ललितपुर, रमा लुइँटेल, २०७५ साल आश्विन ६ गते शनिबार ।

आकाशतिर टाढा क्षितजमा बार्दलीजस्तो देख्छन् । त्यो बार्दलीमा लहरै बसेका हुन्छन्, उनका बाआमा र केही परिचित अनुहारहरू । सबै हाँसी खुशी देखिन्छन् । आपसमा कुराकानी गरेझैं लाग्छ, उनीसँग पनि बोलेझैँ लाग्छ । विनयजंग बस्नेत सपनमा यस्तै दृश्य देख्छन् । विपनामा यही दृश्य स्मरण हुन्छ । क्षितिजको बार्दलीमा देखिएका ती परिचितजस्ता लाग्ने अनुहारमध्ये अधिकांश उनका अपरिचित हुन तर तिनको दाहसंस्कार विनय आफैँले गरेका हुन् । विनयले बेवारिसे भनिएका शवको दाहसंस्कार गर्न थालेका तीन वर्ष भयो । तीन वर्षमा उनले यस्ता १०७ वटा शव जलाए । अरू केही शव जलाउने तयारीमा छन् ।

ती बेवारिसे मृतकलाई ओल्टाईपल्टाई गर्दा विनय उनीहरूको अनुहारसँग परिचित हुन्छन् अनि ती अनुहार सपनामा आउँछन् । यस्तो सपना देखेको बिहान विनय आफूमा ऊर्जा थपिएको अनुभव गर्छन् । आफूलाई पितृले आशीर्वाद दिएको अनुभूति गर्छन् । उनलाई लाग्छ, ‘साँच्चै मैले राम्रो काम गरेको रहेछु नत्र मृतकको अनुहारमा कहाँ त्यस्तो खुशी हुन्छ र ¤’ यस्तो सपनालाई उनी हिन्दू मान्यताअनुसार ‘पितृ तरेको’ ठान्छन् ।

बन्दकी राखेर खर्च

बेवारिस शवको जानकारी दिन प्रहरी विट र वृत्तहरूबाटै उनलाई अनुरोधपत्र आउन थालेको छ अचेल । पत्र पठाएपछि ती वृत्तले विनयजी कहिले आउनुहुन्छ, हामी तयार बनाएर राखिदिन्छौं भन्दै फोन गर्छन् । धेरैजसो त उनी भनेकै समयमा पुग्छन् तर सधैँ कहाँ त्यस्तो हुन्छ र ¤ भनेकै समयमा पुग्न नसक्नुको मुख्य कारण चाहिँ पैसा हो, हातमा पैसा हुँदैन । हालसम्म ४४ वटा शव आफ्नै खर्चमा दाहसंस्कार गरे । खर्च जुटाउन जग्गा बन्दकी राखे । मोटरसाइकल समेत बन्दकी राखेर खर्च जुटाए । सहकारीबाट ऋण लिएर खर्च चलाए । भन्छन्, ‘उस्तै परे भएको जग्गा बेचौंला, समाजसेवा गर्दा लिएको ऋणबाट के आत्तिनु ¤’

अहिले अवस्था केही सहज भएको छ । उनको इमानदारीले धेरैको विश्वास जित्न थालेको छ । सहयोग गर्छु भन्नेहरू आउन थालेका छन् । सहयोग जुट्न पनि थालेको छ तर थोरै व्यक्तिसँग सिमित आर्थिक सहयोग लिन्छन् । हात थाप्दै हिँड्दैनन् । सहयोगीहरू आफैँ आउन थालेका छन् ।

न डर न दिगमिग

बेवारिसे शवको अवस्था बीभत्स हुन्छ, स्याउँस्याउँ किराको थुप्रो नै लागेको हुन्छ । अस्पतालको चिस्यानमा राखेको शव तान्दा जहाँ तान्यो त्यही अंग छुट्टिएर आउँछ, हात ताने हात, गोडा ताने गोडा । धेरै दिन रहेका शव त कुहिएर कंकालमात्रै । कडा आवरण भएको टाउको नै पाकेको गोलभेडाजस्तो भएको हुन्छ ।

विनय अक्सर यस्तै शवसँग अभ्यस्त छ, न डर न दिगमिग । बेवारिसे ती शव देखेर उनमा माया उर्लिन्छ । उनी आफ्ना सहयोगीलाई ती शवलाई मायाले चलाउन सम्झाउँछन् । उनलाई ती बेवारिसे शवमाथि हेलचेक्र्याइँ गरेको मन पर्दैन । जथाभावी दाउरा झोसेको र दाउराले हानेको देख्दा मन कुडिएर आउँछ ।

घाटसम्म शव पु¥याउन शववहान प्रयोग गर्छन् । ललितपुर महानगरपालिकाले शव घाटमा पु¥याउन साधन दिने गरेको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले उनको सेवाको महŒव बुझे ।

सम्झनामा ताजै

आफन्त हराएकाहरूले विनयलाई फोन गर्न थालेका छन् । भेट्न आउँछन् । फोटो देखाउँछन् र हाम्रा यी मान्छे कतै बेवारिसेमा परे कि भनेर जान्न खोज्छन् । आफन्तको खोजीमा छट्पटिएका धेरैको मन शान्त पारिदिएका छन् विनयले । दाहसंस्कार गर्दै गर्दा हात जोड्दै आइपुगेका छन् कतिपय मृतकका आफन्त । तपाईं धन्य हुनुहुन्छ, हामीले गर्नुपर्ने काम तपाईंले गरिदिनुभयो भन्दै भावविभोर हुन्छ । यो भावले वियनलाई भित्रैदेखि पलाग्छ । थोरै भए पनि पुण्य गरेछुजस्तो हुन्छ । आफू लागेर उठाएका र जलाएकामध्ये धेरैको अनुसार मानसपटलमा ताजै बस्छ । मानसपटलमा छापिएको त्यही ताजा तस्वीर उनी पर क्षितिजमा सपनामा देख्छन् । आफन्तले फोटो देखाउँदा आफूले जलाएको हो होइन फ्याट्टै भन्न सक्छन् ।

कोही पनि बेबारिसे हुनु हुँदैन भन्ने ठानेर विनयले यस्ता शव खोजीखोजी जालाउन थालेका हुन् । यसलाई उनले अभियान नै बनाएर काठमाडौं बाहिर पनि विस्तार गर्न थालेका छन् ।

तीन बाल्टी जीवन

विनय विधिपूर्वक शवको दाहसंस्कार गराउँछन् । छातीमा एक मुठ्ठी चामल राख्न छुटाउँदैनन् । यो सब काम मृतकको आत्माको शान्ति उनको आफ्नो मनशान्तिका लागि हो । जब चितामा आगो दन्किन्छ, ज्वाल हेरेर उनी खुशी हुन्छन् । यो त दुःखको क्षण हो नि ¤ विनय बेसारिस शवको वारिस बन्न पाएर खुशी भएका हुन् । विनय भन्छन्, ‘ती बेवारिसहरूको म आफ्नो भएँ ।’ अर्काको आफ्नो हुन पाउनु खुशीको कुरा हो । आखिर मृत्यु अन्तिम सत्य पनि त हो ।

विनयले सपनमा पर क्षितिजको बार्दलीमा देख्ने ती हँसिला अनुहार यिनै हुन् जसका उनी आफन्त भए । चितामा दन्किएको आगोसँगै उनी मृतकको आत्माले मुक्ति पाएको ठान्छन् । चितामा सुताएको शवसँग उनको आत्मीयता झन् फराकिलो हुन्छ । पूरै नजलेसम्म विनय घाटमै हुन्छन् । जब शरीर पूरै खरानीमा परिणत हुन्छ तब आफैँ पखाल्छन्, तीन बाल्टी पानीले तीनपटक । बल्ल उनी आफ्नो कर्तव्य पूरा भएको ठान्छन् ।

‘हेर्नुस् त ¤ आखिर जीवन केही होइन रहेछ नि, तीन बाल्टिन पानीबाहेक,’ विनय अलिकति सन्तोष र अलिकति विस्मयको सास फेर्छन् ।

एउटा शव जलाउन १० देखि १२ हजार रूपैयाँ लाग्छ, शवको अवस्था हेरर । पुरानो शव विद्युतीय शवदाहगृहले जलाउँदैन । दाउरामा अलि बढी खर्च हुन्छ ।

कुलतपछिको बाटो

त्यस्तै, २० वर्ष अघिको कुरो हो । विनय जाडरक्सीमा डुबेका थिए । रक्सी, चुरोटका लागि ढोकामा नागको चित्रमा टाँसेको पैसा पनि बाँकी राखेनन् । एकपटक त उनले ढोका चाहारेर नागको चित्रबाट २२ रूपैयाँ जम्मा गरे, २ दुई रूपैयाँको चुरोट र २० रूपैयाँको रक्सी आयो ।

तिनै विनय अहिले जाँडरक्सीको कुलतमा परेकालाई त्यसबाट मुक्ति दिलाउने अभियानमा छन् । ललितपुरको लामाटारमा कुलतमा फसेकाहरूलाई निःशुल्क उपचार गराइराखेका छन् ।

वियन आफूचाहिँ कुलतबाट कसरी बाहिर आए ? यसको श्रेय उनी आफ्ना मामाका छोरा नवीनलाई दिन्छन् । रक्सी र चुरोटको कुलतमा फसेका विनयलाई नवीनले सुधारगृहमा पु¥याए । तीन महिना त्यहाँ बसेर निस्किँदा विनय अर्कै मान्छे भए । सबै कुलत छुट्यो । अर्को तीन महिना त्यही संस्थामा स्वंयसेवकका रूपमा काम गरे । यो स्वयंसेवा चाहिँ उनलाई अवसर भइदियो । जीवन नै बदलियो, कर्म अर्कैतिर मोडियो ।

यसरी बने वारिस

विनयको जीवनमा दुःखको यस्तो अवस्था आइलाग्यो, एक दिन उनले आफ्ना बुबाको शव शिक्षण अस्पताल महाराजगन्जमा बेबारिसे भनेर राखेको अवस्थामा भेटे । शवगृहबाट आर्यघाट पु¥याएर उनले बुवाको दाहसंस्कार गरे ।

त्यसपछि उनको मनमा आफ्ना बुवाजस्तै अन्य बेवारिसे शवका बारे प्रश्न उब्जियो । मेरा बाबुजस्ता कति होलान् ? के मैलेजस्तै अरूले आफ्ना बेवारिस आफन्तको शव फेला पार्लान् ? पार्दैनन् भने तिनको दाहसंस्कार कसले गर्छ ?

आफ्नै मानपटलमा मडारिएका यिनै प्रश्नले विनयलाई बेवारिस शवको वारिस बनायो । बेवारिस शव बनेका आफ्ना बुबा चिताको धुवाँबाट उड्दै गर्दा ‘कुनै दिन यस्तै बेवारिसेको दाहसंस्कार गर्छु’ भन्ने भावना विनयमा आएको थियो । यसपछि उनी यसमै लागे, आखिर आफ्नो कर्ममा सन्तुष्ट छन् ४० वर्षीय विनय ।

बाआमा घर

ललितपुरको टिकाथलीस्थित आफ्नै निजी जग्गामा ‘बाआमा घर’ शिलान्यास गरेका छन् विनयले । अब निर्माणमा जुट्दैछन् । उनको काममा यो अर्को खुट्किलो हो । गएको कुशेऔंशीका दिन उनले बाआमा घर शिलान्यास गरेका छन् । यो घरमा बेसहारा वृद्धवृद्धालाई सहारा दिने उनको योजना छ । काभ्रेमा दुई रोपनी जग्गा किनेका छन्, बेसहाराको साहराका लागि । त्यहाँ पनि भवन निर्माणको तयारीमा छन् उनी ।

जहिले उनले बेवारिस शवको दाहसंस्कार गर्ने काम सुरु गरे तहिले नै उनले मान्छे किन बेसहारा र बेवारिस हुन्छ भन्ने सोच्न थाले । सडकपेटीमा माग्न बसेका वृद्धवृद्धा र रक्सीको कुलतमा फसेकाहरू नै धेरैजसो बेवारिसे हुने गरेको उनले भटे ।

विनय आफूलाई मृत्युको मुखबाट उम्किएको मान्छे भन्छन् । त्यसरी पाएको जीवन असल कामका लागि लगाउने प्रण छ उनको । त्यसैले त मेरका मान्छेको सेवामा जुटेका छन्, ज्युँदाहरूको सेवामा लागेका त धेरै छन् । उनको कामको अर्को खुट्किलोमा परेका छन् ज्युँदा बेवारिसहरू ।

विनयलाई यो सेवाकर्ममा सफलता मिल्दै जाओस्, सहयोगी हातहरू जुट्दै जाऊन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्