२०८३ जेठ ३, आइतबार
६:३१:३५ बेलुका
- ADVERTISEMENT -

शहिद पुत्रीको बाबा प्रतिको सम्झना

प्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार

2068
Shares

२८ फागुन २०७५

टुटी गएका सपनाहरू अनि मन भित्र गुम्सिएका रहरहरू सँगाल्दै, सम्हाल्दै, मुस्कानको अपेक्षा राखी, आफैंलाई कठोर बनाइ, ती अन्जान गोरेटोहरूमा कयौं ठक्कर खाँदै आएको छु म यो बिरानो शहरमा ।

बाबाको सम्झनादेखि टाढीएको पीडा, यहाँको बिरानो हावा अनि एक्लोपन् को आभासले शायद सपना पो देखि रहेछु भनी आफ्नो मन बुझाउँछु।तर आज यथार्थ जिन्दगीलाई सपना ठानेको पनि यतिका बर्ष भयो । आज हजुर हुनुहुन्थ्यो भने म प्रदेशको भुमिमा एक्लिएर होइन त्यही जन्मभुमिको माटोमा सबैको प्यारी भएर हजुरले देखाएको बाटो समाजसेवामा तल्लिन हुन्थेंहोला ।

तर मेरो त्याग भित्र लुकेको माया अनि हजुरको देशप्रेम शत्रुले बुझेनन् । कसैको नजरमा स्वार्थी बन्नु भयो भने त कसैकोमा निष्ठुरी! समाजको उन्नती गर्दा गर्दै देशद्रोही र समाजभँडुवाहरुको आँखाको कसिंगर बन्नुभो।

म टुहुरी भएकि छु., हाम्रो परिवार टुहुरो भएका छौं र देशले अनि समाजले एक असल अभियान्ता गुमाएको छ।……….”नलेखिएको त्यो ईतिहास

फागुन २८

जबजब आउँछ बाबाको पुण्य तिथी भाबबिहल बनाउँछ त्यो दिनको सम्झनाले!भन्छ्न पितृलाई अंजुलिले पानी तर्पण गर्नु
हाम्रो अंजुलि आँसुले भरिन्छ! अनि सम्झन्छौ त्यो काहालिलाग्दो क्षण जुनबेला बिच सडकमा हाम्रो सर्बस्व सहारा ढलेको थियो! ढल्यो,ढल्यो यसरी ढल्यो जुन फेरि कहिल्यै नउठने गरी

बि:सं:2011 मा गोरखा को हर्मी पात्लेपानी गाउँमा जन्मनुभइ,कर्मथलो गोरखा कै पालुङ्टारलाइ बनाई शिक्षण पेशामा रहि गोरखाका विभिन्न बिध्यालयहरुमा शिक्षण गर्दै नेपाली काँङ्रेसको राजनितिमा समेत सक्रिय रहनुभएका बाबा हर समय पार्टिको चिन्तन अनि सबै कृयाकलापहरुमा सकृय सहभागिता जनाउँदै आउनुभएको थियो । रगोरखा ने बि संघ को स्थापना गर्न सफल राजनीतिमा कहिल्यै साहाश न हार्ने ! बाबा ले दिनुभएको यो पूरा शरीर अनि यो सम्झने मुटु भरिको माया वहाँको निम्ति श्रद्धाञ्जली दिन एक अँजुली आँसु पनि कम हुनजान्छ! वहाँले दिनुभएको दुई राजनितिक सँस्कारिक वाक्यंस जहिले पनि मानसपटलमा ताजा छ र रहनेछ:-

“ब्यक्ती गलत हुनसक्ला आस्था गलत कहिल्यै हुँदैन
तसर्थ आस्थाको सदैब सम्मान गर्नुपर्छ”

हरेक समय पार्टिको चिन्तन अनि क्रियाकलाप हरुमा प्रत्यक्ष सहभागी हुँदाहुँदै अन्तिम समयमा समेत 20 54 /11 /28 का दिन पाटिकै मिटिङ भनेर बोलाइएक थियो र मिटिङमा सहभागी भै फर्कने क्रम मा तनहुँ आबु खैरेनी भन्दा 4 कि मि आगाडी एक्ले फाट मा मेरो बाबा र ने का कै अध्यक्ष दिपक श्रेष्ठ बिच सडकमा यसरी ढल्नुभयो तत्पश्चात हामिले उठाउन सकेनौं ! सक्नुभएन त्यो ज्यान भन्दा बढी पार्टिको निम्ति सेवा गर्न!

तत्कालमा भन्नलाई भनियो आस्था ढल्यो,दुईचार दिन गित बनाईयो हाम्रो मान्छे यसरी शहिद भयो ! अखबारहरु पोताईए केही दिन तर कालान्तरमा बिर्सियो त्यो सबै योगदान,अनि आएन सम्झना कुनै पलमा पनि

प्रस्न उब्जन्छ घरिघरी मनमा:-
के ज्यान जानुभन्दा अझ बषी गर्नुपर्ने थियो त??? सम्झनको लागि योगदान??? सायदै खै के हो तर त्यहाँभन्दा बढी गर्नको लागि रहनुभएन ।

सायदै सबैले भुल्लान तर कसरी भुल्न सक्छौं त्यो हाम्रो बज्रपात परेको क्षण जुनबेला हामिले सर्बस्व गुमायौं त्यो दिनबाट बाबा भन्ने शब्द पराई भयो । चौबिसै घण्टा हजुरको यादमा धडकिरहने मुटु छ हजुरको नासो साथमा! जबसम्म धडकन्छ तबसम्म हजुरको याद अ्मर रहनेछ! पित्री पुण्यतिथिको यो घडिमा एक अञ्जुली आँसुको साथमा बाबालाई भाबपुर्ण श्रद्धाञ्जली !!
शहिदपुत्री….सिमा ठकुरी, पालुङ्टार, गोरखा ।
हाल कुवेत

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -