२०८३ वैशाख ६, आइतबार
११:२८:२८ राति
- ADVERTISEMENT -

गोरखाबाट फूलपाती कसरी ल्याइन्छ ?

प्रकाशित मिति: २०७५ असोज २९, सोमबार

2091
Shares

गोरखा, २९ असोज २०७५ । हनुमानढोका दरवारस्थित दशैँघरमा गोरखाबाट भित्र्याइने फूलपाती लिन धादिङ्को छत्रे देउरालीतर्फ जाने टोली तयार गरिएको छ । गोरखाबाट ल्याएको फूलपाती लिएर उनीहरू काठमाडौं आउने छन् । काठमाडौँ गोरखा यातायात सुगम भइसके पनि अझै परम्परागत तौरतरिकाले फूलापाती ल्याइने गरिन्छ ।

सोमवार छत्रे देउरालीमा रात बस्ने गरेर जाने टोलीमा मगर, नेवार, बाहुन र क्षेत्री समुदायलाई समेटिएको छ । हनुमानढोका दरवारबाट १६ जना र समरजङ् कम्पनीबाट दुइजना खटाइएको कम्पनी प्रमुख प्रकाशचन्द्र पन्तले जानकारी दिनुभयो ।

फूलपातीमा केराको पात, उखुको बोट, अदुवाको बोट, बेलपत्र, धानको वाला, करीको फूल र मौसमि फूलका थुँगाहरू हुन्छन् ।

विगतमा पनि छत्रे देउरालीबाट फुलपाती ल्याउनु भएका शम्शेर गुरुङ्का अनुसार भिमढुंगामा यातायातबाट ओलिएर छत्रे देउरालीतर्फ पैदलै पुग्नुपर्छ, एकरात बास बसेर भोलिपल्ट महादेव खोलामा नुहाइधुवाइ शुद्ध भई चोखो कपडा लगाइन्छ ।

गोरखा दरवारबाट पाँच जना मगर समुदायका व्यक्तिले बोकी ल्याएको फूलपातीमा एउटा निख्खर कालो बोका र एउटा भेडाको थुमा बली दिएर अर्चना गरिन्छ । काठमाडौँबाट छत्रे देउराली पुगेको हनुमानढोका र समरजङ्को टोलीलाई फूलपाती लिइ आएका गोरखाका मगरले टीका प्रसाद लगाइदिएपछि यहाँबाट गएको टोलीको साथ लगाइ छत्रे देउराली भिमढुंगा सीतापाइला हुँदै फूलपातीलाई जमलमा ल्याइन्छ ।
हनुमानढोका दरवारका पर्वपूजा संयोजक मिठाराम पुडासैनीका अनुसार जमलमा हनुमानढोका दरवारको दशैँघरका पुजारीले पूजा अर्चनासहित फूलपातीलाई जमलमा पर्सने कार्य गर्छन् ।

फूलपाती पर्सिएपछि १६ जना महिलाको साथमा मालश्री रागसहित फूलपातीलाई हनुमानढोका दरवारस्थित नासलचोकमा ल्याइन्छ ।

मालश्री राग गाउनेहरू शौभाग्यको प्रतिक रातो पहिरन र रातै शृङ्गारमा झकिझकाउ हुन्छन् । रागिनीका सामुन्ने नासलचोकमा फूलपातीसँगै ल्याइएको कलशमाथि राखिएकी देवीको तस्विरमा अर्चना हुन्छ ।

संयोजक पुडासैनका अनुसार फूलपातीको दायाँबायाँ लागेर जमलदेखि नासलचोकमा आएको आशागुर्जा (पूजा सामग्रीको गुन्टा)को साथमा फूलपातीलाई दशैँघरका पुजारीले अर्चनासहित दशैँघरमा भित्र्याउँछन् ।

दशैँघरमा फूलपाती भित्र्याउने साइतमा नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाइँ गर्ने चलन छ भने राष्ट्र प्रमुखबाट बढाइँ अवलोकन गर्ने परम्परा छ ।

अर्को फूलपाती पनि

हनुमानढोका दरवारमै रहेको नुवाकोटको कडेल्चोक भगवती समक्ष फूलपाती भित्र्याउन नेपाली सेनाको एक टुकडी धोविचौर जाने तयारीमा छ । यहाँ यो फूलपाती पुरानो गुह्येश्वरीबाट बोकेर ल्याईन्छ । भगवतीका पुजारी सहितको टोलीले क्षत्रपाटीमा फूलपाती पर्सने र हनुमानढोका दरवारस्थित महादेव पार्वती डवलीमा फूलपातीमा पुनः अर्चना गरिएपछि कडेल्चोक भगवती समक्ष फूलपाती राखिने प्रचलन छ ।

कडेल्चोक भगवतीका पुजारी बैकुण्ठमान राजलवटका अनुसार पुरानो गुह्येश्वरीबाट धोविचौर हुँदै क्षत्रपाटी भएर हनुमानढोका दरवार स्थित भगवती समक्ष ल्याइने यो फूलपाती मल्लकालीन समयको हो ।

बीचमा अन्तिम मल्ल राजा जयप्रकाशमल्लको समयपछि शाहवंशीय राजाले हनुमानढोका दरवा स्थित दशैँघरमा भित्रयाउने गरी गोरखा दरवारबाट फूलपाती ल्याउन थालेपछि मल्लकालीन यो फूलपाती तामझामविहीन हुन पुगेको हो ।

यो फूलपाती ल्याउँदा न आशागुर्जा हुन्छ न कल्स्यौँडी नै । मालश्री राग गाउने रागिनी नै कडेल्चोक भगवतीलाई राजा पृथ्वीनारायण शाहले नै नुवाकोटबाट ल्याई यहाँ स्थापना गरेका हुन् भनिन्छ भने पृथ्वीनारायण शाहले देवीलाई प्रणाम गरेको मुद्राको शाहको धातुको दुर्लभ मूर्ति भगवती सामुन्ने राखिएको छ ।

पुजारी राजलवटका अनुसार यसो भए पनि हनुमानढोकाबाट पुरानो गुह्येश्वरीसम्म फूलपाती लिन जान आफैँले भरिया खोज्नुपर्छ । धुपद्वीप फूलप्रसाद आफैँले जोहो गर्नुपर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98