काठमाडौँ, १ पौष २०७५ । कांग्रेस महासमिति बैठक पार्टीको इतिहासमा नौलो राजनीतिक परिदृश्य र पृष्ठभूमिबीच सुरु भएको छ । पार्टीभित्र संसद्को भूमिकामा रहेको महासमितिमा निर्वाचन पराजयको समीक्षा, सांगठनिक व्यवस्थापन र कम्युनिस्ट सरकारको अकर्मण्यता आदि विषयमा निश्चय नै छलफल हुनेछ । तर, त्योभन्दा महत्वपूर्ण, संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचनाको निसर्त कार्यान्वयन र पुनर्गठित राज्यसंरचनालाई आर्थिक समृद्धिको माध्यम बनाउने प्रस्ट कार्ययोजना र मार्गचित्र निर्माण गर्नु यो बैठकको ऐतिहासिक दायित्व हो । बैठकमा प्रस्तुत हुने विधान संशोधन, राजनीतिक, सांगठनिक, आर्थिकलगायत प्रतिवेदन र प्रस्तावले हामीलाई वर्तमान राजनीतिको आकलन गर्न र कांग्रेसको भावी भूमिका पहिल्याउन मद्दत गर्नेछ ।

तर, अब यी नियमित र प्रक्रियागत अभ्यासमा मात्र अलमलिएर पुग्दैन । यो महासमितिको नारा छ— गौरवशाली इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य । झट्ट हेर्दा यो नारा वर्तमानको किंकर्तव्यविमूढ अवस्थाबाट लुक्न इतिहासको महिमामा भुल्ने बहानाजस्तो पनि देखिन्छ । निःसन्देह कांग्रेसको विगत गौरवशाली छ । विगतको योगदानका आधारमा हाम्रो वर्तमान र भविष्यप्रति जनताले न्याय गरून् भन्ने हाम्रो चाहना रहे पनि आमनागरिकले गौरवशाली इतिहासको चस्माबाट हेरेर मात्रै हाम्रो भविष्यको आकलन गर्दैनन् । वर्तमानको कर्मबाट भविष्यको सम्भावनाको मूल्यांकन गर्छन् । इतिहासको भण्डारबाट हामीले विगतमा लिएको ब्याज अब सकिएको छ । अब हाम्रा संस्थापक नेताहरूको एकोहोरो कर्मकाण्डीय उपचारबाट कांग्रेस पार लाग्नेवाला छैन । वर्तमान बुझ्न र सुध्रिन आवश्यक छ ।

तर, के वर्तमानको विषय अहिलेको सरकारको अकर्मण्यता र त्यसपछि हामीले सरकार बनाउने विषय नै हो त रु कांग्रेसले अर्को निर्वाचनपछि सरकारको नेतृत्व गर्ला नै । जनताले कांग्रेसलाई मत दिन अहिलेको सरकारको गतिहीनता नै पर्याप्त हुने संकेत देखिएका छन् । तर, कम्युनिस्ट सरकारको दुष्कर्मले मात्र हाम्रो हातमा आउने सरकारको नेतृत्वले आमजनतालाई उत्साहित बनाउला रु कांग्रेसको तत्कालको मूल सरोकारको विषय त पार्टीको आफ्नै छवि र भूमिकालाई उजिल्याउनु हो । त्यसबाट मात्रै जनताले कांग्रेससँगको विश्वास र भरोसामा आफ्नो भविष्यलाई जोड्न सक्नेछन् । यसका लागि महासमिति बैठकको यो अवसरलाई आत्मनिन्दा होइन, आत्मसमीक्षा र आत्मशोधनमार्फत पार्टीलाई युगसापेक्ष भूमिका निर्वाह गर्न सक्षम र अतीतमुखी होइन, भविष्यमुखी शक्तिमा रूपान्तरण गर्न सदुपयोग गर्नु अपरिहार्य छ ।

यसको प्रारम्भ आज कांग्रेस कहाँ छ र किन यो अवस्थामा आइपुग्यो भन्ने बहसबाट गरिनुपर्छ । निर्वाचन परिणामलगत्तैको केन्द्रीय समिति बैठकमा हामीसहित आठजना केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परियार, रामकृष्ण यादव र किरण यादवले पार्टी पुनर्निर्माणका लागि ५१ पृष्ठ लामो प्रस्ताव यही बहसका लागि पेस गरेका थियौँ । ०४८ देखि अहिलेसम्म कांग्रेस कहाँ–कहाँ चुक्यो, त्यसमाथि गम्भीर समीक्षा आवश्यक छ भन्ने हाम्रो साझा धारणा थियो । समीक्षाको यस्तो आवश्यकता पछिल्लो चुनावको जय–पराजयबाट मात्र सिर्जना भएको होइन । अंकगणित भन्छ– कम्युनिस्ट पार्टीहरू एक भएको भए कांग्रेसलाई पहिले पनि हराउन सक्थे । ०१५ सालको निर्वाचनमा कांग्रेसले ३७।२२ प्रतिशत मत प्राप्त गर्दा कम्युनिस्टले ७।२ प्रतिशत मात्र मत पाए । ०४८ मा कांग्रेसले ३७।७५ र कम्युनिस्टको ३४।०६ प्रतिशत एवं ०५१ को निर्वाचनमा कांग्रेस र कम्युनिस्टले ३३–३३ प्रतिशत अर्थात् बराबर मत पाएका थिए ।

कम्युनिस्ट एक भएर लडेका भए २०५६ मै हामी पराजित हुने थियौँ, ०६४ मा आइपुग्दा त कम्युनिस्टको मत झनै बढ्यो । ०७४ को प्रतिनिधिसभामा निर्वाचनमा कांग्रसले ३३ प्रतिशत पाउँदा ४९ प्रतिशत मतदाताले कम्युनिस्टलाई भोट दिए । त्यसैले कुनै एक वा दुई निर्वाचनको अंकगणितलाई मात्र आधार बनाएर पार्टीको वास्तविक अवस्थितिबारे हामी सही निष्कर्षमा पुग्न सक्दैनौँ । ०४८ पछि किन लगातार कम्युनिस्ट मत बढेको छ रु मधेस र सहरी इलाकाका नयाँ मतदातामा कांग्रेसको मतदर किन खस्किँदो छ रु किन लोकतन्त्रमा विश्वास गर्ने ठूलो मत कांग्रेसलाई विश्वास गर्न हिचकिचाइरहेको छ ? यसको उत्तर खोज्नु जरुरी छ ।

कांग्रेसको पहिचानको संकट
०४८ र ०६३ को परिवर्तनपछि नेपालले हासिल गरेको प्रमुख राजनीतिक उपलब्धि भनेकै संसदीय व्यवस्था तथा उदार लोकतान्त्रिक अभ्यासमा नेपालका कम्युनिस्ट पार्टीलाई निःसर्त समाहित गराउन सक्नु हो । यसको पूरा जस कांग्रेसलाई जान्छ । जब नेपालका कम्युनिस्ट पार्टीहरू संसदीय व्यवस्था र उदार लोकतान्त्रिक अभ्यासमा संलग्न भए ती पार्टीभित्र पहिचान र आस्थाको संकट उत्पन्न भयो । तर, त्यसलाई उनीहरूले सघन वैचारिक बहसबाट सुरक्षित अवतरण गराए । उनीहरूको यो नयाँ सैद्धान्तिक धरातल कांग्रेसको सनातन ‘लोकतान्त्रिक समाजवाद’को सिद्धान्तको प्रत्यक्ष प्रतिस्पर्धीका रूपमा उद्भव भयो । यसबीच, कांग्रेसले आफूलाई सकारात्मक ढंगले एमाले इत्यादि पार्टीभन्दा फरक देखाउन सकेन, तर उनीहरूले नकारात्मक रूपमा कांग्रेसलाई आफूभन्दा फरक तर अझ बढी लोकतान्त्रिक भएको देखाउन सफल भए ।

कांग्रेस वैचारिक वा सैद्धान्तिक हिसाबमा भट्किएको वा दिग्भ्रमित भएका कारण यसो भएको होइन । हामी २००७ सालअगाडि जहाँ थियौँ आज पनि त्यहीँ छौँ । फरक के मात्र हो भने हिजो लोकतान्त्रिक समाजवादको सिंगो ‘स्पेस’मा कांग्रेस एक्लै थियो । उनीहरूको यो रूपान्तरण किन र कस्तो परिस्थितिमा भयो रु अथवा, त्यो रणनीति मात्रै थियो वा वास्तविक भन्ने यतिखेर गौण हो । मूल कुरा, त्यस्तो रूपान्तरण प्रक्रियाले भ्रम नै भए पनि कम्युनिस्टलाई गतिशील देखायो र कांग्रेसका लागि ‘डेमोक्र्याट’ हुनु मात्र अब तुलनात्मक लाभको विषय रहेन । ०४८ मै कांग्रेसले परिवर्तनको यो ज्वारभाटालाई महसुस गर्नुपर्ने थियो, जुन हुन सकेन । आमनागारिक र मतदाताबीच कम्युनिस्टले आफूहरू बढी प्रगतिशील र ऊर्जाशील भएको भ्रम छर्न सफल रहे ।

यतिखेर कांग्रेस ‘कम्युनिस्ट’ जस्तो हुन नसके’ को पश्चात्तापमा बाँचेकोजस्तो देखिन्छ । एकातिर आफूलाई ‘डेमोक्र्याट’ भनेर फरक देखाउन पनि खोज्ने र अर्कातिर कम्युनिस्टको ‘समाजवादी’ नारा र वितरणमुखी कार्यक्रमलाई कसरी अवलम्बन गर्ने भन्ने द्वैध मानसिकताको विरोधाभासमा कांग्रेस छ । कम्युनिज्म नेपालको सामाजिक परम्परा र राजनीतिक संस्कार सुहाउँदो सिद्धान्त तथा विचार होइन, यसले हाम्रा विशिष्ट समस्याको कुनै मौलिक समाधान दिन सक्दैन भन्ने जान्दाजान्दै पनि कम्युनिस्टसँग, उसैको खेलमा उसैको नियमअनुसार दौड लगाउँदै छ । शब्दमा दुवैले समाजवाद भन्ने, तर त्यसको मौलिक भिन्नता कांग्रेसले प्रस्ट्याउन नसक्दा आममतदातालाई भ्रमित गर्न कम्युनिस्ट सफल भए । यो क्रम ०६२ पछि झन् बढ्यो । माओवादी पनि त्यही ठाउँमा आए । मधेसी दल निर्माण भए र ती पनि त्यही धरातलमा उभिए । नयाँ नाममा जन्मेका पार्टीले पनि त्यही स्पेस लिए । उनीहरू सबै नयाँ र रूपान्तरितजस्ता देखिए र कांग्रेस पुरानैजस्तो देखियो । आफ्नो ‘स्पेस’ जोगाउन पार्टीको पर्याप्त ध्यान समयमै पुगेन ।

कांग्रेसको सैद्धान्तिक पहिचानको द्विविधाको नियति ग्रिक लोककथा थिसियस प्याराडक्स वा द सिप अफ थिसियसजस्तै भएको छ । कथाको नायक थिसियसले लडाइँमा प्रयोग गरेको एउटा डुंगा कुनै संग्रहालयमा राखिएको छ । समयक्रममा त्यसमा प्रयोग गरिएका काठ बिग्रिँदै तथा मक्किँदै गए । फेर्नुपर्ने भयो । बिस्तारै पुराना काठको स्थानमा नयाँ काठ हालियो र केही कालखण्डपछि त्यसका सबै पुराना काठलाई नयाँले विस्थापित गरे । प्रश्न के भने, यसरी नयाँ काठले बनेको डुंगा थिसियसकै हो रु यसको खास परिचय ‘उही पुरानो डुंगा’ हो कि होइन रु मानौँ, त्यस डुंगाबाट झिकिएका सम्पूर्ण पुराना काठलाई सँगालेर एउटा छुट्टै डुंगा बनाइयो भने कुनचाहिँ डुंगा थिसियसको हो रु विभिन्न कालखण्डमा, विविध कारण र बहानामा हामीले हाम्रो डुंगाका मूल तथा मौलिक काठलाई नयाँले विस्थापित गर्दै रह्यौँ । तर, हाम्रो लगाव भने पुरानोतर्फ नै छ । डुंगा नयाँ त बनिसक्यो, तर पुरानो काठको थुप्रोतर्फ हेरेर त्यो पो त हाम्रो डुंगा भन्दै रनभुल्ल परेको अवस्थामा छ कांग्रेस ।

यसरी हाम्रो पहिचानको संकटले गर्दा हामी वर्तमानदेखि भाग्न थाल्यौँ । हामीलाई कसैले आजको प्रश्न सोध्यो भने हामी आज यो गर्छौं र यसले हामीलाई भोलि यो ठाउँमा पु(याउँछ भन्ने होइन, हामीले हिजो यसो गरेका थियौँ, बिपीले यसो भन्नुभएको थियो, २००७ र २०१५ मा हाम्रा कार्यक्रम यस्ता थिए भनेर अतीतमुखी उत्तर दिन थाल्यौँ । हामीलाई वर्तमान र भविष्यबारे बोल्नभन्दा विगतका कथा सुन्न र सुनाउन प्रिय लाग्न थाल्यो । आज के गर्ने, भोलि के गर्ने भन्नेतर्फ हाम्रो ध्यान गएन ।

हाम्रो यो प्रवृत्तिका केही उदाहरण हेरौँ । इतिहास साक्षी छ, नेपालको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायबाट धनमानसिंह परियारलाई महामन्त्री बनाउने पार्टी कांग्रेस हो । सात दशकदेखि नै समावेशितामा विश्वास गर्ने पार्टी हो कांग्रेस । महिला सशक्तीकरणको प्रश्नमा, २०१६ सालको मन्त्रिपरिषद्को उदाहरण दिएर भन्छौँ– पहिलोपटक द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएका थियौँ, ०१६ सालको जस्तो समावेशी मन्त्रिपरिषद् आजसम्म कसले बनाएको छ रु त्यस्तै, कांग्रेस जन्माएकै मधेसले हो भन्दै रामनारायण मिश्र र दुर्गानन्द झालाई सम्झिएर मधेसप्रति गर्व गर्छौं । तर, वर्तमानमा समावेशी लोकतन्त्रको फराकिलो भावना राख्न डराउँछौँ । निश्चय नै द्वारिकादेवी ठकुरानी, रामनारायण मिश्र, दुर्गानन्द झा, योगेन्द्रमान शेरचन, डिबी परियार, सेख इद्रिस, प्रेमराज आङ्दम्बे, तुलसा हेमरम, दिवानसिंह राई, भीमबहादुर तामाङलगायत थुप्रै स्वनामधन्य अग्रज हाम्रा गौरव हुनुहुन्छ । तर, उहाँहरूले स्थापना गरेको समावेशिताको मानकलाई अगाडि बढाउँदै हामीले आज र भोलिका लागि थप के गरिरहेका छौँ रु जे गर्नु थियो हिजो गरिसक्यौँ भनेर हामी आत्मरतिमा रमाउँदा जनता र आममतदाताले पनि त्यसबापत तिमीहरूलाई हिजै छानिसक्यौँ, अब नयाँ छान्छौँ भन्नु पनि सायद अन्यथा होइन ।

पहिचानको संकटको अर्को प्रभाव हामी केमा गौरव गर्ने, केमा आत्मसमीक्षा गर्ने भन्नेमा पनि अलमलिएका छौँ । ०४८ पछि अवलम्बन गरेको उदारवादी नीतिका कारण अर्थतन्त्र अनेकौँ प्रतिकूलताबीच धराशायी हुनबाट अहिलेसम्म बचेको दाबी गर्छौं, तर कांग्रेसले सार्वजनिक उद्योग बेचेको आरोप लाग्दै गर्दा त्यसको तथ्यपरक प्रतिवाद गर्नुको साटो बन्द कोठामा बिपीको समाजवाद बिर्सिएर कांग्रेसले गर्न नहुने काम ग(र्यो भनेर आत्मनिन्दा गर्छौं । कम्युनिस्टहरू जथाभावी बाँड्ने गलत काम गर्छन् पनि भन्छौँ, फेरि डराएर वृद्धभत्ता ६५ वर्षमा झार्ने प्रस्ताव गर्छौं, तर शिक्षा र स्वास्थ्य क्षेत्रमा सार्वजनिक क्षेत्र कमजोर बनाउने हिजोको गल्तीलाई सच्याएर सबैलाई समान अवसर दिएर अगाडि बढ्छौँ भन्ने हिम्मत गर्दैनौँ । सार्वजनिक मञ्चमा संविधान र शान्तिप्रक्रियाको स्वामित्व लिन्छौँ र हाम्रो नेतृत्वमा संविधान बनाएकोमा गर्व पनि गर्छौं, तर गिरिजाबाबुले माओवादीलाई मूलधारमा ल्याएर बर्बाद गर्नुभयो भन्ने भाव राखिरहन्छौँ । यसरी पहिचानको संकटले सिर्जना गरेको सैद्धान्तिक विरोधाभास र विचलनले हामीलाई सही–गलतभन्दा पनि समयको हावाअनुसार क्षणिक लाभ र हानिका विषयले बढी आकर्षित गरेका छन् । पार्टीको अस्तित्वसँग गाँसिएका यी गहन प्रश्नको उत्तर यो महासमितिबाट खोज्नैपर्छ ।

वर्तमानको जिम्मेवारी
सात दशकयता जनताले पटक–पटक गरेका संघर्षको उद्देश्य थियो– मुलुकमा उदार लोकतान्त्रिक राज्यव्यवस्था स्थापना र त्यसको दिगोपन । ००७ देखि सुरु भएको प्रजातान्त्रिक संघर्षले आजसम्म आइपुग्दा पटक–पटक ठूला ‘स्पिड ब्रेकर्स’को सामना गरेको छ । ००७ सालमा प्राप्त लोकतन्त्र ०१७ मा गुम्यो । ०४६ मा संघर्षले पुनस्र्थापना गरेको लोकतान्त्रिक पद्धतिमा फेरि ०५९ मा विराम लाग्यो । ०६२÷६३ मा प्राप्त अहिले उपभोग गरिरहेको उपलब्धि फेरि असफल हुने जोखिम देखिँदै छ । यसरी, लोकतान्त्रिक प्रणालीको स्थायित्व नेपालको स्थायी समस्याजस्तो हुन थालेको छ ।

कांग्रेसका लागि अबको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी नै लोकतान्त्रिक प्रणालीलाई जोगाउनु हो । वर्तमानमा, यो प्रणाली जोगाउनु भनेको संघीय गणतान्त्रिक संविधान जोगाउनु हो । नेपालको लोकतान्त्रिक व्यवस्थाको जगेर्ना, रक्षा र प्रवद्र्धनमा कांग्र्रेसले निर्वाह गर्ने अबको भूमिकाले नेपालमा कांग्रेस र लोकतन्त्र दुवैको भविष्य निर्धारण गर्नेछ । यो गहन जिम्मेवारीको महत्वबोध कांग्रेसको नेतृत्व र कार्यकर्तामा अब हुनैपर्छ ।

सन् १९९० को दशकवरपर संसारभर उदार लोकतन्त्रको दिग्विजय भइरहँदा, हाम्रोमा भने लोकतन्त्र संकटग्रस्त अवस्थामा रह्यो । अहिले त विश्वव्यापी रूपमै उदार लोकतन्त्रमाथि संकट उत्पन्न भएकोजस्तो देखिन थालेको छ । नाम उदार छ, तर चरित्र अनुदार हुँदै छ । यसको प्रभाव हाम्रोमा समेत राम्रैसँग देखिन थालेको छ । यस अवस्थामा अब हामी के गर्छौं त

उदार लोकतन्त्रको संकट मोचनको एउटै उपाय छ– लोकतन्त्रको लोकतान्त्रीकरण । यसका लागि केही विषयमा प्रस्ट हुन आवश्यक छ ।

पहिलो, लोकतन्त्रको थप उदारीकरणका लागि स्वतन्त्र तथा निष्पक्ष आवधिक निर्वाचन आवश्यक सर्त त हो, तर पर्याप्त भने होइन । निर्वाचित सत्ताले विधिको शासन र शक्ति सन्तुलनलाई पूर्णतया पालना गर्छ, संविधानले हरेक तहको सरकारलाई दिएको अधिकारभित्र सीमाबद्ध रहन्छ र राज्यको स्वेच्छाचारी चरित्रबाट नागरिकलाई बचाउन राज्यले प्रदान गर्ने अधिकारको बन्डल संवैधानिक स्वतन्त्रताको सुनिश्चितता गर्दै आफ्नै सीमा निर्धारण गर्छ र आफूलाई कस्छ भने मात्र यो पर्याप्त अवस्था हुन्छ ।

दोस्रो, संवैधानिक उदारवादको यस्तो मान्यतामा सञ्चालित लोकतन्त्रिक राज्यले अधिकतम स्वायत्तता, वैधता र वैधानिकता प्रयोग गर्दै लोकतान्त्रिक समाजभित्र स्वाभाविक रूपमा रहने द्वन्द्वलाई निष्पक्ष समन्वय र समाधान गर्ने सामथ्र्य राख्न सक्छ ।

लोकतन्त्रका यी दुई आयामलाई राम्ररी बुझ्न र प्रस्ट हुन सके मात्र केमा, कसरी र केका कारण र आधारमा सरकारको विरोध, प्रतिरोध वा समर्थन गर्ने भन्ने विषय स्पष्ट हुन्छ । त्यसैले कांग्रेसको अबको ध्यान नागरिक र तल्लो तहका सरकारलाई संघीय सरकार यी संवैधानिक अधिकार प्रयोगमा सघाउन सहायक वा बाधक के भइरहेको छ, त्यो बुझाउनेतर्फ हुनुपर्छ ।

लोकतन्त्रको लोकतान्त्रीकरणका क्रममा नेपाली लोकतन्त्रका चार विशिष्ट चुनौती छन् भन्नेमा पनि हामीले हेक्का राख्नैपर्छ । पहिलो, नेपाली समाजमा रहेको जातीय, भाषिक र सांस्कृतिक विविधता हो । यसलाई हाम्रो विशिष्ट नेपाली परम्पराले पहिचान र सम्मान गरेको छ । हामीबीचका अनेकौँ विविधतालाई एक धागोमा बाँध्ने काम हाम्रो विशिष्ट तथा मौलिक नेपाली सहिष्णु परम्पराले गरेको हो । हाम्रो विविधताभित्र एकता छ र एकताभित्रै विविधता छ । संविधानले यही विविधता र एकताको सम्पदालाई आत्मसात् गरेर लिपिबद्ध गरेको छ । संविधानको यो भावलाई कोरा नाराको विषय हुन नदिनु अनि कुनै पनि राजनीतिक स्वार्थको सिकार हुन नदिनु अहिलेको मूल कार्यभार हो ।

दोस्रो, आम र खास नागरिकका रूपमा हुने विभेद अन्त्य र प्रत्येक नेपालीको समान नागरिक हैसियत हो । यसले सबै प्रकारका वंशाणुगत विशेषाधिकारलाई नकार्छ । जातजाति, आस्था, वासस्थान, वेशभूषा र आर्थिक हैसियतका आधारमा हुने सबै प्रकारको उँच–निच र भेदभाव समाप्त भएको समाजको परिकल्पना हामीले गरेका छौँ । तर, यसका लागि हिजोका भेदभावलाई लज्जाबोधसाथ स्विकार्दै सच्याउने क्षमता राख्नुपर्छ । नयाँ संविधानले तयार गरेका आधार प्रयोग गरी व्यवहारमा प्रत्येक नेपालीले परिणाममा समानता अनुभूत गर्न पाउने समाज निर्माण गर्न थुप्रै काम बाँकी छन् ।

तेस्रो, पूर्वीय दर्शन, विचार र परम्परामाथि हामीलाई गौरव छ । हाम्रो चिन्तन, व्यक्तित्व र सामाजिक अस्तित्वको हरेक अंशलाई कतै न कतै यही परम्पराले छोएको छ । पश्चिमा विश्वले ‘सेक्युल्यारिज्म’ परिभाषित गरेको बल्ल केही शताब्दी भयो । तर, एक–अर्काका आस्थाप्रति सहिष्णु र सम्मान भाव राख्ने हाम्रो परम्परा भने धर्म तथा विचारको स्वतन्त्रतामा खडा भएको हो । एकातिर राज्यको कुनै एउटा धर्म बनाउनु युगसापेक्ष चिन्तन होइन भने अर्कातर्फ सनातनदेखि चलिआएको हाम्रो मौलिक धर्म संस्कृति संरक्षणको दायित्व संविधानतः राज्यकै हो । प्रत्येक व्यक्तिले आफ्नो आस्था र विश्वासअनुसार धर्म अभ्यास गर्न पाउनु नागरिकको निजी स्वतन्त्रता धार्मिक स्वतन्त्रताबाटै निःसृत भएर आउने हो, तर विभिन्न नाम र आवरणमा हुने धर्म परिवर्तनको व्यवसाय र धर्मका नाममा गरिने राजनीति धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता होइन भन्ने पनि स्थापित गर्नुपर्नेछ ।

चौथो आधार राष्ट्रिय स्वाभिमान हो । हाम्रो स्वाभिमान हामी नेपाली हुनुसँग जोडिएको छ । हाम्रो राष्ट्रिय पहिचान, स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डता हाम्रो स्वाभिमानका स्रोत हुन् । हाम्रो स्वाभिमानभित्र हाम्रो पारदर्शी अन्तर्राष्ट्रिय सम्बन्ध पर्छन् । तर, स्वाभिमानको वास्तविक अभ्यास तब मात्र हुन सक्छ जब अरूका अतिरिक्त, नेपाली अर्थतन्त्र उत्पादनमुखी स्वावलम्बी हुन्छ । मुलुकभित्र रोजगारीका अवसर वृद्धि हुन्छन् । हाम्रो शिक्षा र स्वास्थ्यसेवा विश्वसनीय हुन्छ । यसका लागि प्रस्ट दृष्टिकोण र कार्ययोजना आवश्यक पर्छ । लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास साझेदारको नेपाली राज्यमाथिको विश्वास अभिवृद्धि हुन्छ । यो स्वाभिमान प्रतिरक्षाको मार्गचित्र कोर्नै बाँकी छ ।

कांग्रेसको मूल्य र मर्म
बहुलवाद, लोकतन्त्र, न्याय र अहिंसा कांग्रेसको सनातन सैद्धान्तिक आधार हुन् । व्यक्तिगत अथवा नागरिक स्वतन्त्रता पक्षधर यस दलले व्यक्तिप्रधान कि समाजप्रधान भन्ने दार्शनिक प्रश्नमा अलमलिनु आवश्यक छैन । राजनीतिक प्रणालीको केन्द्रमा समाज होइन, प्रत्येक व्यक्ति हुनुपर्छ र समाजले व्यक्ति होइन, व्यक्तिले व्यक्तिको समूहलाई परिवर्तन गर्ने सामथ्र्य राख्छ र राख्नुपर्छ भन्ने पूर्वीय सोचका हामी अंश हौँ भन्ने तथ्य स्विकार्नुपर्छ । नेपालको आर्थिक विकासमा पनि व्यक्ति नै केन्द्रमा हुनुपर्छ । योग्यता र उत्पादकत्वको प्रतिस्पर्धामार्फत हुने आर्थिक उत्पादकत्व वृद्धिलाई पनि यही दार्शनिक आधारले सबल बनाउँछ ।

यसका आधारमा राज्यले अवसरबाट वञ्चित नागरिकलाई कल्याणको दृष्टिले भन्दा प्रत्येक व्यक्तिलाई शिक्षा, स्वास्थ्य, सामाजिक संरक्षण, रोजगारीलगायत माध्यमबाट प्रभावकारी नागरिक बनाउँदै राज्यको उत्पादकत्वसँग जोड्छ जसले गर्दा राज्य यस्तो जिम्मेवारी बहनमा आफैँ बढी गम्भीर हुन पुग्छ । यस्तो व्यक्तिकेन्द्रित आर्थिक नीतिसाधन हो भने साध्यचाहिँ समग्र मानव कल्याण । प्रत्येक नेपालीको कल्याणका लागि हाम्रा आर्थिक नीति लक्षित हुनुपर्छ । त्यसले अन्ततः सिंगो समाज र मुलुकलाई स्वतः समृद्धशाली बनाउँछ ।

लोकतन्त्र आफैँमा विधिद्वारा परिचालित हुने संस्थागत पद्धति हो । लोकतन्त्रमा शासक होइन, नागरिक शक्तिशाली हुनुपर्छ । यसको अर्थ शासनचाहिँ शासकको सनकमा होइन, संस्थागत प्रणालीमार्फत हुनुपर्छ भनिएको हो । संस्थाहरूको स्वतन्त्रता र निष्पक्षता त्यत्तिकै महत्वपूर्ण छ । प्रभावकारी संस्था निर्माण भएमा लोकतन्त्रमा कहिलेकाहीँ अनुदार शासक सत्तामा आउँदा पनि लोकतान्त्रिक प्रणालीको जग नहल्लिएका उदाहरण धेरै छन् । शक्तिपृथकीकरणको सिद्धान्तका आधारमा संस्थागत स्वयत्ततालाई कांग्रेसले कति प्रवद्र्धन ग(यो र त्यसो गर्न नसक्नुको परिणाम पार्टीले के व्यहोर्नुप(यो भन्ने मूल्यांकन गर्न पार्टी हिचकिचाउनु हुँदैन । न्यायालय, संवैधानिक निकाय र नयाँ संवैधानिक परिकल्पनाका संघीय संरचनाका तहगत सरकार पनि कति स्वतन्त्र ढंगले काम गर्ने क्षमता राख्छन् भन्नेले मुलुकको अबको भविष्य निर्धारण हुनेछ । कांग्रेसको सान्दर्भिकता पनि आफ्ना विगतका कमजोरीलाई सच्याएर वर्तमान सरकारले ध्वस्त गर्न खोजेका लोकतान्त्रिक संस्थाको स्वत्वलाई बचाउन लागिपर्नुमै रहन्छ ।

बहुदलीय लोकतन्त्रमा मुलुकका हरेक निर्णय पार्टीको संगठन, त्यसको परिचालन र प्रभावकारिता उत्तिकै महत्वपूर्ण अवयव हुन् । विचार पार्टीको आत्मा हो । त्यसलाई बोकेर हिँड्ने शरीर भनेको पार्टीको संगठन हो । रोगी शरीरले सही विचार बोक्न सक्छ भन्नु मूर्खता हो । के पार्टी संगठन भनेको कर्मचारीतन्त्रीय वा कर्मकाण्डी संरचना मात्र हो रु होइन । कांग्रेस भनेको केन्द्रीय समिति, महाधिवेशन, महासमिति, विभिन्न तहका कार्य समिति, क्रियाशील सदस्य भएको संरचना मात्रै होइन । योसँग प्रस्ट विचार, मूल्य–मान्यता, आदर्श र जनविश्वास जोडिएको हुनुपर्छ । त्यही जोडले जनतालाई पार्टीसँग आबद्ध राख्छ ।

हामी आफ्नै उदाहरण दिन सक्छौँ । ०४६ मा हामी विद्यालयमै थियौँ । जनआन्दोलन सुरु भयो कांग्रेस नेतृत्वमा । हामी आन्दोलनमा होमियौँ । पार्टीको कार्यक्रममा सहभागी भयौँ । हामीलाई कसैले सदस्य बनाएको होइन, त्यही आन्दोलन र भावनाले हामीलाई कांग्रेस बनायो । ०४८ को चुनावमा आइपुग्दा पनि देशैभरि पार्टीको संगठित संरचना सशक्त थिएन । तीन दशकसम्म पञ्चायतले थिल्थिलो पारेको पार्टीको वर्षौंसम्म महाधिवेशन हुन सकेको थिएन । खुला रूपमा पार्टीका गतिविधि खासै थिएनन् । कतिपय जिल्लामा भर्खर संगठनको स्वरूप बन्दै थियो । केही हदसम्म विद्यार्थी संगठित थिए, तर अहिलेजस्तो कर्मचारी, शिक्षक, अनेकन् नाममा पार्टी समर्थित संगठन बनेका थिएनन् । तर, जनता साथमा थिए, भावना र आफ्नोपन थियो । पार्टी जनतासँग जोडिएको थियो । त्यतिवेला कांग्रेस हुनु भनेको आधुनिक, उन्नत, प्रजातान्त्रिक र प्रगतिशील नेपालको सपनासँग आफूलाई जोड्नु हुन्थ्यो । त्यसलाई पूरा गर्ने, साहस, संकल्प र दृढतासाथ राजनीतिक र सामाजिक आन्दोलनसँग व्यक्ति एकाकार हुन्थ्यो । संघर्ष र जटिलता थियो, तर त्यहा“ कांग्रेस हुनुमा गौरव थियो । तर, के आज त्यस्तो भावना जिउँदो छ रु किन आज एउटा व्यक्तिले पार्टीको सदस्य बन्दै गर्दा कुनै नाफा आर्जन गर्ने कम्पनी वा उद्योगमा जोडिएजस्तो भाव व्यक्त गर्छ रु

बुझ्नुपर्ने के छ भने कांग्रेसको कार्यक्षेत्र र जिम्मेवारी यसका संगठित सदस्य वा पार्टीका गतिविधिमा क्रियाशील मानिस मात्र होइनन् । यो भर्नामुखी संगठनमा मात्र विश्वास गर्ने र तिनको हितमा मात्र राज्यको स्रोत दुरुपयोग गर्ने कम्युनिस्ट शैलीको संगठन होइन । कांग्रेस त लोकतन्त्रमा आस्थावान् आमजनताको बृहत्तर परिवार हो, जो कांग्रेसको सदस्य भएर क्रियाशील नरहे पनि उसलाई माया गर्छन्, कांग्रेसले बोकेका मूल्य र मान्यताप्रति नजिक छन्, कांग्रेसलाई विश्वास गर्छन् र कांग्रेसलाई मत दिन्छन् । उदार लोकतन्त्रमा विश्वास गर्ने मध्यमार्गी राजनीतिक दलको मूल चरित्र नै त्यही हो । पछिल्ला दिनमा त्यो मान्यता र विश्वास कमजोर हुँदै गयो । किन हामी आज कम्युनिस्ट पार्टीजस्तो ‘रेजिमेन्टेड’ संगठन बनाउन नसकेकोमा चिन्ता गर्दै छौँ रु

जसरी ०४८ पछि पार्टीको वैचारिक धरातलमा पहिचानको संकट सिर्जना भयो, संगठनमा पनि त्यस्तै भयो । नेपाल कम्युनिस्ट पार्टी एमालेका लाखौँ सदस्य जीविकोपार्जनको सञ्जालमा आबद्ध भए, पार्टीको कुनै न कुनै मोर्चामा संगठित भए । शिक्षा, स्वास्थ्यदेखि खानेपानी, वन उपभोक्तालगायत विभिन्न क्षेत्रसँग सम्बन्धित सामुदायिक र गैरसरकारी संस्थामा जोडिए । उनीहरू जस्तै क्रमशः हामीले पनि त्यही सिको ग(यौँ र त्यस्तै बन्न खोज्यौँ । हाम्रा निर्णय प्रक्रिया उनीहरूका जस्तै माथिबाट तल आदेश दिने किसिमको भयो, जसका कारण निर्णय त अपारदर्शी भयो नै, आफ्नोपन पनि हराउँदै गयो । केन्द्रीय समितिभित्र समेत कम्युनिस्टको पोलिटब्युरो र सचिवालय, हेडक्र्वाटर जस्तै ‘शीर्ष, प्रभावशाली र पदाधिकारी’ मा केन्द्रित हुँदा संगठनमा ठालुतन्त्र हाबी भयो । कम्युनिस्टजस्तो बन्ने यस्तो खेलले हामीलाई ‘हामी’ रहिरहन दिएन । उनीहरूजस्तो बन्ने खेलमा हामी कहिल्यै पनि जित्न सक्दैनथ्यौँ र सकेनौँ पनि । अब कति छिटो सच्चिन सक्छौँ, हाम्रो भविष्य त्यसमै निर्भर छ ।

सदस्यताका हकमा पनि त्यही हो । ‘कार्यकर्तामा आधारित पार्टी र पार्टीमा आश्रित कार्यकर्ता’ लोकतान्त्रिक व्यवस्थाको प्रतिकूल अवधारणा हो । कांग्रेसको बाटो त्यो होइन र हुनु हँुदैन । त्यसैले कांग्रेस खुला, सहज र पारदर्शी सदस्यतासहितको पार्टी बन्नुपर्छ । नेताभन्दा बढी कार्यकर्ताको संगठन र कार्यकर्ताभन्दा बढी जनताको संगठनका रूपमा पार्टीलाई रूपान्तरण गर्नैपर्छ । रेजिमेन्टेड संगठन भएको कम्युनिस्ट पार्टीसँगको प्रतिस्पर्धा खुला ‘मास बेस्ड’ पार्टीले कसरी गर्न सक्छ भन्ने डर हामीमा होला । हामीले पुराना मतदाता जोगाएर मात्र हुँदैन, लाखौँ नयाँ मतदाता आकर्षित गर्नुपर्नेछ । यसका लागि सदस्यताको रजिस्टर्ड फम्र्याटले होइन, खुला र पारदर्शी धेरैको आशालाई सम्बोधन गर्न सक्षम गतिशील संगठन चाहिन्छ । प्रस्ट हुनु जरुरी छ, चुनाव जिताउने जनताको भोटले हो र जनतालाई हाम्रो मतदाता बनाउने सहि एजेन्डा र सही इमेजले हो ।

हामीलाई थाहा छ, महासमिति बैठक नेतृत्व परिवर्तनबारे चर्चा गर्ने उपयुक्त थलो होइन । आउँदो महाधिवेशनले त्यसबारे निर्णय गर्ने हो । तथापि, ०४६ को परिवर्तनपछि निरन्तर पार्टी, सत्ता र शक्तिको सान्निध्यमा रहेको कांग्रेसको पहिलो पुस्ताले आगामी महाधिवेशनबाट विश्राम लिनुपर्छ भन्ने हाम्रो धारणा हो । यो प्रस्तावना पहिलो पुस्ताप्रतिको अनादार होइन । यो त्यही पुस्ता हो, जसले सानो चिठी लेखेर राजास“ग आत्मसमर्पण गर्दा ठूला चिज प्राप्त हुने, पञ्चायती कालरात्रिमा जेल, नेल र त्यागको कठिन बाटो रोज्यो । ०४६ पछि राजाको षड्यन्त्र र माओवादीको क्रूर हिंसाबाट लोकतन्त्रलाई जोगाएर ल्यायो । धार्मिक र जातीय द्वन्द्वले विखण्डनको सँघारमा पुगेको देशलाई उद्धार गरेर यहा“सम्म ल्यायो । त्यसप्रति असीम श्रद्धा छ ।

तर, शासकीय क्षमता, पार्टी र सत्ता–सञ्चालन शैलीबारे भने उहाँहरूप्रति जनताका थुप्रै गुनासा मात्र छैनन्, मत नदिएर उनीहरूले कांग्रेसलाई दण्डितसमेत गरेका छन् । त्यसैले संघर्षको चरण सकिएपछि त्यसैका लागि बनेको नेतृत्वले सक्रिय राजनीतिबाट विश्राम लिएर पार्टीको संरक्षकको भूमिकामा पदोन्नति हुन सहमत हुनुपर्छ । अतः अग्रज पुस्ताले अब कार्यकारी जिम्मेवारीमा बस्दैनौँ भनेर अवकाश लिनुपर्छ र अभिभावक बन्नुपर्छ भन्ने विषयमा निडरतासाथ गम्भीर बहस गरौँ ।

र अन्त्यमा,
केही समयअगाडि वाम विश्लेषक घनश्याम भुुुुसालले एक लेखमार्फत बढो गम्भीर रूपमा नेकपा ‘आत्मरतिको घेराबाट आफूलाई बचाउन नसकेको युनानी मिथकको एक पात्र नार्सिसस’ जस्तै वियोगान्तमा पुग्ने सम्भावनालाई उजागर गर्नुभयो । हाम्रो विचारमा भुसालले भनेजस्तो नेपालको कम्युनिस्ट पार्टी नार्सिसस जस्तो आफ्नो रूपबाट मोहित भएर होइन, आफ्ना बारेको भ्रम टुटेर वियोगमा पुग्नेछ ।

नेपालको कम्युनिस्टलाई भ्रम छ– हामी संसारकै परिष्कृत र आधुनिक कम्युनिष्ट हौँ, हामी मौलिक छौँ, स्टालिन र लेनिनलगायत संसारका कम्युनिस्टको धब्बा हाम्रो अनुहारमा छैन । जबज र नयाँ जनवादको आविष्कारबाट निस्किएको लेपले हामीलाई सुन्दर बनाएको छ । अहिले सरकार सञ्चालनमा देखिएका संकेतले त्यो भ्रम चाँडै टुटिहाल्ने लक्षण देखाउँछ । त्यसैले कांग्रेसले कम्युनिस्टसँग विवादमा समय खर्चिनुपर्दैन, आफू राम्रो कसरी हुने भन्ने मात्र सोचे पुग्छ । अतः साथीहरूसँग अनुरोध छ– महासमिति बैठकमा पार्टीको यहाँसम्मको यात्राबारे एकपटक सिंहावलोकन गरौँ । आज पार्टी कहाँनेर छ र अब कहाँ जाने भन्ने बाटो खोजौँ । महासमितबाट विगतमुखी होइन, भविष्यमुखी भएर फर्कौं, हामीप्रतिको जनताको विश्वास जोगाइराखौँ, हामीले ल्याएको प्रणाली जोगिन्छ र कांग्रेसको सान्दर्भिकताको पनि पुनर्पुष्टि हुन्छ । नयाँपत्रिकाबाट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्