२०८३ जेठ ३, आइतबार
२:५३:१२ दिउँसो
- ADVERTISEMENT -

राजतन्त्र हटाएर गुरिल्ला र राँची लानुपर्नेहरुको नेतृत्वमा अधिनायकबाद भित्र्याउन, भ्रष्टाचार र अपराध जोगाउन कांग्रेसले हिजो सहकार्य गरेको होइन ….

प्रकाशित मिति: २०७५ माघ २६, शनिबार

1311
Shares

२६ माघ २०७५ ।

लेख्न शुरु गर्नु पहिला लेखमा २ वटा शब्दहरुको प्रयोग गर्नुको कारण उल्लेख गर्न चाहन्छु। जतिबेला माओवादी र एमाले छुट्टाछुट्टै पार्टी थिए, धेरै कार्यक्रमहरुमा केपी ओलीले माओवादीहरुलाई गुरिल्ला भन्थे र माओवादी पार्टीलाई खहरे भेल भन्दथे । ति भिडीयो फुटेजहरु अहिले पनि धेरैसँग सुरक्षित छन् ।

त्यस्तै, कुनैबेला एमाले कांग्रेस संयुक्त सरकार थियो, माओवादी प्रतिपक्ष थियो । तत्कालीन माओवादी नेतृत्वको ३३ दलिय मोर्चा आन्दोलनमा थियो, त्यतिबेला त्यही मोर्चाले अर्थात प्रचण्ड कमरेडहरुले केपी ओलीको दिमाक चेक गर्न राँची लानुपर्ने भनेर पत्रकार सम्मेलन गरेरै भनेका थिए ।

माओवादी र प्रचण्डहरुले एमालेलाई पार्टी नै मान्दैनथे। कांग्रेसमा घुस्दा सहि हुने बताउथे । यि दुई शब्द (गुरिल्ला र राँची लानुपर्ने) कतै सानेपाबाट निस्केका शब्द नभएर त्यतिबेला प्रचण्ड कमरेड र ओली कामरेडकै मुखबाट पेरीसडाँडा र बल्खुबाट निस्केका शब्द हुन् । त्यसैले, मैले यि दुई शब्दलाई सापटी लिदै सहज रुपमा प्रयोग गर्नेछु ।

आज तिनै गुरिल्ला र राँची लानुपर्ने २ जना पाईलटले नेकपा नाम गरेको जेट चलाईरहेको अवस्था छ । माघ २१ गते सरकारको बिरोधका लागि कांग्रेस शक्ती प्रदर्शनमा सडकमा जाँदै थियो । बिरोधका लागि कांग्रेस सडक जाँदै गर्दा निर्मला पन्त हत्या प्रकरण, वाईडबडी जहाज घोटाला, बुढीगण्डकी घोटला, एनसेल कर छली प्रकरण, महँगी, संघियता कार्यान्वयनमा सरकारको ढिलासुस्ती, संसदीय सर्बोच्चता मिचेको, अधिनायकबादी बन्दै दमन बढाएको, ३३ किलो सुन प्रकरण, चिकित्सा शिक्षा बिधेयक, कांग्रेस नेताका नाम गरेका अस्पताल सरकारले खारेज गर्न खोजेको लगायत बिबिध एजेन्डाहरु थिए ।

यिनै एजेन्डाहरुले नेकपाका नेताहरु एकाएक तर्सिए । हतार हतार नेकपा जेटका पाईलट र यात्रुहरुको सचिवालय बैठक बसेछ। बैठक पश्चात प्रबक्ता नारायणकाजीले हामी कांग्रेससँग सहकार्य गर्न चाहान्छौ भनेर जानकारी दिएका थिए । यसको सिधा अर्थ के हो, सजिलै बुझ्न सकिन्छ, वाईडबडी भ्रष्टाचारमा सहकार्य गरौ, एनसेलले नतिरेको ट्याक्समा पनि सहकार्य गरौ हत्या, बलात्कार जस्ता घटनाको बारेमा चुपचाप बसौ, बुढीगण्डकीमा भएको अरबौ कमिसन पनि मिलेर बाँडौ, चिकित्सा शिक्षामा माफियाकरण गरेर अरबौ कमाउने धन्दा गरौ, कता कता कसको भागमा कति पार्ने हो मिलाउने काम गरौ ।

तर, जनताका बिचमा यति ठूला अरबौंका घोटाला, हत्या, बलात्कार र हिंसाका कुरा बोकेर सरकारको आलोचना गर्न कांग्रेस नजाओस् । नेकपाको चाहना यही हो । तर, अब कांग्रेसले नेकपासँग सहकार्य गर्दैन, अब कामरेडहरुले भ्रष्टाचारी, बलात्कारी, अपराधी, माफिया, तस्कर जोगाउनकै निम्ती कांग्रेसलाई सहकार्य गर्न बोलाउनु पर्दैन । यदी सहकार्यको निमन्त्रणा शेर बहादुर देउबाले स्विकारेर लुसुक्क परेर कमरेडहरुसँग भेट्न गए भने हामी कार्यकर्ता देउबा बिरुध्द पनि लड्छौ तर गुरिल्लाहरु र राँची लानुपर्नेहरुसँग सहकार्य गरेर भ्रष्टाचार, बलात्कार, अपराध, मँहगी, तस्करी मौलाउन कांग्रेसहरुले दिनेछैनन् ।

हो, कांग्रेसले हिजोका दिनमा कहिले गुरिल्लाहरुसँग सहकार्य गर्यो, कहिले राँची लानुपर्नेहरुसँग सहकार्य गर्यो । त्यो सहकार्य गणतन्त्र र लोकतन्त्रका लागि थियो, संविधानका लागि थियो, संविधान कार्यान्वयनका लागि थियो तर आजको दिन देख्न थिएन ।

राजतन्त्र हटाएर गुरिल्ला र राँची लानुपर्नेहरुको नेतृत्वमा अधिनायकबाद भित्र्याउन, भ्रष्टाचार र अपराध जोगाउन कांग्रेसले हिजो सहकार्य गरेको हैन।

माओबादी जन युद्दको बेला गिरिजाबाबुले गुरिल्लाहरुसँग सहकार्य नगरेको भए, हजारौं नेपाली जनता मर्न सक्थे । प्रहरी मारिन्थे, सैनिक मारिन्थे, माओबादी लडाकु मारिन्थे, नेता कार्यकर्ता मारिन्थे, सर्वसाधारण मारिन्थे । समग्रमा जो मरेपनि नेपाली जनताले मारिनुपर्दथ्यो, घाईते हुनुपर्दथ्यो, बेपत्ता हुनुपर्दथ्यो त्यो ठुलो दुर्घटना रोक्न १७ हजारबाट लाखौ पुग्न नदिन गिरिजाबाबुले गुरिल्लाहरुसँग सहकार्य गर्नुभो । गणतन्त्रमा देश पुग्यो, गुरिल्लाहरुसँगको त्यो सहकार्यले देशमा ठुलो दुर्घटना रोकियो ।

केही समय गुरिल्लाहरु र राँची लानुपर्नेहरुले सहकार्य गरे तर संविधान बनाउन नसकेर असफल भए । दोस्रो संविधानसभा पश्चात फेरी कांग्रेसले राँची लानु पर्नेहरुसंग सहकार्य गर्यो र संविधान बनाउने काम पुरा गर्यो । यदी त्यतिबेला त्यो सहकार्य नगरेको भए दोस्रो संविधान सभा पनि असफल हुने थियो । त्यसैले, राँची लानुपर्नेहरुसँगको सहकार्य तत्कालीन समयमा सही थियो । संविधान बनेपश्चात संविधान कार्यान्वयन गर्नु ठूलो चुनौती थियो, संविधान जलाउनेहरुलाई पनि मिलाएर संविधानको कार्यान्वयन गर्नु थियो ।

गुरिल्लाहरु र राँची लानुपर्नेहरुले सहकार्य गरेर त्यो जिम्वेवारी लिए तर कुनै पुरा गर्ने छाँटकाँट देखिएन । उखान टुक्का प्रहार गरेजस्तो सहज त्यो कुर्चीमा रहेन अन्तत गुरिल्लाहरुलाई फकाएरनै भएपनि संविधान कार्यान्वयन गर्न देउबाले अग्रसरता लिए । ईतिहासकै ठूलो मन्त्रिमन्डल भनेर देउबाको आलोचना गरेको सुन्छु,के त्यतीबेला गुरिल्ला, मन्डले, मधेसबादी सबैसँग सहकार्य नगरेको भए र ठूलै भएपनि मन्त्रिमण्डलमा राखेर मिलाएर नगएको भए संविधान कार्यान्वयन हुन्थ्यो ? अवश्य पनि हुने थिएन, प्रचण्डकी छोरीलाई चितवनबाट जिताउन सहकार्य नगरेको भए उस्तै परे गुरिल्लाहरुले स्थानिय निकायको चुनाब गराउनै समस्या पार्ने थिए ।

त्यसैले, संविधान कार्यान्वयन गर्न र संविधानलाई स्विकार्य गराउन पनि गुरिल्लाहरुसँग सहकार्य गरेर केपी ओलीले गर्न नसकेको काम देउबाले गरेका थिए । त्यसैले, ईतिहासमा गुरिल्लाहरु र राँची लानुपर्नेहरुसँग गरिएको सहकार्यमा हामी कांग्रेसहरुलाई त्यती ठुलो गुनासो छैन भलै सहकार्यका नाममा कांग्रेसले आफ्ना केही सिध्दान्त समेत छाडेको बिषय पार्टीको बिषय हो । गणतन्त्र, धर्म, संघियता लगायत बिषयमा पार्टी धेरै थोरै चुकेको छ तर त्यो सबै देशलाई निकास दिन र दुर्घटनाबाट जोगाउन थियो भनेर हामी कार्यकर्ता बुझ्दछौ ।

संविधानको कार्यान्वयनसम्म कांग्रेसले नेतृत्व गरिदिएपछि २ तिहाई मत लिएर सरकार चलाईरहेका राँची लानुपर्ने र गुरिल्लाहरुको अबको काम संविधानमा टेकेर राष्टलाई समृध्द बनाउनु हो । भ्रष्टचार, अपराध, हिंसा, महँगी, तस्करी रोक्नु हो। हामी कांग्रेस त हाम्रो पार्टीको झन्डा अनुसार पनि माथिल्लो रातो भाग राजनीतिक क्रान्ती, बिचको सेतो भाग शान्ती र तलको रातो भागलाई आर्थिक र सामाजिक क्रान्ती भन्छौ । कांग्रेसले झन्डाको माथिल्लो २ वटा भाग पुरा गर्न गुरिल्ला र राँची लानु पर्नेहरुसँग सहकार्य गर्यो र सामाजिक र आर्थिक क्रान्तीको लागि सरकार बाहिर बसेर लड्दैछ तर गुरिल्ला र राँची लानु पर्नेहरु गलत बाटो लागेका छन् ।

राज्यका सबै संयन्त्र कब्जा गर्ने, आफ्नो पार्टीका नेता संलग्न रहेर गरेको अरबौ भ्रष्टाचार जोगाउने, हत्यारा बलत्कारी जोगाउने, नक्कली कैदी उत्पादन गरेर सक्कली अपराधी जोगाउने, २ तिहाईको बलमा खुलेआम देशलाई माफियाकरण गर्ने, जनताको आवाज दबाउने, जनताको मागमा मजाक उडाउने, असंलग्न परराष्ट्र निती अवलम्बन गरेको नेपाललाई अमेरिका र भेनुजुयालासँग जिस्काउने तर आफ्नो देशको सिमा दिनकै मिचिदा नबोल्ने, आफ्नो देशमा भारतीय सैनिक परेड खेल्दा नबोल्ने, लिपुलेकको बारेमा नबोल्ने, मँहगी बढ्यो भन्दा हाम्रो पाला सुनको मुल्य एक सुका तोला थियो अहिले ५५ हजार पर्छ सँधै एउटै मुल्य खोजेर हुन्छ भनिदिने, खुलेआम राज्यनै लागेर धर्मप्रचारक संस्थाको कार्यकर्म गर्ने जस्ता गतिबिधीमा नेकपा र नेकपाको सरकार हिडेको छ ।

यसरी हिडेको सरकारले नत समृध्दी हाँसिल गर्छ, नत जनताको जीवनस्तर सुधार गर्न सक्छ नत गरिबी हटाउन सक्छ नत देशमा रोजगार सृजना गर्न सक्छ, नत जनतालाई न्यायनै दिन सक्छ, नत सुशासन कायम गर्न सक्छ, यो सरकारबाट आर्थिक र सामाजिक क्रान्ती संभव छैन भन्ने १ बर्षमै प्रमाणित भएको छ ।

नेकपाले कांग्रेसलाई सहकार्य गरौ भनेर निम्ता गरेकोमा धन्यबाद तर गलत बाटो हिडेका गुरिल्ला र राँची लानुपर्नेहरुसँग अब सहकार्य गरेर कांग्रेसले भुल गर्दैन। यदी सहकार्यको निम्ता स्विकारेर कांग्रेस नेतृत्व मख्ख परेमा कार्यकर्ता आफ्नै नेतृत्व बिरुद्ध जाग्नेछन् ।

(जापानमा रहँदै आएका कांग्रेस कार्यकर्ता लेखक सापकोटा सामाजिक सञ्जाल मार्फत सामाजिक र राजनितीक बिषयमा कलम चलाउने गर्छन। )

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -