- ADVERTISEMENT -

क्यान इन्फोटेक मेलाः प्रविधिको प्रयोगमा केन्द्रित

February 1, 2019
1107
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १८ माघ २०७५ । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।

विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका छन् ।

- ADVERTISEMENT -

Advertisement

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ गत वर्षभन्दा निक्कै भिन्न छ । दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित भएको क्यान महासंघकी उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिइन् ।

मेलामा दूरदराजमा ड्रोनको प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग व्यावहारिक रुपमै देखाइएको छ । ‘ड्रोनबाट दूरदराजमा औषधि पठाउन सकिने, एक ठाउँबाट दुई–तीन ठाउँमा अध्ययन–अध्यापन गराउन सकिनेलगायत प्रविधिको व्यावहारिक प्रयोगमा यसपटक विशेष ध्यान दिएका छौं,’ उनले भनिन्, ‘त्यसकारण पनि क्यान इन्फोटेक २०१९ विगतमा भन्दा भिन्न छ ।’

- ADVERTISEMENT -

Advertisement

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् । क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले यसपटकको सूचना प्रविधि प्रदर्शनी सर्भिस सेक्टर र इन्नोभेसन केन्द्रित भएको बताए। ‘यसपटक बैंकिङलगायत क्षेत्रका लागि प्रविधिको प्रयोगलाई क्यानले विशेष प्राथमिकता दिएको छ,’ उनले भने, ‘त्यस्तै इन्नोभेसन सेक्टरमा आउन चाहनेका लागि मेला एक्सपोजर बनेको छ ।’

मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको क्यानले जनाएको छ । मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते) सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ ।

मेलामा बिहीबार पनि प्रविधिको माध्यमबाट अध्ययन गराइएको थियो। मेलामा काठमाडौंको पद्मकन्या माध्यमिक विद्यालयबाट मेलास्थल आएका विद्यार्थी र बुटवलको कालिका माविका विद्यार्थीलाई एकसाथ प्रविधिको माध्यमबाट बूढानीलकण्ठ स्कुलका शिक्षकले पढाएका थिए ।

कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ। त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -