काठमाडौं, १२ असोज २०७५ । सरकारले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरेको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य अन्तिम चरणमा पुगेको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले जनाएको हो ।

पहिलो चरणमा सिंहदरबारभित्र कार्यरत कर्मचारी र पाँचथर जिल्लामा यो परिचयपत्र प्रदान गरिने केन्द्रका निर्देशक शिवराज जोशीले सीआईएनलाई जानकारी दिनुभयो । गृहमन्त्री रामबहादुर थापाले परिचय पत्र छपाइ केन्द्रको अवलोकनसहित आफ्नो परिचयपत्र छाप्नका लागि हिजो नै तस्बिर खिचाउनुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्