- ADVERTISEMENT -

गोर्खा इन्काउन्टर्सका संस्थापकसमेत रहेका राजेन्द्र बजगाई माथी षडयन्त्र किन ?

January 23, 2019
2289
Shares
- ADVERTISEMENT -

९ माघ २०७५ । गतसाता खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको तथ्यमा आधारित समाचारहरुले नेपाली सञ्चारक्षेत्रलाई तरंगित बनायो । स्वीस बैंकमा नेपालीको रकम रहेको तथा अवैध रुपमा विदेशमा लगानी गरिएका विषयमा विभिन्न व्यापारी र उद्यमीहरुको नाम जोडेर आएको पाइयो । कतिपयले समाचारको खण्डन गरेका छन् र आरोपलाई सत्य सावित गर्न चुनौती दिएका छन् । तीमध्येका एक हुन् पर्यटन उद्यमी राजेन्द्र बजगाई ।

नेपालको पर्यटन क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन, राजेन्द्र बजगाई । गोर्खाको भीमसेन गाउँपालिका १ मसेलमा सामान्य किसान परिवारमा जन्मेर दुःख संघर्ष गर्दै युवा उद्यमी र राजनीतिज्ञको परिचय बनाउन बजगाईलाई दशकौं मेहेनत गर्नुपर्यो । परिश्रम र लगनशीलताले प्राप्त पहिचानमाथि अनायशै प्रहार हुन थालेपछि बजगाई ‘नबिराउनु नडराउनु’ को नीति लिएर अघि बढेका छन् ।

- ADVERTISEMENT -

Advertisement

गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनी गोर्खा १ मा प्रदेशसभा सदस्यको प्रत्याशी थिए । २०७४ साल असोज ८ गते उनलाई लक्षित गरेर २ वटा बम प्रहार गरिए, त्यसबाट भाग्यवश उनी बाँच्न सफल भए । आफूलाई लक्षित गरेर बम प्रहार भएपछि उनले मानव अधिकार आयोगमा दिएको निवेदनबारे ठोस निर्णय भइसकेको छैन । अझैपनि नियतवश आफूविरुद्ध लागेकाहरुबाट बच्न इमानदारिता र लगनशीलतालाई नै उनले कडी बनाएका छन् । अझै पनि उनलाई सामाजिक रुपमा बदनाम गर्ने र भौतिक रुपमा असुरक्षित बनाउनेहरु सक्रिय छन् ।

नेपाली पर्यटन क्षेत्रको चर्चित गोर्खा इन्काउन्टर्सका संस्थापकसमेत रहेका बजगाईले हालसम्म प्रत्यक्ष रुपमा १६ सय भन्दा बढी नेपाली युवालाई रोजगारी दिएका छन् । उनकै अगुवाईमा नेपालमा पर्यटन प्रबर्धन तथा जलवायु परिवर्तनका जोखिम विरुद्धका विभिन्न प्रयासहरु गरिएका छन् । उनकै पहलमा जलवायु परिवर्तनविरुद्ध कालापत्थर बैठक सम्पन्न भएको थियो । साउदी अरबका राजकुमार अल वलिद बिन तलाल, नेदरल्याण्डका राजकुमार विलियम मलेक्जेण्डर लगायत उनकै पहलमा नेपाल आएर पयर्टन प्रबर्धनमा सहयोग गरेका थिए । गोरखा जिल्लाको विकास र स्थानीय जनताको चाहना पूरा गर्न व्यवसायका अलावा समाजसेवा र राजनीतिको माध्यमबाट पनि बजगाईले प्रयास गरिरहेका छन् । उनै बजगाईविरुद्ध बेलाबखतमा सुनियोजित प्रहार र षड्यन्त्र हुने गरेको छ ।

२०७२ बैशाख १२ गते, नेपाल भूकम्पका कारण क्षतविक्षत भयो । भूकम्पको केन्द्रविन्दु नै गोरखा थियो । गोरखाका कुनै गाउँ भूकम्पको क्षतिबाट विमुख थिएन । यस्तो बेला व्यवसाय मात्रै सोचेनन् बजगाईले । राजेन्द्र बजगाई र उनको गोर्खा इन्काउन्टर्सले आफ्नो सबै प्रयास भूकम्प पीडितको उद्धार र राहतमा लगायो । व्यवसाय नै बन्द गरेर हेलिकोप्टरमा राहत सामाग्री पुर्याउने र भूकम्पका घाइतेहरुलाई उपचारको प्रबन्ध गर्नेमा तल्लीन रहे बजगाई । गोरखाका बालक, युवा, वृद्ध सबै अप्ठ्यारोमा पर्दा सारथी बनेर उभिए उनी । गोरखामा मात्रै १ करोड २६ लाखभन्दा बढीको टेन्ट, जस्तापाता, मेट्रेस, स्लिपिंग ब्याग भूकम्प पीडितकहाँ पुर्याए । यतिबेला उनै बजगाई र गोर्खा इन्काउन्टर्सलाई तारो बनाएर षड्यन्त्र रचिएको छ । ‘भूकम्पपीडित जनताको राहतभन्दा मेरो व्यवसाय ठूलो होइन । त्यसैले काम नै रोकेर कम्पनीका साधन स्रोत पनि लगाएर मैले गोरखामा उद्धार र राहत अभियान चलाए । एमआई १७ हेलिकोप्टर दर्जनौ पटक भूकम्पपीडितको सहयोगका लागि गोरखा पुर्याए । आज त्यही कम्पनीको गुडविल सिध्याउन मेराविरुद्ध संगठित प्रयास भएको छ ।’बजगाईले भने ।

विदेशमा लगानी गरेको र ट्याक्स हेवन मुलुकबाट लगानी ल्याएको विषयलाई जोडेर यतिबेला उनको बदनामीको प्रयास भइरहेको छ । जसलाई उनले खुलेर खण्डन गरेका छन् । बिनाप्रमाण अनेक आरोप लगाउने र उनको नाम मुछेर चरित्र हत्या गर्ने प्रयास वर्षौदेखि निरन्तर छ । यद्यपि उनी विचलित भएका छैनन् । उनको कम्पनीले नेपालको पर्यटनबारे विश्वभर प्रचार गर्ने तथा पर्यटकलाई नेपाल ल्याएर सेवा दिने काम गर्दै आएको छ । पर्यटन तथा होटल क्षेत्रमा बजगाँईले गरेको लगानी वैधानिक मात्रै छैन, सरकारलाई वर्षेनी अत्यधिक कर बुझाउनेको सूचीमा उनको नाम शीर्षस्थानमा छ ।

आफूविरुद्ध निरन्तर प्रहार भएपछि उद्यम, समाजसेवा र राजनीतिक कर्ममा उनी निरन्तर क्रियाशील छन् । ‘नबिराउनु नडराउनु भन्ने जानेर हुर्केको हुँ । आज मेराविरुद्ध जेजति षड्यन्त्र रचिएका छन् ती सबै समयक्रममा गलत सावित हुनेछन् ।’, बजगाईले भने । उनले आफूले सयौं युवालाई रोजगारी दिएको, भूकम्पपीडितलाई व्यक्तिगत रुपमा सहयोग गरेको, असहाय र गरिबहरुको सेवामा निरन्तर सक्रिय रहेको र गोर्खाका हिमाली क्षेत्रका बिरामीहरुको उद्दारका लागि सहयोग गरेकोबाट राजनीतिक र सामाजिक रुपमा त्रसित भएकाहरुले षड्यन्त्र जारी राखेको बताए । ‘आजपनि गोर्खाली जनता, नेपाली युवा र हिमाली क्षेत्रमा अप्ठ्यारोमा पर्दा मैले सहयोग गर्न पाएका बुवा आमा दाजुभाईको आशीर्वाद मलाई छ । मलाई बदनाम गर्ने र सिध्याउन खोज्नेहरुविरुद्ध लड्न जनताका यिनै आशीर्वाद काफी छन् ।’, उनले भने ।

खोज पत्रकारिता केन्द्रको अग्रसरतामा प्रकाशित समाचारहरुको मुख्य उद्देश्य स्वीस बैंकमा अवैध रुपमा धन जम्मा गर्नेबारे यथार्थ ल्याउनु थियो । तर स्वीस बैंकसंग कुनै साइनो नभएका बजगाईको नाम त्यहाँ जोडिएको छ । नेपालको पयर्टन प्रबर्धनका लागि अनलाइनमार्फत खोलेको गिफ्टेड कम्पनीलाई विदेशमा लगानी ओसारेको भनिनु गलत रहेको उनले बताए । ‘एक पाउण्डमा खुल्ने यस्ता कम्पनीमा कुनै लगानी गरिदैन । त्यसलाई नेपालको पर्यटन प्रबर्धनका लागि मात्रै प्रयोग गरिन्छ । यो कुनै अपराध होइन ।’, उनले भने ।

बजगाईको अग्रसरतामा नेपालमा लगानी गर्नेहरुले पनि प्रचलित कानून अनुसार नै काम गरेका छन् । कानून बमोजिम भए गरेका कामलाई पनि लगत दावी गरेर आफूलाई अप्ठ्यारोमा पार्न खोजिएको बजगाईको दावी छ । उनले अवैध धन जम्मा गर्ने, अवैध रुपमा काम गर्ने सबैलाई कारवाही गर्न माग गर्दै समाचारमा जनाइएको दावी गलत भएको हकमा सम्बन्धित संस्थाले त्यसको जिम्मा लिनुपर्ने बताए । गलत समाचारकै कारण सुरक्षा चुनौती समेत बढेको छ । उनले सरकारले छानबिन गरेमा आफूले हरतरहले सघाउन तयार रहेको बताए । ‘खाएको विष पो लाग्छ, नखाएको विष लाग्दैन भन्नेमा म ढुक्क छु ।’ उनले भने ।

‘नेपालमै काम गरेर नेपालकै पयर्टन प्रबर्धन गरेर नेपाली युवालाई स्वदेशमै अवसर दिएवापत दण्डित हुनुपर्ने हो ? भ्रष्टाचारी र अवैध काम गर्नेहरुको सही पहिचान गर्न चुनौती छ तर मेरो नाम त्यसमा संलग्नसंग किन जोडेको ?, उनले प्रश्न गरे । आफूविरुद्धका आरोप प्रमाणित गर्न समेत उनले चुनौती दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -