१६ माघ २०७५
आदरणीय साथीहरू !
धेरै भुमिका नबॉंधी म सिधै मुख्य बिषयमा नै प्रवेश गर्न चाहान्छु, भनिन्छ नि कुनैपनि संघ, संस्था वा बिचार र आस्थामा मानिसको लगाब हुनुको पछाडी निश्चित कुरामा उ स्वंयम् को प्रतिबद्धता र स्वाभिमानले उसलाई भित्रै देखि समर्पित गरेको हुन्छ । हामी हाम्रो जन्नभुमिमा रहँदा बस्दा कुनै न कुनै संघ-संस्था र राजनितिक आस्थाबाट प्रभाबित थियौ र सोहिनुसार सकृय पनि भईयो, तर अहिले हामी हाम्रो भूगोल भन्दा निकै टाढा सात समुन्द्र पारी छौ र यहाको भाषा, नयॉं समुदाय, परिस्थिती र दैनिक जीवनलाई सहज बनाउनमा हामीले पहिले आफ्नो महत्वपुर्ण समय खर्चिएका छौ र खर्चिनु पनि पर्दछ । त्यसको अवला हामीसंग बॉंचेको समयको केहि हिस्सा यहॉं सकृय संघ संस्थामा रूचिनुसार खर्चिने गरेका छौ, त्यो मध्येको अमेरिकामा नेपाली समुदायका बीच सबैभन्दा पहिले सबैभन्दा धेरै राज्यहरूमा फैलाउन रात दिन हिडेकोमा म आफुलाई गर्व लाग्छ । यसरी धेरै राज्यहरूमा नेपाली जनसम्पर्क समिति, अमेरिका फैलिएको थियो, छ र रहला पनि ? तर आज यो संस्था किन यति धेरै सुस्ताएको र नेपाली समाजका हरेक गतिबिधिका बारेमा संस्थागत चासोबाट बिमुख हुदैछ भन्नेमा हामीले समयमा ध्यान दिन सकेनौ र त्यो या यो बाहानामा संस्थाको नेतृत्व रोमली रहँदा यसको फाईदा कसैले लिदैछ भन्नेमा ध्यान जान जरूरी छ ।
नेपाली जनसम्पर्क समितिमा आबद्ध यति धेरै मानिसको नेतृत्व गरेका हामी आफ्नो ब्यक्तिगत स्वार्थ र हितका लागि मात्र यस संस्थालाई दाउपेचमा राख्ने प्रबृत्तिलाई आज हामीले चिर्न सकेनौ भने यसको प्रत्यक्ष असर हाम्रो आस्था धरोहरको प्रतिक हामीले अंगिकार गरेको बिचारमा पर्नेछ भन्नेमा अब कुनै शंका रहेन ।
आफु बसेको भूगोल, आफुले नेतृत्व गरेको संस्था र यहॉंहुने नेपाली समुदायको गतिबिधि र कार्यक्रमहरूमा सकरात्मक र रचनात्मक सहयोग र हातेमालो गर्दै आम लोकतन्त्रबादीलाई एकढिक्का बनाई अगाडी जानसक्ने अॉंट, क्षमता र शाहस हामीले गर्न सक्नु पर्दछ ।
नेपालको राजनितिक गतिबिधीमा मात्र स्वरमा स्वर मिलाएको ढॉंचाको बक्तब्यबाजीले मात्र जनसम्पर्क समिति अमेरिकाको कर्तब्य पुरा हुदैन, त्यसको निम्ति आफु रहेको र बसेको भूगोलमा हुने सामाजिक, राजनितिक र सार्बजनिक बिषयमा पारदर्शिक र परिपक्क निर्णय गर्न सक्नु पर्दछ। कुनै कोठा र कुनामा बसेर कसैलाई आश्वासन दिनका निम्ति संस्थालाई उपयोग गर्ने कोशिष कसैका लागि छुट र क्षम्यहुनेवाला छैन ।
यो नेपाली जनसम्पर्क समितिको उदेश्य, लक्ष्य र गन्तब्य भनेको कुनै अमुक ब्यक्ति बिशेषको माथि चढ्ने भर्यागं बनाउने मात्र भन्दापनि यहॉं रहेर सबै लोकतन्त्रबादी नेपालीहरूलाई एकजुट बनाई मातृभुमिमा हुने लोकतन्त्र बिरोधी निर्णय र गतिबिधिमा होसियारी पुर्वक निरन्तर खबरदारी गर्नु नै हो । त्यसैले यो बिचारद्धारा सिंचित संस्था हो, यसको मुख्य बिचारसंग बॉंझिने खालका प्रबृत्ति र ब्यक्तिसंगको हातेमालो हामी कोहिपनि लोकतन्त्रबादीका लागि सह्रय हुने कुरा छैन, नेपाली जनसम्पर्क समिति अमेरिका “चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड” अब यसमा कसैले दुबिधा लिनुपर्ने छैन, हामीले हाम्रो संस्कार र बिचारका बिरूद्धमा गरिने निर्णय र गतिबिधिलाई चिर्न सक्ने ताकत राख्न सक्नु पर्दछ। तर्सथ प्रजातन्त्रमा विश्वास राख्नुहुने सम्पूर्ण साथीहरूलाई एनआरएनए अमेरिकामा सक्रिय भुमिकामा रहन र सदस्यता लीई दिनु हुन समेत अनुरोध गर्दछु ।
अन्तमा आवश्यकता अनुसार म तपाईहरूसंग निरन्तर सम्पर्क रहने नै छु र रहिरहने छु। यहॉं हुने हरेक गतिबिधिहरूमा र नेपालमा कम्युनिष्ट सरकारको मनोपलीतन्त्रलाई निरूत्साही गर्दै नेपाली जनताहरुको लामो संघर्षबाट स्थापित लोकतान्त्रिक मुल्य र मान्यतालाई अक्षुण राख्न हामी सबैले आजैबाट स्वच्छ भावानाले सकरात्मक पथमा हिड्ने प्रण गरौ।
जय नेपाल ।
(बिष्णु सुबेदी नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्ब संयोजक हुनुहुन्छ )