२०८३ वैशाख २८, सोमबार
८:४२:२७ बिहान
- ADVERTISEMENT -

एनटिसीको सिमबाट अब विदेशदेखि पनि कल गर्न सकिने

प्रकाशित मिति: २०७६ वैशाख १६, सोमबार

898
Shares

काठमाडौँ, १६ वैशाख २०७६ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन ।

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिनुभयो । “चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ९० लाग्ने छ”, प्रवक्ता वैद्यले भन्नुभयो ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्ने छ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु १४ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट रु ३९७ लाग्ने छ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस रु ५४ र भारतबाट प्रति एसएमएस रु २४ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन । कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको शुभारम्भ गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -