- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पिंडालु, प्रचण्ड र भेनेजुयला

February 9, 2019
1120
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

डिल्लीराम तिमल्सिना
२०७५ साल माघ २६ गते

एउटा गाउँमा एक जना सुस्त मनस्थितिका बिबाहित युवा थिए । एक दिन उनि ससुराली जान लागेका हुन्छन । उनकी आमाले केहि रुपैया दिएर छोरालाई भन्छिन,लौ बाबु ससुरालीमा सालासाली छन् खाली हात जानु हुन्न यो पैसाले बजारबाट केहि-केहि लियर जानु “।

- ADVERTISEMENT -

Advertisement

त्यो युवा पसलमा जान्छ र हरेक पसलेसँग ‘केहि-केहि दिनुस’ भन्छ पसलेले यस्तो कुरा आफुसंग नभएको भन्दै फर्काइ दिन्छन । आमाले केहि-केहि लगिदिनु भनेको बाहेक उसले अरु कुरा माग्दैन । हरेक पसलमा केहि-केहि को माग गर्दै जान्छ । बारम्बार फर्की-फर्की पसलमा एउटै कुराको रटान दियकोले वाक्क भएर तरकारीको लागि पिंडालु काट्दै गरेको एक पसलेले त्यहि काटेको चाना पोको पारेर दिन्छ र पैसा लिन्छ ।

ससुराली घरमा पुग्ने बित्तिकै आफ्ना प्यारा साला-सालीको लागि “लौ यो केहि-केहि खाऊ” भन्छन,दङ्ग पर्दै भिनाजुको कोसेली खान आतुर साला-सालीले त्यो काँचो पिंडालु मुखमा हाल्छन ।केहि बेरमा भिनाजुको आगमनको खुसि दुखमा जब पिंडालु कोक्यायर दर्द मुखमा ।

- ADVERTISEMENT -

Advertisement

अहिले बिश्व राजनैतिक बजारमा पिंडालु बनेर सबैलाई कोक्याउने बिषय बनेको छ भेनेजुअला । अहिले यो बिषय यति गहन रुपमा आएको छ कि हाम्रो पुरातन उखान टुक्कालाई पनि माथ खुवानेगरि संचार उखान बनेको छ,”बेला न कुबेला भेनेजुएला “। भेनेजुएलालाले अमेरिका,चिन र रसिया जस्ता ठुला शक्ति राष्ट्रलाई कोक्याउनु त कुनै नौलो कुरा भएन किनकि उनीहरु सँग बिस्वबजार जोडियको छ ।

नेपालसंग खासै ठुलो सम्बन्ध नभएको यो देशमा अहिले आएर अरु कसैको राम्रो बन्न र “म त जे जसो भए पनि तिम्रै हुँ” भन्न गरिएको एक हर्कतले नचाहिँदो तरिकाले बिश्व राजनैतिक बजारमा फंसेको छ ।

उता दुइ ठुला रास्ट्रको स्वार्थको आन्तरिक खिचातानीले समस्या समाधान गर्नु भन्दा पनि विभाजित मानासिकतामा रुल्मुलियाको भेनेजुएला जस्तै, यता नेपाल बाठो हुँदा कता साँधेको जुधाईमा ; बाच्छाको मिचाई हुने स्थिति म पर्ने हो भन्ने डर छ ।

१) दुइ पार्टीको मिलनपछि समान हैसियतमा बसेका प्रचण्ड केहि केहि नयाँ कुरा बोलेर आफ्नो अस्तित्व र हैसियत जनाउन पनि बोल्नु खासै नयाँ मानिदैनथ्यो, तर यसपालीचाँही अलिक १९५० तिरको शीतकालीन कम्युनिस्टजस्तै जस्तै बोलेछन कि क्या हो, यसले विनासकारी भुकम्पजस्तै ठुलो झटका दिएछ ।संसदीय धरातलमा भासिएर कम्युनिस्ट नामका दाह्रा नंग्रा उखेलिंदा पनि घरि घरि त्यहि पुरानो धंगधंगीले होला यसपालिको विज्ञप्तिको भाषा पुरै उत्तर पन्थी भएछ ।

२) प्रचण्डले निकालेको भेनेजुएला बिज्ञप्तिले दुइ टाउके एक पेटे प्राणीजस्तै नेकपालाई कोक्यायको छ । एकातिर प्रदिप ज्ञवाली मार्फत पोको पारेर ल्याएको इन्डो प्यासिफिककको अमेरिकन केहि केहिको पोको खुल्न नपाउंदै र प्रधानमन्त्री ओलीको डाबोसबाट नेपालको बिकासमा लगानीको शंखाघोस गरेको कुरालाई राम्ररी बेलिबिस्तार नगर्दै प्रचण्ड कमरेडको जोशले नेकपाको सरकार फेरी एक पटकको लागि चिन ,रसिया र इरानको पोल्टामा परेको छ । जसले प्रेमपुर्बक खुवाएको मुन म्याडमको के जाति हालेको त्यो मिठो वाइनको स्वाद बिर्सेको भान भएको छ ।

३) अर्कोतर्फ प्रजातन्त्रको मसिहा शक्ति बनेको नेपाली कांग्रेस आफ्ना डाक्टरधारी नेता उत्पादन गरिदिने कारखाना इन्डियन ,अम्रिकन र यूरोपियन युनियनको भजन मण्डलीमा नाच्नु भनेको, मामाको घोडा मेरो हि..हि बाहेक केहि होइन । आफ्नो बारीमा भारतीय सैनिक परेड खेल्दा पनि नकोक्याउने कांग्रेसका कुरा खोइ कसले बुझोस् ।

४) असंग्लग्न पररास्ट्र नीति बोकेको हाम्रो जस्तो सानो गरिब र भू-राजनैतिक परिवेश भएको मुलुकले यसरी हकानिएर अरुको खेताला बन्नु कदापी राम्रो होइन । सके चुप्प लाग्नू नत्र सारै कोक्यायो भने पनि तटस्थ विचार पोख्नु स्रेयकर ठहर्छ । फेरी हाम्रो र भेनेजुएला संग खासै केहि कुरो मिल्दैन ।

५) अपार खनिज पदार्थ बोकेको भेनेजुएलामा चिन ,रसिया तथा अनि अमेरिकन समुह किन र के का त्यहाका जनतालाई उकास्ने ,खसाल्ने काम गरेका थिए र छन् बुझ्नु स्रेयकर हुने हो । एकातिर कम्युनिस्थको बिल्ला भिरेपछि बाबुको काजकिरिया वा श्राद्ध नगरेपनि मार्क्स,लेनिन,एंगेल्स , माओको जन्म जयन्ती मनाउन समिति गठन गर्ने कम्युनिस्ठ पार्टीका हाम्रा नेताहरुलाई चिन,रसिया,पेरु वा भेनेजुएला जो सुकै होस् उनीहरुको भक्तिगान नगाए सम्म नहुने । त्यो भन्दा इतरलाई सधै घृणा र बैरभाबको नजरले हेर्ने मनोदसाले घेरेको छ । अर्को तर्फ नेपाली कांग्रेसका नेताहरु बढो समाजबादको रटान दिएपनि कम्युनिस्ठ बोलेपछि हामी पनि बोल्ने पर्छ भन्दै अमेरिकन एकल पुंजिबादलाई बल पुग्ने गरी उचालिनु पनि नेपालको हितमा र परिपक्क निर्णय होइन । यसरी हेर्दा नेपाली कांग्रेस र नेकपा दुवै त्यहि लघु कथामा सुस्त भिनाजुले दिएको हेर्दै नहेरी पिंडालु खाने साला साली जस्तै हुन् ।

६) भिनाजुको सम्मान र आफ्नो इज्जत जाने निहुले कोक्यायको पिंडालुको पनि स्वाद बिर्सेर मुख मिठाउने सालासाली झैं कम्युनिस्ठ र कांग्रेसका कार्यकर्ताहरु आफ्ना माऊ नेताको बोलि रट्ने सुगा जस्ताहरुको परिचय,चेतना र अस्तित्व पिंजडा भित्र रमाउनु मात्र हो । आफ्ना नेताको पाद पनि बसाउने दास मानसिकताबाट उम्कन नेपाल भित्रकाले त सकेनन विदेश बस्नेहरु पनि उस्तै देखिनुले राजनैतिक दरिद्रता प्रष्ट हुन्छ ।
७) सके बिश्व राजनैतिक बजारमा आफ्नो छुट्टै अस्तित्व निर्माण गरे राम्रो । यात चिन, रसिया र भेनेजुएलाको भजन गाउँदैमा क्रान्तिकारी हुने हो नत इंडिया र अमेरिकन भक्तिभाबले प्रजातान्त्रिक, कुरो र चुरो नबुझी बकबक गर्दा पैसो लिएर काँचो पिंडालुको चाना बेच्ने ब्यापारी जस्तै चिन ,रसिया र अमेरिकाले दिने भनेको तेही पिंडालु हो, जो अहिले कोक्क्यार र्याल काढ्नु परेको छ । मुख टर्रो पार्दै भाषा चिप्लियो भन्नु सरासर लाचारी हो । लघु कथामा आफ्नो छोराको मानसिक अवस्था अनुसार प्रष्ट लगेर जानु नभन्ने आमाजस्तै हाम्रा नेताहरु हुर्काउने शीत युद्धकालिन स्कूलको भाषा नै गलत हो । अहिले नेकपा र कांग्रेसको राजनैतिक रोदन । दुवै पार्टीको भनाइले नत नेपालको हित हुन्छ न भेनेजुअलाको, तटस्थ तरिकाले सदासयता र राजनैतिक संकटको समाधानको अपेक्षा गरेको भए ,बुद्धिमानी हुन्थ्यो । यस्ता अरुको पुछार बन्नको लागि गरिने अनावश्यक स्यक कामले नेपालको कुटनीति र असग्लग्न नीतिको धज्जी उदाउने कम भएको छ । जुन नेपाली राजनीतिमा कहिलेसम्म कोक्याउने हो कुन्नि ।

८) कम्युनिस्ठहरुलाई लाग्दो हो, भेनेजुएला वा अन्य देशमा पनि रसिया,चिन जस्ता ठुला राष्ट्रले त्यहाको सार्मभौमिकता,स्वाधिनताको रक्षा गरेका छन् वा प्रजातन्त्रबादी पक्षधरहरु अमेरिका र अन्य समुहले प्रजातन्त्र रोपेका छन् । यी दुवै मित्थ्या र भ्रम हुन् । अहिलेको भेनेजुएलालां हेरौं रसियासंग अरबैंको हात-हतियार सम्झौता कायम छ, जुन पूर्व राष्ट्रपति ह्युगो चाभेजले गरेका थिए । त्यस्तै, चीनले ठुलो मात्रामा ऋण सहयोग मार्फत तेल,सुन र हिरामा आँखा गाडेको छ । उसको समान भेनेजुएलाको बजारमा बिकेकै छ । टर्की पनि सुन हत्याउने दाउमा रसिया र चीनको समर्थक बनेर हिडेको छ । अहिलेको सत्ता टिकेमा रसिया, चिन,इरान वा अन्य लेफ्टिस्ट दर्सन धारीलाई फाइदा छ र भइरहेको पनि छ ।बाहिर हेर्दा सहयोग गरे जस्तो देखिए ता पनि “मेरो मायाले होर कुम्लाको मायाले भन्ने उखान चरितार्थ” भएको छ ।

प्राय:कम्युनिस्ठ सत्ता लामो समयसम्म एउटै व्यक्तिले हाक्ने हुनाले सजिलै सन्धि सम्झौता गरी आफ्नो स्वार्थ सिद्ध गर्न पाइने अनि धेरै गलफत्ती गर्न नपर्ने बाठो तरिका जानेका कम्युनिस्ठ शक्ति रास्ट्रले अहिलेकै रास्ट्रपति मदुरोलाई समर्थन गरेका छन् । यदि मदुरोको सत्ता शासन पल्टेमा रसिया,चिन ,इरान अनि टर्कीमा ठुलो आर्थिक घाटा हुनेछ । सायद यहि कारण होला चीनमा माओको शासन हुँदा बेला-बेलामा माओले नेपालमा राजसंस्था कायम हुनुपर्छ नत्र नेपाल सकिन्छ भन्ने सल्लाह दिएका । हिजो इन्डियाका गल्लीमा अम्लेट खाँदै जनता मराउने अहिलेका नब राजाहरुले अब चीनको पुछार बन्ने अभिलाषाले बिज्ञप्ति जारि गरेका हुनकी खोइ..

९) अहिले भेनेजुएलाको राष्ट्रियताको कुरा गर्ने प्रचण्डले हिजो आफुले चुनवान बैठकमा छलफल हुँदा, राष्ट्रियताको लागि राजासंग मिलेर इंडियासंग लड्ने कि भारतसंग मिलेर आन्तरिक रुपमा रहेको सामन्ती राजसंस्था सक्नेमा भन्नेमा के गरेका थिए विचार गर्नु पर्दैन । तिमि कांग्रेस र कम्युनिस्ठले भारतमा गरेको १२ बुंदे सम्झौता सार्भभौम वा राष्ट्रियताको कुन परिभाषा भित्र पर्छ महासय ? तिमि महामहिमहरुको त्यो व्यवहार र सम्झौता संग त बरु ३४ बर्षे गुआइदो को व्यवहार मिल्छ, बिज्ञप्ति नै जारी गर्नु परेपनि उसैको पक्षमा गनुपर्थ्यो नि । अहिले उत्तरबाट किन र कस्तो केहि केहि खानु भो महासय ? जुन अहिले कोक्याको छ ।

१०) लामो समय औपनिबेश देशहरुले त्यहाँको स्रोत साधन दोहोंन र रस्वासाधन गरेका थिए । सन् १९९९ पछि ह्युगो चाभेजको तेल बेचेर जनतामा पाएको सम्वृद्धि तेलको बजारसंगै बिलायो । सन् २०१४ मा १०० अमेरिकन डलरमा बिक्रि हुने ब्यारेल (लगभग १५९ लिटर ) तेल सन् २०१६ मा पुग्दा ३० डलरमा पनि बिक्न धौ धौ भयो । खाली तेल र खानी दोहोन गरी निर्यातको भरमा धानियको आर्थिक कारोबार एकै चोटी खत्तम हुँदा आर्थिक संकट चुलियो । आन्तरिक कर प्रणाली र अन्य आर्थिक पाटो नहेरी एकोहोरो तेल र खानी बजारमा श्रम लगानी गर्दा अहिले भेनेजुएला आर्थिक रुपमा थला परेको छ । ब्राजिल,कोलम्बिया,अम्रिकन राष्ट्रहरु संकटको सामना गर्ने निहुँमा पसेर हाम्रो सार्भभौमिकता सक्छन भन्ने मनोविज्ञानले दरो जरा गाडेको भए पनि आम सर्बसाधारण भने भोकमरीको चपेटामा पिल्सिएर धेरै कोलम्बिया तर्फ लागेका छन् । यस्तो सम्म कि फोहोर उठाएर खाने,कपाल काटेर बेच्ने ,यौन बजारमा जाने, केटाकेटी बेच्ने, । अमेरिकाले पनि लुप्त रुपमा तेल माथि आँखा गाडेको कुरा केहि विश्लेषकहरु बताउछन । अहिले सैनिक बाहेक धेरै जनता अमेरिका,क्यानाडा,ब्राजिल लगायतले समर्थन गरेका युवा स्व घोषित रास्ट्रपति गुआइदोको पक्षमा देखिन्छन । निर्यातमा मात्र भर पर्नु ,कर्मचारीहरु भ्रस्ट हुनु , सरकार आर्थिक कारोबार मिलाउन नसकेको ,आर्थिक र राजनीतिक शक्ति सानो झुण्डमा रहेकोले पनि संकट चुलिएको हो ।

संकट हुनुमा आन्तरिकतत्व जति कारक हुन्छन त्यति बाहिरीया नहोलान । आर्थिक कमजोरी आन्तरिक भएपनि अमेरिकन नाकबंधीले झन् आघात बनाएको कटु यथार्थ छ भने उता चिन, रसियाले सैनिक उचाल्नु तथा अमेरिका, कोलम्बिया र ब्राजिल लगायतले सर्बसाधारणलाइ पनि आन्दोलनमा उर्जा थप्नु दुबैको आर्थिक लोभ हो । पुजीवादी राष्ट्रलाई जन्मजात शत्रु देख्ने मात्र होइन आफ्नो समर्थन नगर्ने जनतालाई अम्रिकन दलाल देख्ने मदुरो हुन या अमेरिका जस्तो राष्ट्रको समर्थन छ भन्दै जननिर्बाचित राष्ट्रपति नमानी आफैंलाई राष्ट्रपति घोषणा गर्ने गोजाइदो , दुवै भेनेजुएलाको संकट र गरिब सर्बसाधारणका लागि हटी छन् ।

भेनेजुएलाको लागि कसैको बिज्ञप्ति भन्दानी तत्कालै मानबिय सहयोग र मध्यस्थता गर्ने राष्ट्रको खाचो रह्र्को छ । दुवै पक्ष मिलाएर देशको संकट समाधान गर्ने शक्ति निर्माण होस् र भेनेजुएला पुन निर्भर,सार्बभौम राष्ट्र बनोस । फेरी असफल राष्ट्र बनेर सयुक्त राष्ट्र संघका सैनिकले परेड खेल्ने भुमि बन्नु नपरोस किनकि धेरै जसो सयुक्त राष्ट्र संघले हात हालेका देशको हालत खराब नै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com