- ADVERTISEMENT -

लोक सेवाद्वारा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन खुल्ला

December 12, 2018
1546
Shares
- ADVERTISEMENT -

काठमाडौं, मङ्सिर २६, ।लोक सेवा आयोगले विज्ञापन प्रकाशन गरेको छ । आयोगले मंसिर २६ गते (बुधबार) को गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृतदेखि सहसचिव सरहको पदका लागि खुल्ला तथा समावेशी आधारमा दरखास्त मागेको हो।

आयोगले न्याय सेवा (न्याय समूह, कानून समूह र सरकारी वकिल समूह), लेखा परीक्षण सेवा र व्यवस्थापीका संसद सेवाको शाखा अधिकृत, उपसचिव र सहसचिवको तीनै तहको विज्ञापन खोलेको हो । यसअघि आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृतस्तर) को पाठ्यक्रम र परीक्षा योजना परिमार्जन गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

न्याय सेवातर्फ शाखा अधिकृतको प्रथम चरणको परीक्षा अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण हटाइएको छ । यससँगै अब प्रथम चरणको परीक्षा न्याय सेवालाई नहुने भएको हो । कानुन विषयमा स्नातक उतिर्ण आवेदकहरूको सङ्ख्या थोरै सङ्ख्यामा मात्रै हुने देखिएकोले प्रथम चरणको परीक्षा पाठ्यक्रमबाटै हटाइएको आयोगले जनाएको छ ।

द्वितीय, तृतीय र चतुर्थ पत्रलाई पहिलो, दोस्रो र तेस्रो पत्र बनाएर परीक्षा योजना परिमार्जन गरिएको आयोगका उपसचिव तथा सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

त्यसैगरी एकीकृत परीक्षा हुने शाखा अधिकृतका अन्य अप्राविधिक सेवाहरूको लागि प्रथम चरणको परीक्षा यथावत् राखिएको छ । तर ऐच्छिक विषय रहेको चौथो पत्र हाललाई हटाइएको छ ।

राजपत्रांकित तृतीय श्रेणीको लेखा परीक्षण र व्यवस्थापिका संसद्का लागि माथि उल्लेख गरिएअनुशारसको परिमार्जित पाठ्यक्रम आयोगको वेबसाइटमा सार्वजनिक भइसकेको छ ।

लेखा परीक्षण र व्यवस्थापिका संसद्को लागि चौथो पत्र हटाईको छ भने न्याय सेवाको लागि पहिलो पत्र हटाइएको आयोगले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -