- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कुरा सानै हुन् तर……….

March 13, 2019
1232
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कौशिला रिसाल

२०७५ साल फागुन २९ गते बुधबार ।

- ADVERTISEMENT -

Advertisement

भर्खरै १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । सोहि अवसरमा कति कार्यक्रम भए, कति होटलका हल भरिए, कति सेमिनार चले, कति गोष्ठी सम्पन्न भए, कति प्रतिवेदन बने यी बेग्लै ठाउँमा छन् । समयले यसको हिसाब राख्छ र परिणाम बताउँछ । तर, जबसम्म हामीले जसका लागि काम गरेका छौँ, तिनलाई नै यस विषयबाट टाढा बनाउने हो भने मानव अधिकारमा तिनको पहुँच कसरी पुग्ला ? तसर्थ कार्यक्रमलाई लक्षित समूहमा पु¥याउनु महत्वपूर्ण हुन्छ ।

सामाजिक अभियन्ता भएको नाताले राष्ट्रिय नागरिक विकास समाजबाट सम्मानित हुने अवसर पाएकी थिएँ । म लगायत सबैलाई सम्मान गरेर हौँसला प्रदान गरेकोमा संस्थाका संयोजक दीपा बोहरा ऐरेलाई धन्यवाद दिएँ । उनले मलाई होइन तपाइँलाई धन्यवाद भनिन्, उनको यो सकारात्मक सोचले मलाई झन् खुसी तुल्यायो ।

- ADVERTISEMENT -

Advertisement

मलाई थाहा छ, मैले यो सानो कुरा लेखिररहेछु । मेरो यो संस्थाप्रतिको सम्मान र सद्भाव दुबै हो । मैले नितान्त व्यक्तिगत अनुभवका साना तर मलाई छोएका दुईवटा प्रसङ्लाई मात्र यहाँ बाँड्न खोजेकी हुँ ।

मानिसलाई सानै कुराले खुसी र दुःखी बनाउँछ । कारण त्यसको सकारात्मक र नकारात्मक पक्षका कुरा हुन्छन् । म आजभोलि अलि पुर्सदिली भएकी छु दिनको नियमित ड्युटी छोडेपछि प्रायः घरवरिपरि नै रहेकी छु । अचेल साथीभाइको फोन आउँदा झट्ट उठाइहाल्छु । झट्ट हेर्दा सामान्य लाग्ने तर मलाई गम्भीर लागेका दुई प्रसङ्लाई उठाउन खोजेँ ।

प्रसङ्ग एक – केही दिन अघि एकजना भलाद्मी पुरुष साथीको फोन आयो, सन्चो बिसन्चो सोधियो । प्रसङ्वस यसमा मैले मेरी बहिनी बिरामी भएको कुरा गरेँ । के भएको हो ? जिज्ञासा मेट्न त भन्नैप¥यो ज्वरो आएको छ र निमोनियाको सङ्केत । केले भयो त यस्तो ? सोधाइको आशय कस्तो हो ? मैले राम्रो गरी हेक्का राखिन । चिसोले नै हुने हो सायद निमोनिया । झट्ट भनेछु, “कपडा पातलो लगाएर (भएर) हुनसक्छ ?” मैले यो मात्र भन्न भ्याएकी थिएँ ।

यसको आशय थियो दिनमा घाम लाग्नु र केही क्षणमा नै बदली हुनु, हावा चल्नु यसलाई अन्यथा लिनुपर्ने नै थिएन । कुरा नबुझिने पनि थिएन । मेरो आशय यो भएपनि उनले तुरुन्तै भने, कसलाई देखाउनु थियो र ? पुरुष हुँदैमा यस्तो गलत बुझ्नुपर्ने के थियो होला ? अनि फेरि कसैलाई देखाउनकै लागि कपडा लगाउने र सामान्य रूपमा अफिस जाने महिला कति होलान् ? यी सबै तथ्य खोज्न त उनैले सक्लान् तर मलाई चाहिँ उनको निकृष्ट सोचाइप्रति दया लाग्यो ।

दुई दिनअघि घरमा ऊ बिरामी भइसकेपछि कुरा चलेको थियो हिजो लुगा पातलो लगाइछु, यसको मतलब थियो ज्याकेट वा हाइनेक लगाइन । हामीले त बुझ्यौँ । ज्वरो त आइसक्यो आराम गर्नु र औषधी खानुको विकल्प छैन ।

अनि मैले भनेँ तपाईँ कहाँ बसेर यस्तो सोध्दै हुनुहुन्छ ? मेरी छोरी या बहिनीले यस्तै देखाउनका लागि लगाउने संस्कार सिकेका होलान् ? आधार के छ ? फेरि मलाई त्यस्तै देख्नुभयो कि ? उनले सच्याउनभन्दा बढी जिद्धि गरेको पाएँ । मैले मौसमसँग जोकोही पनि झुक्किन सक्ने भनेर कुरो अन्त्य गरिदिएँ । ती अन्त्यमा अलि लरबराए । मैले उनमा साँच्चैको पुरुष मानसिकता पाएँ । अरुका छोरी, बहिनीका विषयमा कुरा गर्दा आफ्ना घरका छोरी, बहिनी बिर्सने, महिला भनेपछि पाएसम्म हेप्ने कैँयौँ पुरुष हाम्रा अगाडि छन् । यो एउटा सानो उदाहरण मात्र हो ।

प्रसङ्ग दुई– अहिले सामाजिक संजालको प्रयोग नगर्ने कमै छन् । त्यसमाथि पनि फेसबुक नचलाउने त प्राय नगन्य नै छन् । फेसबुकका साथी बन्न अनुरोध गर्नु र साथी बन्ने अनुरोधलाई स्वीकार गर्नु सामान्य कुरा हुन् । म पनि नजिकका साथीका संख्या हेरेर वा व्यक्तिको प्रोफाइल हेरेर साथी स्वीकार गर्छु । पुरुष मित्र हाजिर भैहाल्छन् मेसेन्जरमा (माफ गर्नुहोला सबै पर्नुहुन्न) कहाँबाट, के गर्न ? यावत् प्रश्न मानौँ म विशिष्ट पदका लागि कुशल ढङ्गले अन्तवार्ता दिदै छु । यसमा आफूभन्दा निकै साना भाइहरूदेखि उमेरले निकै अग्रज व्यक्ति दुबै पर्नुहुन्छ । मैले कतिपयसँग कुरा नगर्दा घमण्डी लेखकको संज्ञा पाएकी छु । ‘जय होस् !’ बाहेक मैले तिनलाई अरु भन्नु उपयुक्त ठान्दिन । यस मानेमा फेसबुकमा महिला साथीले स्टाटस पनि लेखिरहनुहुन्छ । बस् अहिले यत्ति चाहिँ लेख्छु “पुरुष मानसिकताबाट हामी कहिले माथि उठ्ने ?”

यी दुई प्रसङ्ग मैले किन उठाएको भनेँ लुगा लगाउनु र साथीसँग बोल्नु यी दुबै आवश्यकताका कुरा हुन् । लुगा लगाउनु अनिवार्य हो भने कसैसँग बोल्नु अनिवार्य नहुन सक्छ । अरुसँग कुरा गर्दा आवश्यकता र समय परिस्थितिका आधारमा विचार पु¥याएर कुराकानी गरौँ भन्ने मेरो आग्रह हो । मृदुभाषी बन्न सकिदैन केही छैन, कम बोलौँ । आफ्नो स्वाभिमान बचाउनु छ, अरुको स्वाभिमान नभुलौँ । परिवारमा जस्तो व्यवहार गर्छौँ अरुसँग पनि त्यस्तै रूपमा प्रस्तुत हौँ । आफ्ना चेलीवेटीका जस्ता इज्यत अरुका पनि छन् भन्ने ख्याल राखौँ । मान्छे भन्दामाथि उमेर, पद, ओहदा, धनसम्पति हुन सक्दैन । मान्छे भएर मानवीय व्यवहार गर्न सिकौँ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com