- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुगलले आईफोनलाई टक्कर दिने खालको स्मार्टफोन ल्याउँदै

February 15, 2019
1531
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३ फागुन २०७५ । आफ्नो पिक्सल स्मार्टफोनपछि अब गुगल कम्पनीले आफ्नो सस्तो स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । मूल्यको हिसाबमा गुगलको आगामी स्मार्टफोन एप्पलको आईफोन एक्सआरभन्दा पनि सस्तो हुनेछ ।

प्रतिवेदनका अनुसार यो नयाँ स्मार्टफोनको माध्यमबाट कम्पनीले आफ्नो हार्डवेयरको हिस्सा बढाउन सहयोग पुग्नेछ । हार्डवेयरमा गुगल निकै अगाडि छ ।

- ADVERTISEMENT -

Advertisement

गुगल पिक्सलको स्मार्टफोनभन्दा पहिला गुगलले एचटीसी र एलजीसँग मिलेर पनि काम गरिसकेको छ ।

करीब एक वर्ष पहिला गुगलले १ अर्ब १० करोड डलरमा एचटीसीका पिक्सल टोली खरिद गरेको थियो । एप्पलले पनि गुगललाई चुनौती दिन सयभन्दा बढी हार्डवेयर इन्जिनियर हायर गरेको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यद्यपि गुगलले विश्व बजारमा त्यति धेरै छाप भने छाड्न सकेको छैन । गुगलले नयाँ स्मार्टफोनका साथै पिक्सल सेरिजको नयाँ स्मार्टफोन पनि ल्याउने तयारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -