT -

आज मदन–आश्रित स्मृति दिवस

प्रकाशित मिति: २०७६ जेठ ३, शुक्रबार

1527
Shares

काठमाडौँ, ३ जेठ २०७६ । आज मदन–आश्रित स्मृति दिवस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतले हरेक बर्ष जेठ ३ गते मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस मनाउँदै आएका छन् ।

०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको मृत्यु भएको थियो । सोही दिनको सम्झनामा आज मुलुकभरी मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेकपा लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् ।

दासढुंगामा भएको त्यो कहालीलाग्दो दुर्घटनाबारे आजसम्म पनि बाहिर आउन सकेको छ्रैन् । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको हो । त्यसपछि पटक पटक एमाले सरकारमा गएपनि मदन र जीवराज घटनाको सत्य तथ्य बाहिर ल्याउन सकेन् । यसैकारण पनि यो घटनालाई गम्भिर रुपले हेरिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

चर्चित नेता भण्डारीको दुर्घटनाबारे अहिले पनि नेकपाभित्र बहस भइरहेको छ । तर उनको दुर्घटनाबारे सत्य तथ्य बाहिर ल्याउन नसक्नु नेकपाको कमजोरी भएको जानकारहरु बताउँछन् ।

सङ्ग्रहालय बन्दैै मदनको घर

पुरानो काठको दुईतले घर, माथिल्लो तलामा वरिपरि कोठैकोठा । एउटा कोठाबाट छिरेको मानिस भित्रभित्रै सबै कोठामा पुग्न सक्ने ढोका निर्माण । त्यति मात्र होइन, एउटा कोठाको ढोका नखोली अर्को कोठाभित्र छिर्नसक्ने खालका गोप्य छिड्किनी । अनि माथिल्लो तलाको कोठाबाट भित्रभित्रै सुरुङमार्गमार्फत भुइँतलामा आइपुग्ने छुट्टै बाटो छ ।

यही सुरुङमार्ग हुँदै घरबाट पश्चिम निस्किएर नजिकै रहेको खोलामा पुग्न सकिने गरी परिकल्पना गरिएको छ । काठको घर भए पनि माथि नै शौच गर्ने स्थान । प्रायः सबै कोठामा प्रेरक नारा लेखिएका छन् । मोरङको रतुवामाई नगरपालिका–१० स्थित सातपिडीमा रहेको यो घर सामान्य नागरिकको होइन, देशलाई कायाकल्प गर्ने सपना बुनेर राजनीतिमा होमिनुभएका जननेता मदन भण्डारीको हो ।

यो घर कुनै इन्जिनियरले नक्सा बनाएर निर्माण गरिएको थिएन, यसको परिकल्पनाकार हुनुहुन्थ्यो स्वयं भण्डारी । पञ्चायतकालीन प्रतिकूल समयमा नेपालमा कम्युनिस्ट आन्दोलनलाई जनजनमा पु¥याउन भूमिगत राजनीतिमा होमिनुभएका जननेता भण्डारीले प्रहरीबाट बच्नका लागि यस्तो घर निर्माण गर्नुभएको हो । यही घरमा कम्युनिस्ट पार्टीका सम्पूर्ण प्रशिक्षण कार्यक्रम चल्ने गथ्र्यो । पार्टीको भूमिगत कार्यालयका रूपमा यही घरमा विभिन्न कार्यक्रम हुन्थे । तत्कालीन लोकप्रिय नेता मोदनाथ प्रश्रितसहितका नेताहरू यहीँ बसेर पार्टीका गतिविधि अगाडि बढाउनुहुन्थ्यो ।

ताप्लेजुङको तत्कालीन ढुङ्गेसाँघु गाविस ठोट्नेबाट २०२८ सालमा तराई झर्नुभएका भण्डारीले यही घरबाट पार्टीको काम अघि बढाउनुभयो । उहाँसँगै पहाडबाट झर्नुभएका छिमेकी शिवराज पौडेलका अनुसार मदन भण्डारी २०२४ सालतिर बनारसमा पढ्न जानुभयो । अध्ययन सकेर घर फर्किएपछि भण्डारी नियमित पार्टीको काममा लाग्नुभयो । बनारसमा अध्ययन गर्दा नेता प्रश्रितले नै पुष्पलालसँग मदन भण्डारीलाई भेट गराउनुभएको पौडेलले जानकारी दिनुभयो । कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेकै अवस्थामा २०५० साल जेठ ३ गते आजैका दिन दासढुङ्गा दुर्घटनामा परी उहाँको निधन भएपछि कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुग्यो । सङ्ग्रहालयका रूपमा विकास गर्न भनेर यो घरलाई अहिले मदन भण्डारी स्मृति प्रतिष्ठानले खरिद गरेको छ ।

यसको रेखदेखका लागि मदनग्राम पूर्वाधार संरक्षण समितिसमेत गठन गरिएको छ । समितिका अध्यक्ष शिवराज पौडेलले यसलाई यही रूपमा संरक्षण गर्न गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभयो । भण्डारी सानैदेखि विलक्षण स्वभावका रहेको पौडेलले बताउनुभयो । उहाँको बाल्यकालदेखिकै साथीसमेत रहेका पौडेलले भन्नुभयो, “म र मदन सानैदेखि सँगै थियौँ । म २००९ सालमा जन्मिएको हुँ, उहाँ पनि त्यही साल असार १४ गते जन्मनुभएको हो । ”

जनएकता अजेय शक्ति हो अर्थात् जनताको एकतालाई कसैले जित्न सक्दैन । यो घरको मूलढोकामाथि यस्तै उक्ति लेखिएको छ । यही उक्तिलाई मार्गदर्शन मानेर पार्टी एकता आवश्यक ठानिएको पौडेलको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -