काठमाडौँ, आदरणीय व्यक्तित्व, नेपाली कांग्रेस गोरखाका नेता ठाकुर पुडासैनी तथा यशोदा पुडासैनीका सुपुत्र बिहिबार बिहानदेखि हराउनु भएको खबर प्राप्त भएको छ । कक्षा १२ मा अध्ययनरत १७ बर्षिय बालक (न्वारानको नाम पुष्प राज पुडासैनी) अपिल पुडासैनी बिहिबार बिहान बसुन्धारा चक्रपथ काठमाडौँबाट हराएका थिए ।
उनको खोजी कार्यमा रहेका अभिभावक ठाकुर पुडासैनीले बिहिबार बिहान करिब बिहान ५ बजेदेखि हराएको र आज सम्म पनि फेला नपरेको जानकारी दिनुभयो ।
उक्त बालक भेट्नु हुने वा देख्नु हुने जो कोहिले तुरुन्त ९८५१०५५१६० मा वा नजिकको प्रहरी कार्यालयमा खवर गरीदिन हुन समेत आग्रह गर्दछौ । उनलाई फेला पार्न हरतरहले सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध छ ।