- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘दुई तिहाईको समृद्धि सपना : केपीको चुच्चे रेल, वीपीको दुहुनो गाई’

February 26, 2019
974
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १४ फागुन २०७५ । केही दिन अघि अज्ञात समूहले काठमाडौंमा बम पड्कायो । त्यसबाट एक निर्दोष व्यक्तिको ज्यान गएको छ । त्यो देखेर केही रिस उठ्यो केही चित्त पनि दुख्यो । सरकारले भन्यो दोषीलाई कारबाही गर्छौं । कांग्रेसले भन्यो कारबाही गर हामी सहयोग गर्छों । तर, सरकारले कसैलाई पनि कारबाही गर्न सकेको छैन । पछिल्ला केही गतिविधिहरुले नेपाल फेरि पनि हिंसाको दलदलमा भासिँदै भासिँदै गएको छ, निस्सासिँदै गएको छ भन्ने देखाएको छ । कांग्रेसले आफूले हारेर भएपनि २०६३ सालमा नै देशलाई हिंसाबाट मुक्त गराएको थियो । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले भन्नु भएको थियो कि ‘यसले कांग्रेसलाई फाईदा गर्छ गर्दैन थाहा छैन । तर, यसले नेपाललाई भने अवश्य फाईदा गर्छ । त्यसरी कांग्रेसले आफूले हारेर ल्याएको शान्तिपूर्ण नेपालको अवधारणा विस्तारै भासिँदैछ ।

यसरी हिंसा हटाएर कांग्रेसले माओवादीलाई शान्तिप्रक्रियामा ल्यायो । संविधान सभाबाट सत्ताको बागडोरमा माओवादी आयो । प्रचण्ड जी आउनु भयो । उहाँसँगै धेरैले संविधान बनाउन नसकेपछि फेरि दोस्रो संविधानसभा निर्वाचन भयो । त्यसबाट सैलाई मिलाएर संविधान बनाउने जिम्मेवारी कांग्रेसको हातमा आयो । त्यतिबेला हामीसँग दुई तिहाई थियो । एमालेले संविधान बनाऔं । दुईतिहाई भएपनि कांग्रेसले दुई तिहाईको दम्भ देखाउन सकेन । त्यतिबेला कांग्रेसले संयमता अपनायो । जसकारण माओवादीलाई पनि सहमतिमा ल्याएर सुशील कोइरालाले संविधान बनाउनु भयो । जसले गर्दा देशले हारेन । संविधान बन्यो ।

- ADVERTISEMENT -

Advertisement

संविधान बनाउँदा हामीले मधेशलाई जोड्न सकेका थिएनौं । तर देशमा तीनै तहको निर्वाचन गर्ने समयमा फेरि पनि एमालेले मधेशलाई छाडेर छिटो चुनावमा जानुस् भन्यो । तर शेर बहादुर देउवा नेतृत्वको सरकारले मधेशलाई छाडेन उसलाई पनि लिएर पछिल्लो तीनै तहको निर्वाचन गरायो । त्यतिबेला मधेशलाई सँगै जोडेर लैजाने क्रममा एमालेले पहाडमा ताली पायो । कांग्रेसले गाली पायो । तर, कांग्रेसले देशलाई जिताउनको लागि आफूले गाली सह्यो । चुनावमा दुई पार्टी मिल्दा कांग्रेसले हार्छ भन्ने कुरा सबैलाई थाहा थियो । तरपनि देशलाई जिताउनको लागि आफूले हार्ने निश्चित हुँदा हुँदै पनि कांग्रेसले चुनाव गरायो ।

यो सरकारको अहिलेको काम भनेको जनताको आधारभूत आवश्यकता पूरा गर्ने र जनतालाई शान्ति सुरक्षा दिने मात्रै हो । अरु सबै काम कांग्रेस नेतृत्वको सरकारले गरिसकेको छ । तर, सरकार अहिले गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काममा व्यस्त हुने गरेको छ । हामीले सरकारलाई समय समयमा झक्झक्याउने काम गरिरहेका छौं । विपक्षीको काम नै सरकारले गलत बाटो समात्यो भने त्यसलाई सहि बाटो देखाउने हो । हामीले त्यो काम गरिरहेका छौं । यो कांग्रेसको आरोप हैन र आक्रोश पनि हैन । हामीले अहिले सरकारलाई फेरि पनि प्रजातन्त्र विरोधी रहेको आरोप लगाउनु परेको छ । यो हामीले मात्रै लामो समय लडेर ल्याएको प्रजातन्त्र जोगाउन मात्रै सरकारलाई झक्झक्याएको हो ।

- ADVERTISEMENT -

Advertisement

आज आएर हामीले दशकौंदेखि लड्दै आएको अभिव्यक्ति स्वतन्त्रता फेरि कुण्डित गर्ने प्रयास हुँदैछ । सरकारको गतिविधिले यो संकेत गरिरहेको छ । केही समय अघि बीर अस्पतालमा अनसन बसेको मानिसलाई सरकारले उठायो । हामी बोल्यो किनकी त्यो लोकतन्त्रको विरुद्ध थियो । त्यसपछि विदेश जान लागेको प्राध्यापकलाई विमानस्थलमा रोक्यो, हामी बोल्यौ किनकी त्यो लोकतन्त्र विरुद्ध थियो । त्यसपछि एउटा गायकको मुख थुन्ने प्रयासमा सरकार लाग्यो । अहिले अभिव्यक्ति खोस्नेगरी सरकारले कानून संसदबाट पास गराउँदैछ ।

बहुमतको भरमा सरकारले यो कानून पास गर्दैछ । यो कानून पास भयो भने कुनैपनि सरकारको मन्त्री या प्रधानमन्त्री विरुद्ध बोल्ने विरुद्ध प्रहरी प्रशासनले डण्डा लिएर पक्राउ गर्न घर भित्र पस्न पाउँछ । यो राजाको एकतन्त्रीय शासनमा समेत नभएको व्यवस्था सरकारले कानून बनाउनको लागि संसदमा पेश गरिरहेको छ । पछिल्ला घटनाक्रमले देखाएको छ कि यो सरकारले संसदलाई मान्दैन । संसदलाई केवल आदेश दिन्छ ।

संवैधानिक अंगको रुपमा रहेको अख्तियारलाई सरकार निकम्मा बनाउन खोज्छ । तर भ्रष्टाचार विरोधी अभिव्यक्ति दिन्छ । लोकसेवालाई निकम्मा बनाउन खोज्छ । निष्पक्षताको भाषण दिँदै हिँड्छ । यो सरकारले प्रजातान्त्रिक परिपाटीलाई कुल्चिएको छ । यो सरकार प्रजातन्त्र मान्दैन भन्ने पुष्टि पनि भएको छ ।

केही दिन अघि सत्तारुढ दलको सांसदले खुल्ला मञ्चबाट नै प्रदेश काम छैन भन्ने अभिव्यक्ति दिए । नेपालमा पहिलेदेखि नै चित्रबहादुर केसीले संघीयताको विरोध गर्दै आउनु भयो । उहाँले यो व्यवस्था पन पराउनु भएन । यो उहाँको अधिकार हो हामीलाई केही चिन्ता छैन । तर, मलाई लाग्छ उहाँ भन्दा बढी नेपालमा संघीयता कसैलाई मन परेको छैन भने दूर्भाग्यका साथ भन्नुपर्छ त्यो सम्माननीय प्रधानमन्त्री ज्यूलाई मन परेको छैन ।

तर दूर्भाग्य उहाँलाई जुन व्यवस्था मन परेको छैन । त्यहि व्यवस्था चलाउने जिम्मा उहाँले पाउनु भएको छ । यही कारणले संघीयता जुन सुकै बेला पनि मासिन सक्ने देखिन्छ । संघीयता मासिँदै गर्दा केवल संघीयता मात्रै मासिँदैन । यो संगै संविधानका धेरै कुराहरु मासिनेवाला छ । त्यसैले जनतालाई शान्ति सुरक्षाको ग्यारेन्टी समेत दिन नसक्ने सरकारले समृद्धिको सपना बुन्नु दुखद् कुरा हो ।

नेपालमा पहिलो पटक दुई तिहाई बहुमत प्राप्त गरेका नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालालाई सोधियो तपाईँले दुई तिहाई मत ल्याउनु भएको छ । तपाईंको एजेण्डा के हो ? उहाँले भन्नु भएको थियो ‘जसको घर छैन उसको मेरो जस्तै सानो छाप्रो होस् । दिनको कम्तिमा दुई छाक खान र एक सरो राम्रो लुगा लाउन सकोस् र त्यसको घरमा एउटा दुहुनो गाई होस् ।’ वीपीको दुई तिहाई सरकारको समृद्धिको सपना यस्तो थियो ।

तर, अहिलेका केपी सरकारको दुई तिहाईको समृद्धिको सपना चुच्चे रेल, पानी जहाज, हवाई जहाज छ । तर, उहाँको समृद्धिको सपनामा जनता छैन । स्कूलमा शिक्षक छैन प्रधामन्त्री ज्यू भन्यो भने रेलमा शिक्षा आउँछ भन्नुहुन्छ । चिकित्सक छैनन् अस्पतालमा भन्यो भने पर्ख न पानी जहाजमा चढेर आउँछन् भन्नु हुन्छ । उहाँको सपनामा जनता छैन । पानी जहाज र रेल मात्रै छ ।

अहिले उद्योगीहरु आन्दोलन गरिरहेका छन् । भएका व्यवसायीहरु देश छाडेर भाग्ने तयारीमा छन् । तर प्रधानमन्त्री विदेशी लगानीको सपना देखेर बसिरहनु भएको छ । देशकै लगानी बाहिर गएको छ भने विदेशबाट कसरी आउँछन् लगानीकर्ता ? त्यसैले बालुवाटार र दुई तिहाईलाई आफ्नो शक्ति मान्ने नेकपाले समृद्धिको विन्दूमा मुलुकलाई पुर्‍याउँछ भन्नु झूट बाहेक केही पनि होईन । कांग्रेस कहिलै पनि सिंहदरबार र बालुवाटारलाई आफ्नो शक्ति मान्दैन । यो पार्टी केवल जनता र संगठनलाई आफ्नो शक्ति मान्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com