काठमाडौं, २२ बैशाख २०७६ । सरकारी सर्भर जीओभीडट्एनपी डाउन भएपछि देशभरका सरकारी वेबसाइट खुल्न छाडेका छन् । सर्भर डाउन भएपछि सरकारी सेवा प्रभावित भएका छन् । जसले गर्दा सेवाग्राही प्रभावित बनेका छन् ।
सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । तर, सर्भर डाउन भएपछि देशभर विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएका हुन् । सर्भर डाउन भएपछि खासगरी मालपोत, यातायात, राहदानी विभागलगायत कार्यालयका सेवाग्राही समस्यामा परेका छन् । एकीकृत सर्भरमा आबद्ध सरकारी कार्यालयमा अनलाइनमा आधारित कामकाज ठप्प भएको छ ।
सरकारी सेवालाई समयसापेक्ष बनाउँदै अनलाइन सिस्टममा लगेपछि सरकारी साइट भिजिट गर्नेको संख्या उच्च बनेपछि सर्भर डाउन भएको हुन सक्ने स्रोतको भनाइ छ ।
पछिल्लो सयम सरकारी कार्यालयलाई अनलाइन सेवामा आबद्ध गर्ने क्रम बढे पनि त्यसअनुसार सर्भरको क्षमता विस्तार नहुँदा सर्भर डाउन भएको बताइएको छ ।









































