गोरखा, नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णयअनुसार विजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्वतको अबसरमा यही कात्तिक १६ गते दिउसो १ बजे, पार्टी कार्यालय तीनधारे गोरखामा शुभकामना आदानप्रदान तथा चियापान समारोहआयोजना हुने भएको छ ।

जिल्ला कार्यसमितिका पदाधिकारीसहित जिल्ला सदस्य, सांसदहरु, क्षेत्रीय सभापतिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगरपालिका/गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलगायत जनप्रतिनिधिहरु, पार्टी सदस्य, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल मुश्लिम संघ, नेपाल शिक्षक संघ, नेपाल प्रेश युनियनलगायत भातृ तथा शुभेच्छुक संघसंस्थालाई निमन्त्रणा पठाइसकिएको छ, यदि पत्र प्राप्त नभएमा यसै समाचारको आधारमा उपस्थित हुन सचिब नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीलगायत सम्पूर्ण कार्यालय प्रमुखहरु, जिल्लामा क्रियाशिल राजनीतिक पार्टीका प्रमुखहरु, गैरसरकारी संघसंस्थाका प्रमुखहरु, नेपाल पत्रकार महासंघलगायत सबैमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति परिवार गोरखाले अनुरोध गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्