- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभर तीन दिनसम्म वर्षा, हिमाली क्षेत्रमा हिमपात, ट्रेकिङ र घुमघाममा नजान सुझाव

February 7, 2019
1304
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

यस्तो छ मौसम पूर्वानुमान
काठमाडौं, माघ २४

मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो, हिउँदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ,’ मौसमविद् सुवास रिमालले भन्नुभयो ।

कतिपय ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा हुने महाशाखाले जनाएको छ । माघको अन्तिमतिर वर्षा र हिमपातको अनुमान धेरैले नगरे पनि मौसममा आएको बदलावका कारण सचेत हुनुपर्ने अवस्था रहेको भन्दै महाशाखाले सवैलाई सतर्क रहन आग्रह गरेको छ।

शनिबारसम्म वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘केही दिन वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्छ,’ रिमालले भन्नुभयो । केही दिनदेखि चिसो ह्वातै घटेको थियो । पानी परेसँगै चिसो बढने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिम नेपालमा मध्यम वर्षा भएको मौसमविद् रिमालले जानकारी दिनुभयो । आज काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने उनको भनाइ छ । पश्चिमी हिमाली क्षेत्रमा एक–दुई स्थानमा हिमपातको सम्भावना आकलन गरिएको छ । काठमाडौंमा पानी पर्न सुरु भइसकेको छ ।

पूर्वी क्षेत्रमा पनि आजबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने छ । एक–दुई स्थानमा वर्षा भई केही उच्च हिमाली क्षेत्रमा हिमपात हुने रिमालले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले महाशाखाले ट्रेकिङ र घुमघाममा नजान पर्यटकलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -