२०८३ वैशाख ७, सोमबार
१२:२६:३१ राति
- ADVERTISEMENT -

तत्कालको मौसमी सूचना दिने राडार स्थापना

प्रकाशित मिति: २०७५ माघ ४, शुक्रबार

945
Shares

काठमाडौं, ४ माघ २०७५ । तात्कालिक यथार्थ मौसमी सूचना बताउने ‘वेदर राडार केन्द्र’ सञ्चालनमा आएको छ । केन्द्रले बादलका विविध प्रकृति निगरानी गर्दै तत्कालिन तथ्यांक उपलब्ध गराउँदै भविष्यको नतिजा आंकलन गर्न सघाउछ ।

केन्द्रले बादल, बादलको प्रकार, बादलमा रहेको पानीको मात्रा, चट्याङ पार्न सक्ने बादलको प्रकृति, हिमपात, असिनाको पूर्वानुमान गर्दै वर्षा र अन्य मौसमी विवरण उपलब्ध गराउँछ ।

सुरक्षित हवाई माग पहिचान र आम जनमानससँग जोडिएका विविध सूचना सम्प्रेषणका लागि मुलुकमै पहिलो पटक सुर्खेतमा वेदर राडार स्थापना भएको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१३ रातानाङ्ला डाँडामा स्थापना भएको केन्द्रले २ सय किलोमिटर वरिपरिको मौसमी तथ्यांक अद्यावधिक गर्छ ।

विश्व बैंकको करिव ३० करोड रुपियाँको आर्थिक सहयोगमा स्थापना भएको केन्द्रले केही सातायता परीक्षण शुरु गरेको छ । इन्टरप्राइजेज इलेक्ट्रोनिक कर्पोरेसन (ईईसी) नामक अमेरिकी कम्पनीले ग्लोबल टेन्डरमार्फत राडर केन्द्र स्थापनाको स्वीकृती पाएकोमा सोही कम्पनीले अहिले राडार परीक्षण गरेको हो ।

परीक्षण सफल भइरहेको बताउँदै जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजु कुमार वैद्यले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘राडारको अपरेसनल टेस्ट भइरहेको छ कुनै प्राविधिक गडबढी नआएको खण्डमा इइसीले यही माघ १३ गतेपछि विभागलाई हस्तान्तरण गर्दैछ ।’

देशभरीको मौसमी सूचना अद्यावधिक गर्न यस्ता स्टेसन कम्तिमा ३ ठाउँमा आवश्यक पर्ने भएकाले पाल्पा र उदयपुरमा पनि राडार केन्द्र स्थापनाको प्रकृया अघि बढेको उहाँले जानकारी दिनुभयो ।

विभागले पाल्पा र उदयपुरको संभाव्यता अध्ययन पुरा गरी ग्लोबल टेन्डर आवहन गरिसकेको छ । यी दुई ठाउँमा भने सरकारी बजेट मार्फत राडार स्थापना हुने विभागका उप–महानिर्देशक डा.जगदीश कर्माचार्यले बताउनुभयो । केन्द्रका लागि आवश्यक जग्गा प्राप्तीपछि सडक र वत्ती विस्तार गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सञ्चालन खर्च महंगो
राडार केन्द्र सञ्चालनका लागि २४सै घन्टा नियमित बत्ति आवश्यक हुने भएकाले एउटा स्टेसनका लागि प्रतिघन्टा ८ किलोवाट बत्ति खपत हुने बताइएको छ ।
नियमित बत्ति आपूर्ति अवरुद्ध भएको खण्डमा जेनेरेटर र इन्धनको नियमित व्यवस्था समेत आवश्यक हुने महानिर्देशक बैद्य बताउनुहुन्छ ।

‘झट्ट बुझ्दा उर्जा र इन्धनमा मात्रै बार्षिक लाखौ रुपियाँ खर्च हुन्छ तर राडारले दिने सूचना त्यो भन्दा कयौ गुणा मूल्यवान हुन्छ’–उहाँले भन्नुभयो । विभागको निर्माणाधिन मुख्यालय काठमाडौंको बबरमहलमा समेत छुट्टै राडार राख्नेबारेमा अन्तर्राष्ट्रिय साँझदारहरुसँग छलफल भइरहेको बताइएको छ ।

विभाग मुख्यालयमा २५ किमी क्षेत्रफल आसपासको मौसमी विवरण अद्यावधिक गर्ने राडार जडानका लागि विभागले पहल अघि बढाइरहेको छ ।

सुर्खेतमा जनशक्ति अभाव
अमेरिकी कम्पनी इइसीले हाल आफ्नै खर्च र जनशक्ति जुटाएर राडार परीक्षण गरिरहेको छ ।

तर सो कम्पनीले विभागलाई स्वामित्व हस्तान्तरण गरेपछि आवश्यक पर्ने जनशक्ति र अन्य संस्थासँग हुने सहकार्य अझै टुङ्गो लागेको छैन ।
‘कम्तीमा ७÷८ जना जनशक्ति नियमित चाहिन्छ, सम्र्पूण विवरण खुलाएर मन्त्रालयसँग जनशक्ति माग गरिएको छ तर मन्त्रालयले जनशक्ति टुङ्गो लगाएको छैन’–विभागका सुर्खेत प्रमुख निराजन सापकोटाले भन्नुभयो । सुर्खेतमै ‘राडार सूचना केन्द्र’ राख्ने प्रस्ताव गरिएपनि पर्याप्त जनशक्ति नभएसम्म असंभव हुने उहाँको भनाई छ ।

नयाँ सांगठनिक संरचना अनुसार सुर्खेतस्थित मध्य तथा सुदुरपश्चिम क्षेत्रिय हावापानी कार्यालय बाँकेको कोहलपुर सरेपछि सुर्खेतमा राडार सूचना केन्द्र प्रस्ताव गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98