- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारी दिवस र यसको महत्व

March 8, 2019
1888
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२०७५ साल फागुन २४ गते शुक्रबार ।
ओम पाण्डे, साउदी अरब

बर्सेनी नारी दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । एउटा घरमा, एउटा समाजमा वा एउटा राष्ट्रमा मात्र नभएर पूरा विश्वलाई नै तुलना गरौं त महिलाबिनाको संसार कति निरस होला ? त्यसैले महिलाको प्रगति भनेको त्यो घरको, त्यो समाजको, त्यो राष्ट्रको र पूरै विश्वको प्रगति हो ।

आधा आकाश, अर्धनारीश्वर, दुर्गामाता, नारीशक्ति आदि जति पनि सम्मानसूचक शब्दहरू प्रयोगमा छन । परापुर्बकालदेखि, आजसम्म पनि तिनले उति नै महत्व राख्ने गरेका छन् । त्यसैले नारी दिवसको अभियान र उत्सव कुनै नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर प्रगति पथको एउटा अभियान हो । जसरी चार्ज सकिएको ब्याट्रीलाई पुन: रिचार्ज गर्नुपर्छ त्यसैगरी लैंगिकताका आधारमा महिलामाथि भेदभाव नगरियोस् भन्ने चेतना जागृत गर्ने काम रिचार्ज गर्न बर्सेनि नेपालका साथै विश्वका सबै देशमा नारी दिवस मनाइन्छ ।

यो वर्ष पनि प्रगतिका लागि अगाडि बढ भन्ने नाराका साथ नारी दिवस मनाइँदैछ ।

अस्तित्वले सिर्जना गर्दा नै प्रकृति र पुरुषको हिसाबमा मानिसको सिर्जना गरेको छ । अस्तित्वले दिएको स्वभाव र अधिकार कसैले खोसेर खोसिँदैन । प्रेम, करुणा, सम्मान, ध्यान, परोपकार, समाजसेवाजस्ता अमूल्य कामहरूमा महिलाले हक खोजिरहनु पर्दैन । यी गुण उनीहरूलाई पहिलेदेखि नै अस्तित्वले प्रदान गरेको छ ।

अब कुरा आउँछ सम्पत्तिमा हक, राजनीतिमा हक, शिक्षामा हक, स्वतन्त्र भएर बाँच्न पाउने हक । यी कुराहरूमा पितृसत्तात्मक परिपाटीका कारण महिलाहरूलाई पछाडि पारिएको छ । अहिले त यी कुरामा पनि धेरै प्रगति भैसकेको छ ।

नेपालको संविधानमै महिला हक– अधिकारका सम्बन्धमा अनेकन व्यवस्था छन् । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अरु धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ ।

कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने ढोका खुल्ला छ र अवसर पनि त्यत्तिकै छन् । अब महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । समान हकका लागि आफैंले गरेर देखाउने बेला आएको छ ताकि महिला भएकै कारणले कसैले हेप्न नसकून् र हकका लागि झन्डा बोकेर सडकमा उत्रनु नपरोस् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -